आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कश्मीर इन्का’उन्ट’रको एक हृदयविदारक तस्वीर, जसले दुनियाँका आखा रसाए

प्रकाशित
744
SHARES

एजेन्सी। संसारमा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालित भएको क्षेत्रका रुपमा भारत प्रशासित कश्मीर परिचित छ। कश्मीरमा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन छन्। त्यहाँ दिनहुँजसो प्रहरीले इ’न्का’उ’न्ट’र गर्दै आएको छ।

यही क्रममा बुधबार पनि कश्मीरमा सुरक्षाकर्मी र पृ’थ’क’ता’वा’दी’बी’च मु’ठ’भे’ड भयो। यो मु’ठ’भे’ड’मा ब’ली भने एक स्थानीय चढे। मुठभेडको एक तस्वीर बुधबार नै सामाजिक सञ्जालमा शेयर भयो।

सो तस्वीर बुधबार शेयर भएको केही समयपछि नै भाइरल बन्यो। तस्वीरमा सुरक्षाकर्मीको गो’ली लागेर मृ’त्यु भएका आफ्ना हजुरबुवामाथि एकअबोध बालक बसेको देखिन्छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार,

सुरक्षाकर्मीले पछि ती बालकको उद्धार गरेका थिए। तर, यो कश्मीरमा भइरहेको इ’न्का’उ’न्ट’र’को का’लो रु’प देखाउने तस्वीर बनेको छ। यो तस्वीरपछि भारतीय सुरक्षाकर्मी पनि निकै आलोचना भइरहेको छ।

तेस्तै, तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६४०० पत्रकारको जागिर गुमेको छ। गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स आरएसएफ र अफगानिस्तानको स्वतन्त्र पत्रकार संघ,

एआईजेए गरेको सर्वेक्षणअनुसार तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको सञ्चार माध्यममा नाटकीय परिवर्तन भएको छ।तालिवानको सत्तापलटपछि २३१ सञ्चार माध्यमहरु बन्द भएका छन्।

अफगान सञ्चार माध्यममा तालिवान सत्ताको प्रभाव नाटकीय रुपमा देखिएको सर्वेक्षणमा जनाइएको छ। हरेक १० सञ्चार माध्यमबाट चार जनाभन्दा बढी पत्रकार पलायन भएका छन्।

यस हिसाबले देशका ६० प्रतिशत पत्रकार र सञ्चार माध्यमका कर्मचारीले काम छोडेका छन्। पलायन हुनेमा ८० प्रतिशत महिला छन्। ५४३ सञ्चार माध्यमहरुमध्ये नोभेम्बरको अन्त्यसम्म ३१२ ओटा मात्र सक्रीय छन्।

यसको अर्थ तीन महिनाको अवधिमा ४३ प्रतिशत सञ्चार माध्यम हराएका छन्, सर्वेक्षणमा भनिएको छ। चार महिनाअगाडि मात्र अधिकांश अफगान प्रान्तमा कम्तिमा १० ओटा निजी सञ्चार माध्यम थिए।

तर, अहिले केही क्षेत्रमा कुनै पनि स्थानीय सञ्चार माध्यम नरहेको जनाइन्छ। तालिबानका यस्तै हर्कतका कारण कानुनि राज्यको मान्यता दिन अमेरिका र उसका पर्तिद्वन्दि देशहरु बिच सहमति हुन् सकेको छैन।

प्रतिक्रिया