आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेस केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा, कस्को मत कति ?

प्रकाशित
341
SHARES

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खस आर्य पुरुषतर्फकाे केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ। ४४२५ मतगणनाहुँदा पूर्वमन्त्री केशवकुमार १९४८ मतकासाथ अग्रस्थानमा रहेका छन्।

बुढाथोकीले सुरुवाती चरण देखि अग्रता कायम राखिराखेका छन्। ७ जना निर्वाचित हुने खस आर्य पुरुष क्लस्टरका लागि ११ जनाको उम्मेदवारी रहेको छ। सूचीसहितः

१.केशव कुमार बुढाथोकी १९४८। २.गोविन्दबहादुर शाह १९२७। ३.भीम पराजुली १८१६। ४.मधु आचार्य १७७०। ५.श्याम कुमार घिमिरे १७५२।६.नारायणबहादुर कार्की १६९९। ७.गेहेन्द्र गिरि १६४७।

८.विष्णु कुमार कार्की १५८१। ९.ताराबहादुर कोइराला १४९५।  १०.हरिबोल भण्डारी १४८८।  ११.कमल बहादुर शाह १४१७। तेस्तै, नेपाली कांग्रेस प्रदेश २ को नेतृत्वका चयनका लागि मतदान सुरु भएको छ।

बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि बिहीबार मतदान सुरु गरिएको हो। जनकपुर स्थित गोपाल धर्मशालामा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ।

सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुन लागेकाे हाे। संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ।

भने अर्को पक्षले कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको हो। कुल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।

त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ, उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन्। प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेका छन्।

तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार।

काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा विधिको शासयन कायम गर्न र मानवअधिका संरक्षण गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्।

सरकारी वकिलले विधिको शासनलाई संरक्षण सम्वर्द्वनको काम गरेको बताएका उनले देशको शासन प्रभावकारी, विनापूर्वाग्राही सञ्चालनमा पनि सरकारी वकिलको योदान महत्वपूर्ण रहने बताए।

तेस्तै, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्।

स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको उनले बताए।

छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको उनको भनाइ छ। त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन,

सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसका लागि निर्वाचनलाई स्वच्छ,, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा कार्य गर्न आयोगलाई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे।

अबको निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुनेछ’निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले अब आउने निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुने बताएका छन्।

निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा उनले निर्वाचन आउनै लाग्दा महिला पत्रकारलाई राखेर विभिन्न विषयमा छलफल गर्न लागिएको बताए।

पत्रकार विचार र समाचार सम्प्रेषण गर्ने मात्रै नभएर परिवर्तनको संवाहक, दुःखसुख बिसाउने आपत विपद्मा भरपर्दो साथी र सामाजिक जागरण ल्याउने सारथी पनि भएका कारण आयोगले महिला पत्रकारसँगको छलफल कार्यक्रमलाई अगाडि बढाएको प्रमुख आयुक्त थपलियाले सुनाए।

निर्वाचन सञ्चालन र व्यवस्थापनका सन्दर्भमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित भएर छलफल हुनेछ। उनले भने, जसबाट प्राप्त सुझावलाई आगामी दिनमा आम सञ्चारको क्षेत्रलाई निर्वाचनका सन्दर्भमा व्यवस्थापन गर्ने उपयुक्त रणनीति बनाउने छौँ।

सो क्रममा उनले बहुदलीय व्यवस्थामा दल महत्वपूर्ण सरोकार हुने भएकाले राजनीतिक दलको दर्ता, नियमन विवाद निरुपणका साथै निर्वाचनका विभिन्न व्यवस्थापन गर्ने क्रममा मतदानस्थल,

मतदान केन्द्रको व्यवस्थापनको काम गर्ने हुँदा निर्वाचनलाई लक्षित गरेर विभिन्न नीति, रणनीति, आचारसंहिताको कार्यान्वयनको काममा केन्द्रित रहेर गर्दै आएको काममध्ये अहिले सञ्चालन भएको उनले बताए।

प्रतिक्रिया