आज : गते

ताजा शिर्षकहरु

आईजीपी क्षेत्रीको जागिर धरापमा, अख्तियारमा उजुरी परेपछि मुख्यालयमा खैलाबैला

प्रकाशित
1.5K
SHARES

काठमाडौं। संगठनमा सुधार ल्याउन नसकेपनि व्यक्तिगत रुपमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको नैतिकतामाथि प्रश्न उठाउने व्यक्ति कमै भेटिन्छन्। तर, उनै महानिरीक्षक क्षेत्रीले घुस खाने गरेको भने,

र बारम्बार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि प्रहरी मुख्यालयमा हल्लाखल्ला मच्चिएको छ। कतिसम्म भने महानिरीक्षकको सचिवालय मातहतकै उजुरी छानबिन शाखाबाटै,

उनले मासिक चार लाख बुझ्ने गरेको भनेर विस्तृत विवरणसहितका उजुरी अख्तियारमा पर्न थालेको छ। उजुरीका कतिपय सूचना हेर्दा हो कि जस्तो देखिने खालको छ।

देशभरिका प्रहरीउपर पर्ने उजुरीउपर कारबाही नगरी उनले पैसा लिने गरेको विवरण त्यसमा एललेख छ। जुन विषय प्रहरी बाहेक अन्यलाई थाहा हुने प्रकृतीको छैन।

तर, वास्तविकता भने पूर्ण रुपमा झुटो रहेछ। आफ्नै महानिरीक्षकविरुद्ध कसले झुटा उजुरी दिइरहेको छ भनेर प्रहरी प्रधान कार्यालयले आन्तरिक रुपमा छानबिन गर्यो।

यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै कार्यरत एक प्रहरी अधिकारीको संलग्नता थियो। इन्सपेक्टर राजु कुर्मीले महानिरीक्षकलाई हैरानी दिएका थिए। कुर्मीको विषयमा विस्तृत बुझ्दा,

प्रदेश २ मा उनको आतंक चलाएको खुल्यो। अख्तियारको बर्दिबास कार्यालयमा कार्यरत कुर्मीले प्रदेशभरीका प्रहरीलाई ‘तेरोविरुद्ध उजुरी परेको छ’ भन्दै धम्काएर मासिक पैसा बुझाउन लगाउने गर्दथे।

पैसा नदिनेलाई मुख्यालयको उजुरी छानबिन शाखामा उजुरी गरी हटाउन लगाउने शैली अपनाउँदै आएका थिए। उजुरी छानबिन शाखाले ती प्रहरीलाई नहटाएको रिसमा उनले प्रहरी महानिरीक्षकविरुद्ध,

नै अख्तियारमा उजुरी हालेर दुःख दिएका थिए। विस्तृत अनुसन्धान गर्दा उनी बर्दी लगाएका ‘अपराधी’ रहेको खुलेपछि प्रहरी प्रधान कार्यालयको प्रस्तावमा गृह मन्त्रालयले निलम्बन गरेको छ।

सिपाहीबाट प्रहरीमा प्रवेश गरेका उनी यसअघि सर्लाहीमाकार्यरत थिए। त्यहाँ अनियमिततामा मुछिएपछि उनको सरुवा भएको थियो। तराईका सबैजसो घुमुवालाई धम्काएर पैसा असुली गर्दै आएको समेत छानबिनमा खुलेको छ।

कुर्मी जस्ता बर्दी बेचेर कमाउने धेरै प्रहरी कार्यरत रहेको एक उच्च प्रहरी अधिकारीको भनाई छ। जो सधैं स्थानीय नेता र प्रहरीका केही हातराईमाकिमलाई खुशी बनाएर एकै कार्यालयमा कार्यरत रहेर लुट मच्चाइरहेका थिए।

तेस्तै, सरकारले नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएर प्रशासन समितिमा छलफलका क्रममा रहेको प्रहरी नियमावली संशोधन गरेर यससम्बन्धी प्रावधान राख्न लागिएको हो।

तल्लो तहका प्रहरीको मागअनुसार प्रहरी प्रधान कार्यालयले पेन्सनका लागि न्यूनतम सेवाहदको प्रावधान १६ वर्ष राख्ने प्रस्ताव अघि बढाएको हो। सेनामा पनि गत वर्ष यो प्रावधान लागू भइसकेको छ।

१६ वर्षमा स्वेच्छिक अवकाश रोज्न पाइने, तर भर्ना भएको २० वर्षपछि मात्र पेन्सन लिन पाउने गरी नियमावली संशोधन गर्न छलफल भइरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए। सेनामा पनि सोही सर्तसहित १६ वर्षे प्रावधान लागू गरिएको थियो।

२० वर्षमा अवकाश पाउँदा विदेश जाने तथा अन्य काममा आबद्ध हुने अवसर पनि गुम्ने समस्या देखिएपछि प्रहरी प्रधान कार्यालय पेन्सन अवधि १६ वर्ष बनाउन राजी भएको हो।

स्वेच्छिक अवकाश रोजेका प्रहरीमध्ये धेरैजसो वैदेशिक रोजगारीमा जाने गर्छन्। ४० वर्ष उमेर कटेपछि वैदैशिक रोजगारमा जान समस्या हुने गरेको छ । सोही कारण पनि पेन्सन अवधि १६ वर्ष बनाउन लागिएको हो।

परिवार चलाउनै नसक्ने सेवा–सुविधाका कारण प्रहरीको तल्लो तहमा बीचैमा राजीनामा दिएर अन्य पेसा तथा व्यवसायमा लाग्ने प्रवृत्ति बढ्दो छ। सिपाही र हवल्दारका समस्याबारे दुई वर्षअघि प्रहरी प्रधान कार्यालयले,

गरेको सर्वेक्षणमा सेवा–सुविधा कम भएको तथा समयमा पदोन्नति नहुने गरेको गुनासो गरेका थिए । बढुवामा हुने समस्या समाधान गर्न १३ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन पद थप्ने निर्णय गरेको थियो।

वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्ने निर्णय भइसकेको छ। जसअनुसार एकैपटक करिब २० हजार प्रहरीको बढुवा हुनेछ। जवानको दरबन्दीमध्ये ३३ प्रतिशत सहायक हवल्दारमा रूपान्तरण हुनेछन्।

जसअनुसार ४६ हजार दुई सय २९ जवानमध्ये १५ हजार चार सय दुईजना बढुवा हुनेछन्। त्यस्तै, तीन हजार सात सय ४७ जना वरिष्ठ हवल्दारमा र एक हजार ७४ जना वरिष्ठ सइमा बढुवा हुनेछन्।

मन्त्रिपरिषद्को प्रशासन समितिको बैठक नियमित नबस्दा नियमावली संशोधन राजपत्रमा प्रकाशित भएको छैन। नेपाल प्रहरीमा पेन्सनका लागि न्यूनतम सेवाअवधि १६ वर्ष पारित भए,

सशस्त्र प्रहरीमा पनि त्यही प्रावधान लागू हुने गृहका एक अधिकारीले बताए। भने अनुसार निर्णय लागु भए तल्लो दर्जाका कर्मचारीहरुलाई राहत हुनेछ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा खछापिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ