आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्रीद्वारा एकाएक राजीनामा, यस्तो कारण थाहा पाएपछि देशभर तरङ्ग

प्रकाशित
5.1K
SHARES

एजेन्सी। स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी छिन्। सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन्।

तर, केही घन्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छिन्। गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन्।

उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छिन्। ५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन्।

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एान्डरसन नियुक्त भएकी थिइन्। उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले खुसी मनाएका थिए।

संसद्का ३४९ सांसद्मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए। बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए।

गठबन्धन साझेदार ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट अस्वीकार गरेको जनाएको छ। सरकारको बजेटलाई हामीले समर्थन गर्न सक्दैनौं,

सेन्टर पार्टीका नेता एन्नी लुफले भने। स्वीडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदैछ। तेस्तै ,पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ।

उच्च तहको अन्तराष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा आफ्नो भ्रष्टाचार लुकाउन देश र राजनीतिक दलहरुको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम,

लीग नवाज पीएमएल-एनले प्रधानमन्त्री खानको राजीनामा माग गरेको हो। प्रधानमन्त्री खानले जतिबेला पनि आफ्नो परिवारलाई मात्र उल्लेख गरेको भन्दै आफू शरिफको फेम्ली फोबियाबाट,

पीडित भएको पीएमएल-एनका सूचना सचिव म्यारियम औराजेबले बताइन्। सरकारले आफ्नो तीन वर्षे कार्यकालयमा सम्झनयोग्य कुनै पनि काम नगरेको उनले आरोप लगाइन्। शुक्रबार अल जजिरासँगको,

एक अन्तर्वार्तामा प्रधानमन्त्री खानले पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टो र सरिफ परिवार निकट नेताहरुको आलोचना गर्दै उनीहरुले भ्रष्टाचारको प्रबद्धन गरेको र देशलाई तहस नहस गरेको आरोप लगाएका थिए।

पाकिस्तान तेहरिक इ इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानले पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग-नवाज र तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी

पीपीपकोआलोचना गर्दै ती पार्टी नभएर केबल परिवारको विरासत मात्र भएको बताए। देशले अहिले सामना गरेको समस्याको प्रमुख कारक तीनै दुबै पार्टी भएको उनले दाबी गरे। लन्डनमा उपचारार्थ पूर्वप्रधानमन्त्री सरिफ,

खानमाथि भ्रष्टाचारको आरोप लागेको छ। त्यस्तै, पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका पति तथा पूर्वराष्ट्रपति असिफ अली जर्दारीमाथि पनि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यदि भारतले पाकिस्तानमा एयरस्ट्राइक गरेमा त्यसको जवाफ त्यही आक्रामकताका साथ दिइने बताएका छन्। कतारको समाचार च्यानल अल जजीरालाई दिएको,

एक अन्तरवार्तामा इमरान खानले भने ‘यदि भारतको फासीवादी बिजेपी सरकारले यस्तो गर्यो भने मलाई डर छ कि दुई परमाणु शक्तिहरु आमने सामने हुनेछन्। अल जजीरालाई दिएको अन्तरवार्तामा,

इमरान खानले भारत र पाकिस्तानबीच परमाणु युद्धको सम्भावनाबारे भने, यदि भारतले एयर स्ट्राइक गर्छ भने त्यसको जवाफ त्यही आक्रामक तरिकाले दिइनेछ जसरी फेब्रुअरी २०२९ मा दिइएको थियो।

बिजेपीको फासीवादी सरकार यदि यस्तो किसिमको हमला गर्छ भने, जस्तो उसले पहिले पनि गरिसकेको छ, मलाई डर छ कि दुई परमाणु शक्तिहरु आमने सामने हुनेछन् र यसको परिणाम भयावह हुनेछन्।

कुनै कट्टर दिमागले मात्र यस्तो सोच्न सक्छ। इमरान खानले भारतीय जनता संवेदनशील र समझदार भए पनि उनीहरुमाथि राज भने कट्टरपन्थीहरुले गरिरहेको बताए। भारत प्रशासित कश्मीरबारे कुरा गर्दै उनले भने ‘हालत जेलजस्तै छन्।

सेनाको डरको छायामा ८० लाख कश्मीरी खुला जेलमा बस्न बाध्य छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषददेखि इस्लामिक देशको फोरममा समेत आफूले कश्मीरको मुद्दा उठाएको बताउँदै उनले कश्मीरको मुद्दा हरेक मञ्चमा उठाउने बताए।

प्रतिक्रिया