आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी अभिनेत्री जसले सलमानकै २ फिल्म अस्वीकार गरिदिइन्, यस्तो छ कारण

प्रकाशित
764
SHARES

एजेन्सी। बलिउड अभिनेता सलमान खानसँग सिनेमा खेल्ने अवसरलाई कुन अभिनेत्रीले सहजै हुन्न भन्लिन र ? कारण बलिउडका तीन शक्तिशाली खानहरूमध्ये सलमान खान एक हुन्।

कयौं अभिनेत्रीको करियर सलमानसँग सिनेमा खेलेपछि चम्किएको छ। सलमानले आफ्ना सिनेमामा नयाँ-पुराना सबै अभिनेत्रीलाई मौका दिने गर्छन्। भनिन्छ बलिउडमा सलमानको प्रस्तावलाई कसैले नकार्दैन।

तर यस्तोमा एक अभिनेत्रीले सलमानसँग सिनेमा खेल्ने एउटा होइन दुई वटा प्रस्ताव अस्वीकार गरेको खुलासा गरेकी छिन्। यस्तो गर्ने अभिनेत्रीको नाम हो-इलियाना डि क्रुज।

दक्षिण भारतीय सिनेमामा सफल र लोकप्रिय इलियानाले बलिउडमा हालसम्म रणवीर कपुर, अजय देवगन, अक्षय कुमार जस्ता स्टारसँग काम गरेकी छन्। एक अन्तरवार्तामा उनले फ्यानहरूले ट्विटरमा सोधेको,

प्रश्नको जवाफ दिने क्रममा सलमानसँग सिनेमा खेल्न आएको प्रस्ताव दुई-दुई पटक लत्याएको बताएकी हुन्। इलियानालाई सलमानको वान्डेड’ र ‘किक’का लागि प्रस्ताव गरिएको थियो।

प्रस्ताव आएपनि उनले ती सिनेमा गरिनन्। उनले ती सिनेमा किन गरिनन् त? ‘वान्टेड’ प्रस्ताव गरिदां इलियानाको परिक्षा चलिरहेको थियो भने किक’को बेलामा उनले सिनेमाले मागेको समय अरू नै सिनेमाको लागि दिइसकेकी थिइन्।

इलियानाले छाडेका यी सिनेमामा क्रमशः आयशा टाकिया र ज्याकलिन फर्नान्डिजले काम गरे। तेस्तै, फिल्म ‘बाहुबली’ पछि निर्देशक एसएस राजामौली ‘आरआरआर’ लिएर दर्शकमाझ आउदैछन्।

यो दर्शकका लागि सन् २०२२ को ठूलो उपहार हुनेछ। आगामी जनवरी ७ मा रिलिज हुने फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्टजस्ता स्टारको अभिनय छ।

मेगा बजेटको भनिएको यो फिल्ममा अभिनेत्री आलियाको पारिश्रमिक प्रमुख तीन अभिनेताको भन्दा अत्यन्तै कम छ। फिल्म स्रोतका अनुसार यो फिल्मका लागि आलियाले जम्मा,

९ करोड मात्र पारिश्रमिक बुझेकी छन्। फिल्ममा रामचरणले अल्लुरी सीताराम राजूको भूमिकामा अभिनय गरेका छन्। यो फिल्मबाट उनले ४५ करोड पारिश्रमिक बुझेका छन।

अर्का प्रमुख कलाकार जुनियर एनटीआरले फिल्ममा कोमाराम भीको भूमिका निर्वाह गरेका छन्। उनले पनि रामचरणकै अर्थात् ४५ करोड नै पारिश्रमिक लिएका छन्।

अभिनेता अजयले फिल्मबाट २५ करोड पारिश्रमिक लिएका छन्। निर्माता तथा निर्देशक राजामौलीले फिल्मको नाफा शेयरको ३० प्रतिशत हिस्सा लिनेछन्। फिल्मले कस्तो धमाका मचाउछ, त्यो कथा कहानीले बताउने नै छ।

प्रतिक्रिया