आज : गते

ताजा शिर्षकहरु

ज्याकलिनको १० करोड सम्पत्ति जफतको तयारी, यस्तो छ काण्ड

प्रकाशित
1.3K
SHARES

एजेन्सी। महाठग सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाम आउनासाथ पुनः चर्चामा आएकी छन्। किनकी सुकेशले ज्याकलिनमाथि करोडौं रुपैयाँ खर्च गरेका छन्।

अहिले यो मामलाको जाँच एनफोर्समेन्ट डायरेक्टरेट गरिरहेको छ। सुकेश मनी लन्ड्रिङ मामलामा दुई सय करोड रुपैयाँको हो। सुकेशले ज्याकलिनलाई करोडौंको उपहार दिएकाले,

अब इडीले उनले पाएको करिब १० करोड बराबरको सम्पति जफत गर्ने तयारी गरिरहेको छ। ज्याकलिनले सुकेशबाट डिसेम्बर २०२० देखि अगस्ट २०२१ बीचमा करिब १० करोड रुपैयाँभन्दा बढी उपहार पाएकी थिइन्।

सुकेशले ज्याकलिनलाई दुई जोडी डायमण्ड इयररिङ, दुई ब्रासलेट, लुईस बटनको जुत्ता, ९ लाखको चार बिरालो र ६७ लाखको घोडा जस्ता उपहार दिएका थिए। सुकेशले अर्की अभिनेता नोरा,

फतेहीलाई बीएमडब्ल्यू कार पनि उपहारमा दिएका थिए। जसलाई पनि इनफोर्समेन्ट डायरेक्टरेट जफत गर्ने तयारीमा छ। डायरेक्टरेटका अनुसार ज्याकलिन सुकेशसँग सन् २०१७ देखि सम्पर्कमा थिइन्।

उनले आफ्नो परिचय दिवंगत जयललिताको परिवारसँग जोडेका छन्। इडीका अनुसार ज्याकलिनकी बहिनीले सुकेशबाट डेढ लाख डलर ऋण लिएकी छन्। यसबाहेक १५ लाख रुपैयाँ,

उनको भाईको एकाउण्टमा सारिएको छ। नोरा र ज्याकलिनका अलावा बलिउडका १० कलाकारको नाम सुकेश मामलामा जोडिएको छ। यो केशमा अन्य कलाकारको प्रतिक्रिया आउँन भने बाकि छ।

तेस्तै, अभिनेत्री सुस्मिता सेनको प्रेमी रोहमन सलसँग ब्रेकअप भएको छ। सुस्मिताको घरमा बस्दै आएका रोहमनले आफ्ना सबै सामान लिएर साथीको घरमा बस्न थालेका छन्।

सुस्मिता र रोहमन निकट स्रोतका अनुसार उनीहरुले ब्रेकअपको बारेमा मुख नखोले पनि यो जोडीबीच केही समययता खटपट रहदै आएको थियो। सुस्मिता विगत अढाई वर्षदेखि,

रोहमनसँग डेटमा थिइन्। रोहमन र सुस्मिताको उमेरमा करिब १६ वर्षको फरक छ। सुस्मिता ४६ वर्षकी र रोहमन ३० वर्षका छन्। उनीहरु लिभ–इन–रिलेसनसिपमा थिए।

रोहमनको सुस्मिताका दुई छोरी रेनी र अलीशासँग राम्रो सम्बन्ध छ। दुवै छोरीहरु रोहमनलाई ‘बाबा’ भनेर बोलाउने गर्छन्। यस्तै बलिउडमा थुप्रै ब्रेकअप, लिभ–इन–रिलेसनसिप घटना सामान्य जस्तै बनेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ