आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पुनमले छाडिन् पति, अबका केही वर्ष कुनै पुरुषसँग डेट नगर्ने

प्रकाशित
277
SHARES

एजेन्सी। बलिउड अभिनेत्री एवं मोडल पुनम पाण्डे पति सेम बाम्बेबाट अलग भएकी छन्। वैवाहिक सम्बन्ध सोचे जस्तो नभएपछि उनले पति सेमलाई छाडेकी हुन्। पुनमले आगामी केही वर्षसम्म कोहीसँग पनि डेट नगर्ने खुलाएकी छन्।

यद्यपि आफ्नो हुनेवाला दुलाहा कस्तो हुनुपर्छ भनेर उनले सर्त राखेकी छन्। म अहिले जुन पीडाबाट गुज्रिरहेको छु, त्यसबाट विस्तारै माथि उठ्दैछु। म पहिलेजस्तै सेक्सी देखिने प्रयासमा छु’,

उनले भनेकी छन्। उनले आफूसँगै सम्बन्धमा रहेको दाबी गरेका छन्। उनले आफूसँग सम्बन्धमा रहनु आनन्ददायक रहेकाले आगामी पाँच वर्षसम्म एकल जीवन बिताउने उल्लेख गरेकी छन्।

उनले तनाव कम गर्न थेरापिस्टसँग नियमित सम्पर्कमा रहेकाले विस्तारै ठीक हुँदै गएको जनाएकी छन। अभिनेत्री कैटरिना कैफबाट प्रभावित पुनमले अभिनेता बिक्की कौशल जस्तो दुलाहा मिलेमा विवाह गर्ने बताएकी छन्।

सेमसँग विवाह गरेपछि पुनमले सेममाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन्। यो मामिलामा प्रहरीले सेमलाई पक्राउसमेत गरेको थियो। प्रहरीका अनुसार सेमले पुनममाथि कुटपिट गरेपछि,

उनको शरीरमा चोटपटक देखिएको थियो। जसकारण उनी अस्पतालमा भर्ना नै भएकी थिइन्। यो घटना घटेपछि कयौ मानबअधिकार बादी सस्थाहरुले समेत छानबिन हुनु पर्ने माग गरेका थिए।

प्रतिक्रिया