आज : गते

ताजा शिर्षकहरु

एससीसी कार्यदलको बैठक सकियो, के भयो निर्णय ?

प्रकाशित
0.9K
SHARES

काठमाण्डौ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे साझा धारणा तय गर्न गठित कार्यदलको पहिलो बैठक सकिएको छ। बैठक आजलाई निश्कर्ष विहिन भएको छ।

आज बसेको सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भीक बैठकले छिटो सहमती गर्ने निर्णय गरेको छ। नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले,

एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न आज बुधवारदेखि छलफल सुरु गरेको हो। कार्यदलका संयोजक खनालको डल्लुमा रहेको निवासमा एमसीसीबारे साझा धारणा तय गर्ने आज पहिलो बैठक बसेको हो।

बैठकमा गरिएको प्रारम्भिक छलफल सकारात्मक रहेको कार्यदलका सदस्यसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। कार्यदलले त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याएर,

सञ्चारमाध्याममार्फत नेपाली नागरिकलाई सुसूचित गर्ने योजना पनि बनाएको छ। मन्त्री कार्कीले भने, एमसीसीबारे एकै किसिमको धारणा बनोस् भनेर हामीले छलफल प्रारम्भ गरेका छौँ र छलफल सकारात्मक भएको छ।

केही दिनपछि हामी एउटा निष्कर्षमा पुग्छौँ। सत्तारुढ पाँच दलले केही दिनअघि एमसीसीबारे समान धारणा तय गर्न खनालको नेतृत्वमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र,

कांग्रेस नेतासमेत रहेका मन्त्री कार्की सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले एमसीसीबारे धेरै छलफल गरेको उल्लेख गर्दै निष्कर्षमा अग्रसर हुने गरी छलफललाई अघि बढाएको पनि जनाएको छ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई पारित गरेर जानुपर्ने पक्षमा हुनुहुन्छ भने सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले यथास्थितिमा यसलाई,

संसदबाट पारित गर्न नहुने धारणा राख्दै आएका छन्। यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सत्तारुढ दलहरूको धारणा आएपछि मात्रै एमसीसीबारे आफूहरूले निर्णय लिने बताउँदै आएको छ।

नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी पास हुन लागेको सूचना पाएपछि चीन एक्सनमा उत्रिएको छ। अमेरिकाले विश्वमा चीनको प्रभाव रोक्नका लागि इण्डो प्यासिफिक रणनीति अन्तरगत मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सुरु गरेको छ।

नेपालमा पनि उक्त परियोजना लागू गर्नका लागि अमेरिकाले दवाव दिइरहेको छ। चीनका घेर्नका लागि सुरु गर्न लागिएको एमसीसी सम्झौता नेपालको संसदबाट पास गर्नपर्ने प्राबधानले नेपालमा ठूलो सहस सृजना भएको छ।

एमसीसी कुनै पनि हालतमा रोक्न चिनियाँ दूतावास सक्रिय भएको छ। यही सिलसिलामा नेपालका लागि चिनियां राजदूत होउ यान्छीले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेकी छन्।

चिनियां राजदूत यान्छीले एमाले अध्यक्ष ओली निवास बालकोट पुगेर दुई घण्टा लामो भेटवार्ता गरेकी हुन। भेटमा चिनियां राजदूत यान्छीले एमाले अध्यक्षमा निर्वाचित भएकोमा ओलीलाई बधाई दिंदै,

पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत चांसो राखेकी थिईन। चिनियां राजदूतले एमाले अध्यक्ष ओलीलाई दुई हप्ताअघि देखि भेट्ने प्रयास गरेकी थिईन। तर, ओलीको व्यस्तताका कारण बुधवार मात्र भेट भएको हो।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कम्प्याक्ट अनुमोदनका विषयमा दलहरुबीच निर्णायक छलफल भइरहेका बेला एमाले अध्यक्ष ओलीसंग चिनियां राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

तर, भेटमा एमसीसीबारे छलफल नभएको एमाले विदेश विभागका प्रमुख डा.राजन भट्टराईले बताए। भट्टराईले एमसीसीबारे कुरा नभएको बताएपनि दुई घण्टाको छलफल यसैमा केन्द्रीत भएको बालकोट श्रोतको भनाई छ।

प्रतिक्रिया