आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनले अन्तरिक्षमा धान फलाए धर्तीमा ल्याएको खुलासा, के हो यथार्थ ?

प्रकाशित
2.3K
SHARES

काठमाडौं। स्वर्गका बारेमा जानकारी नभएका मानिसहरु सयदै हुनुपर्छ। स्वर्ग र नर्कका बारेमा हामी सबैले सुनेका छौँ। यो बीचमा आज हामी स्वर्गको धान लिएर आएका छौँ। पछिल्लो समय चीन विश्वभर विभिन्न रेकर्डहरू बनाउँदैछ।

अब चीन विश्वभर अन्तरिक्षमा धान उत्पादन गरेका कारण चर्चामा रहेको छ। अन्तरिक्षमा उब्जाउ भएको धानलाई ‘अन्तरिक्ष धान’ को नाम दिइएको छ। चीनले बीउको रूपमा पृथ्वीमा पहिलो पटक अन्तरिक्षमा फलेको धान लिएर आएको हो।

तपाईंलाई जानकारी गराउ कि गत वर्ष नोभेम्बरमा, चीनले धानको बीज चन्द्रयानको साथ अन्तरिक्षमा पठाएको थियो। १५०० धानको दाना अन्तरिक्षयानको माध्यमबाट पृथ्वीमा ल्याइएको हो। त्यसको तौल ४० ग्राम रहेको छ।

अन्तरिक्षबाट ल्याइएको धान दक्षिण चीन कृषि विश्वविद्यालय परिसरमा रोप्ने तयारी चीनको रहेको छ। जानकारी अनुसार ति धानका बीउहरू अन्तरिक्षमा ब्रह्माण्डको विकिरण र शून्य गुरुत्वाकर्षणको सम्पर्कमा आएका थिए।

र त्यसपछि पृथ्वीमा फिर्ता ल्याइयो। बीजको कुल तौल ४० ग्राम रहेको छ भने लम्बाई १ सेन्टिमिटर छ। गुआङ्ग्डोङ्गमा दक्षिण चीन कृषि विश्वविद्यालयको अन्तरिक्ष प्रजनन अनुसन्धान केन्द्रका,

उप निर्देशक गुओ ताओले सबै भन्दा राम्रो बीज प्रयोगशालामा तयार गरेर त्यसपछि ती खेतमा रोप्ने बताउनुभयो। केही समय अन्तरिक्षको वातावरणमा रहेको धानको बीजमा धेरै परिवर्तनहरू आएका छन्।

त्यस्तो धानलाई पुनः फिर्ता ल्याएर पृथ्वीमा रोप्नाले बढी फल दिने विश्वास गरिएको छ। त्यस्ता प्रयोगहरू धान मात्र नभई अन्य बालीनालीहरूमा पनि गरिएको छ। चीनले १९८७ देखि,

धान र अन्य बालीहरूको बीज अन्तरिक्षमा पठाउँदै आएको छ। तपाईंलाई जानेर आश्चर्य लाग्न सक्छ कि चीनले हालसम्म २०० भन्दा बढी बालीसंग यस्तो प्रयोग गरिसकेको छ।

चीनले अन्तरिक्षमा पठाएका बालीहरुमा कपासदेखि टमाटरसम्म समावेश छन्। चिनियाँ मिडिया रिपोर्टका अनुसार २०१८ मा अन्तरिक्षको बीज चीनमा २४ लाख हेक्टर जमिनमा खेतीका लागि प्रयोग गरिएको थियो।

सोही समयमा चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अन्तरिक्ष धानलाई स्वर्गको चामल पनि भनिरहेका छन्। चीनले चन्द्रमामा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना तयार गरिरहेको छ।

प्रतिक्रिया