आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२२ वर्ष जेल सजाय सुनाइएकी पूर्वराष्ट्रपति पार्कले पाइन् माफी

प्रकाशित
0.9K
SHARES

एजेन्सी। दक्षिण कोरियामा भ्रष्टाचार अभियोगमा २२ वर्ष जेल सजाय सुनाइएकी पूर्वराष्ट्रपति पार्क गिउन हायलाई सरकारले माफी दिने घोषणा गरेको छ। पद दुरुपयोग गरी आर्थिक अनियमितता गरेको,

अभियोगमा ६९ वर्षीया पार्कलाई सन् २०१८ मा त्यहाँको संसदले महाअभियोग लगाएको थियो। संसदले महाअभियोग लगाएपछि पदच्युत भएकी उनलाई अदालतको कठघरमा उभ्याइएको थियो।

महाअभियोग लगाएर पदच्युत हुने उनी प्रजातान्त्रिक ढंगले निर्वाचित दक्षिण कोरियाकै पहिलो नेतृ हुन्। काँध तथा तल्लो कम्मरमा पीडा भएपछि यस वर्ष मात्र उनी तीन पटक अस्पताल भर्ना भएकी छिन्।

राष्ट्रपति मुन जाय इनले नयाँ वर्षको अवसरमा माफी दिन तयार पारेको सूचीमा पूर्वराष्ट्रपति पार्कको नाम पनि रहेको त्यहाँको योनहाप समाचार संस्थाले जनाएको छ।

उनको कमजोर स्वास्थ्य अवस्थाका कारण क्षमा दिने तयारी भएको समाचारमा जनाइएको छ। पार्कमाथि १८ आरोप लगाएको थियो। तीमध्ये १६ आरोपमा अदालतले पार्कलाई दोषी ठहर गरेको थियो।

यसअघि राष्ट्रपति मुनले उनलाई पार्कलाई क्षमाको कुनै सम्भावना नभएको बताएका थिए। यस्तै, दक्षिण कोरियाकी पहिलो महिला प्रधानमन्त्री हान मायोङ सुकलाई पनि माफी दिइएको छ।

तेस्तै, चीनले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गरेको छ। चीनको पिपुल्स लिवरेसन आर्मी एयर फोर्स पीएलएएएफ र पिपुल्स लिवरेसन आर्मी नेभी पीएलएएनले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गरेको हो।

दक्षिण चीन सागरमा अमेरिकी सेनाको बढ्दो उपस्थितिलाई मध्यनजर राख्दै आफूले सो तयारी गरेको चीनको दाबी छ। अमेरिकी रक्षा विभागद्वारा नोभेम्बरमा जारी वार्षिक प्रतिवेदनले,

चीनले दक्षिण एसियाकै ठूलो र संसारको तेस्रो ठूलो वायु रक्षा बल तयार गरेको जानकारी दिएको हो। विभागका अनुसार ड्रोन र ट्रेनर विमानबाहेक पीएलएएएफ र पीएलएएनसँग,

हालः हाराहारी २८ सय सैन्य विमान छन्। जसमध्ये २२ सय ५० लडाकु विमान हुन् भने ६ सय विमान फोर्थ जेनेरेसन जेट विमान हुन्।  मो दूरीसम्म वायु शक्ति ओगट्न,

आक्रामक र रक्षात्मक कार्यको लागि चीनले वायु क्षमता तयार गरेको विभागको रिपोर्टमा उल्लेख छ। हालसम्म संसारमा सबैभन्दा ठूलो वायु सेना बल अमेरिकासँग छ भने दोस्रो ठूलो वायु सेना बल रुससँग छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ