आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चर्चित मानव तस्कर युवराज गुरुङ २२ वर्षपछि प’क्रा’उ

प्रकाशित
1.1K
SHARES

काठमाडौँ। बेल्जियम लैजाने भन्दै साढे ५० लाख ठगी गरेर गुरुङ फरार भएका थिए। आफू मुद्दा हाल्ने मुख्य जाहेरीकर्ताकै मृ’त्यु भएको थाहा पाएपछि नेपालीमूलका बेल्जियम नागरिक युवराज गुरुङ निष्फिक्री नेपाल आउजाउ गर्थे।

व्यापारका लागि नेपाल आएको भन्दै राजनीतिक दल र सरकारका उच्च अधिकारीसँग सम्बन्ध बनाउँथे। प्रतिष्ठित जीवन बिताइरहेका ५२ वर्षीय गुरुङको हातमा जब प्रहरीको पक्राउ पुर्जी पर्‍यो, बल्ल उनी झस्किए।

बेल्जियम लैजाने प्रलोभनमा २२ वर्षअघि उनले काठमाडौंकी कल्पना शर्मा परिवर्तित नामलाई भारतको नयाँदिल्ली लगेर अलपत्र मात्रै पारेनन्, उनीसँग भएको साढे ५० लाख रुपैयाँ लिएर बेल्जियम भागे।

बिल्लीबाठ बनेका पीडितका श्रीमान् वीरबहादुर शर्मा परिवर्तित नामले तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौं हाल महानगरीय प्रहरी परिसर काठमाडौंमा गुरुङविरुद्ध उजुरी हाले।

सोही उजुरीका आधारमा गुरुङ २२ वर्षपछि मानव बेचबिखन अनुसन्धान ब्युरोबाट २३ मंसिरमा सानेपाबाट पक्राउ परे। २२ वर्षअघि साढे ५० लाख लुटिएकी महिलाकै सहयोगमा गुरुङ समातिए: एसएसपी दुर्गा सिंह प्रमुख, मानव बेचबिखन अनुसन्धान ब्युरो२२ वर्षअघि उसले एक महिलालाई बेल्जियम लैजाने भन्दै दिल्ली लगेछ।

तर, महिलालाई अलपत्र छाडेर साढे ५० लाख रुपैयाँ लिएर आफू भने बेल्जियम भागेछ। पीडित महिलाकै श्रीमान्ले घटना भएको वर्ष दिनपछि प्रहरीमा जाहेरी दिएका रहेछन्। सोही जाहेरीका आधारमा हामीले उनलाई प’क्रा’उ गर्न सकेका हौँ।

ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले कठोर मिहिनेतपछि गुरुङलाई प’क्रा’उ गरिएको बताइन्। २२ वर्षअघि उसले एक महिलालाई बेल्जियम लैजाने भन्दै दिल्ली लगेछ। तर, महिलालाई अलपत्र छाडेर साढे ५० लाख रुपैयाँ लिएर आफू भने बेल्जियम भागेछ ।

पीडित महिलाकै श्रीमान्ले घटना भएको वर्ष दिनपछि प्रहरीमा जाहेरी दिएका रहेछन्। सोही जाहेरीका आधारमा हामीले उनलाई प’क्रा’उ गर्न सकेका हौँ, उनले भनिन्।

श्रीमती खोज्दाखोज्दै वीरबहादुरको मृ’त्यु: ब्युरोका अनुसार पीडित महिलाका श्रीमान् वीरबहादुर भारतीय सेनाका सैनिक हुन्। उनैले जिप्रका काठमाडौंमा गुरुङविरुद्ध जिउ मास्ने बेच्ने अभियोगमा ६ माघ ०५६ मा जाहेरी दिएका थिए।

बेपत्ता श्रीमती खोजीकै क्रममा उनको ०७० मा मृ’त्यु भयो। बेल्जियम रहेका गुरुङले त्यो खबर केही महिनापछि थाहा पाए। त्यसपछि भने उनी निष्फिक्री तवरले नेपाल आउने–जाने गर्थे।

०५५ मा गुरुङले महिलालाई दिल्ली लगेर महिना दिन सँगै राखेको देखिन्छ। महिलासँगको रकम हात पारेपछि ऊ एक्लै बेल्जियम भागेको रहेछ। महिलाका श्रीमान् वीरबहादुरले एक वर्षपछि प्रहरीमा जाहेरी दिए।

श्रीमतीको खोजीकै क्रममा उनको मृ’त्यु भयो। जाहेरवालाकै मृ’त्यु भएपछि उसले आफूलाई फुक्काफाल महसुस गर्दै बारम्बार नेपाल आउने–जाने गरेको देखिन्छ, एसएसपी सिंहले भनिन्।

बेल्जियम जाने सपनामा घर र गरगहना बिक्री: पीडित कल्पनाका श्रीमान् वीरबहादुर त्यसवेला भारतमै बस्थे। तलब आउनसाथ श्रीमतीलाई पठाइदिन्थे। यही रकमबाट उनीहरूले घर पनि जोडेका थिए। यही क्रममा कल्पना गुरुङसँग नजिकिइन्।

बेल्जियम जाने र उतै विवाह गर्ने गुरुङको प्रलोभनले उनी लोभिइन्। उनले घर र गरगहना बेचिन्। बैंकमा भएको रकम निकालिन्। भारतको दिल्लीबाट बेल्जियम जाने भन्दै कल्पना गुरुङसँगै काठमाडौंबाट दिल्ली हिँडिन्।

महिना दिनसम्म दुवै दिल्लीमै बसे। तुरुन्तै लिन आउने भन्दै कल्पनासँगको सबै रकम लिएर गुरुङ भने बेल्जियम उडे। तर, गुरुङले कल्पनालाई कहिल्यै बेल्जियम बोलाएनन्। अलपत्र परेकी कल्पना दिल्लीबाट सुनौली नाका हुँदै बुटवल आइन्।

घरजम गरेर बुटवल नै बसिन्। बिल्लीबाठ बनेका वीरबहादुर भने कल्पनाको खोजीमा दिनरात भौँतारिन थाले। प्रहरीमा उजुरी दिए। श्रीमती खोजीकै क्रममा उनको मृत्यु भयो। जाहेरीकर्ताको मृत्युको खबरले गुरुङले अब जितियो भन्दै उत्सव नै मनाए।

तर, जिप्रकाबाट महानगरीय प्रहरी कार्यालयमा बदलिएको काठमाडौं परिसरले २५ साउन ०७७ मा जब मुद्दा ब्युरोलाई बुझायो, त्यसपछि भने उनको सूक्ष्म तवरले खोजीकार्य अघि बढ्यो। यही क्रममा उनी नेपाल आएको खबर ब्युरोले पायो।

खोजीमा जुटेको ब्युरोले अन्ततः गुरुङलाई २३ मंसिरमा ललितपुरको सानेपाबाट पक्राउ गर्‍यो। ‘गुरुङ नेपालमा रहेको सूचना थियो। तर, उनलाई चिन्ने पीडित महिलाबाहेक अरू थिएनन्। खोजीकै क्रममा हामीले उनलाई बुटवलमा भेट्यौँ।

घटना पुष्टि गराउन उनलाई काठमाडौं ल्यायौँ। दुवैलाई सँगै राखेर अनुसन्धान सुरु गरेपछि घटनाको रहस्य खुल्यो, त्यसपछि मात्रै गुरुङलाई पक्राउ गरेका हौँ, ब्युरो प्रमुख सिंहले भनिन्।

प्रतिक्रिया