आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीमाथि अर्को बज्रपात, एमालेका चर्चित नेताले छाडे साथ

प्रकाशित
509
SHARES

काठमाडौँ। नेकपा एमाले बाँकेका उप–सचिव प्रमोद धितालले पार्टी छाडेका छन्। अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले आज पार्टी परित्यागको घोषणा गरेका हुन्।

आफू विगत लामो समयदेखि एमालेमा संगठित हुँदै आएको तर पछिल्लो समय अध्यक्ष ओलीका कारण पार्टी दक्षिणपन्थी अवसरवादको भासमा डुबेकाले पार्टी छाड्नुपरेको धितालले बताएका छन्।

ओलीले पार्टीलाई विधि र पद्धति विपरीत चलाएको, माक्र्सवाद र लेनिनवादका मूलभूत मान्यता त्यागेको, पार्टीमा व्यक्तिवादी चिन्तन हावी गराएको उनको आरोप छ।

आजैका मितिदेखि नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्यागको स्वःघोषणा गर्दछु’, उनले भनेका छन्। धितालले आफू नेकपा ९एकीकृत समाजवादी पार्टीमा,

आवद्ध हुने समेत जानकारी गराएका छन्। उनले भनेका छन्, नेकपा एमालेका पूर्ववरिष्ठ नेता कमरेड माधवकुमार नेपालले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादीमा,

आजैका मितिबाट आवद्ध हुने र पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निभाउने प्रतिबद्धता गर्दछु। एमालेका अन्य नेता–कार्यकर्तालाई पनि विद्रोह गरि नेकपा ९एस० मा आउन धितालले आव्हानसमेत गरेका छन्।

धिताल एमालेका पुराना नेता हुन्। २०४१ सालमा अनेरास्ववियुबाट राजनीति शुरु गरेका उनी २०६६ मा एमालेको बाँके जिल्ला कमिटी सदस्य बनेका थिए। ०७१ मा जिल्ला उप–सचिवमा निर्वाचित भएका धिताल त्यसयता सोही जिम्मेवारीमा रहँदै आएका थिए।

तेस्तै,  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग दिनदिनै बदला लिन थालेका छन्। ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मन चस्किनेगरी अभिव्यक्ती दिएका हुन्।

ओलीले प्रचण्डलाई आफूले साथ र हात दिएर यो अवस्थामा ल्याएको बताएका छन्। नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षसहितका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन्।

मैले साथ दिएर, मैले हात दिएर माओवादी यहाँ पुर्ग्यो तर प्रचण्डले कुरा बुझेनन्, ओलीले भने। पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको बताए।

जनताले नेपाली कांग्रेसलाई २७५ मा ६० र प्रत्यक्ष निर्वाचित १६५ मा २३ मा झारिदिएको उल्लेख गरे। उनले गठबन्धन जनताको पीरमर्का सुन्न र विकासका लागि नभएको दाबी गरे।

आफूले साढे तीन वर्ष प्रधानमन्त्री भएर काम गर्दा पूर्वाधारको विकास साथै ट्रोनाडोले भत्काएका ८९९घर निर्माण, २०७२ सालको भूइँचालोले भत्काएका ७ लाख बढी घर निर्माण,

र जनता आवास कार्यक्रम सञ्चालन गरेर घरविहीनलाई घर बनाएको उनले बताए। खर र फुसको छानो विस्थापित गरेर जस्ता लगाउने कार्यक्रम पनि आफ्नै पालामा सञ्चालन भएको ओलीले उल्लेख गरे।

तेस्तै: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले तयार पारेको संरचना र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको आरोप लगाएका छन्। उनले आफूले बनाएको पार्टी संरचना,

र अर्बौंको सम्पति एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुटेर लगेपछि आफ्नो मन पोलेको बताएका हुन्। समाजवादी प्रेस संगठन नेपाल बाँकेले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने,

पार्टी कामलाई व्यवस्थित गर्न कार्यालय चाहिन्छ सबै बन्दोबस्तो गर्नुपर्छ। विभिन्न कमिटीले गरिरहेका छन्, उनले भने, हिजो हामीले यत्रो त्याग र संघर्षले तयार गरेको संरचना,

भवन र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको देख्दा मन पोल्छ। उनले आफूले २०३२ सालदेखि हिजोसम्म आइपुग्दा नेकपा एमाले बनाएर हिँडेको स्मरण गर्दै आज विद्रोह गर्नुपर्ने स्थिति आएको बताए।

सन्तानजस्तै पार्टी जन्माउने म। सन्तान नै अर्काले कब्जा गरिदिएपछि के गर्नेरु कम्युनिष्ट पार्टी जोगाउन र आन्दोलन जोगाउनका लागि विद्रोह गर्नुपर्‍यो, उनले भने। ओलीलाई चुनाबमा तह लगाउने बिचार व्यक्त गरे।

प्रतिक्रिया