आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनले तयार गर्यो संसारकै ठूलो वायु सैन्य बल, विश्वभर तरङ्ग

प्रकाशित
1.2K
SHARES

काठमाडौं। चीनले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गरेको छ। चीनको पिपुल्स लिवरेसन आर्मी एयर फोर्स पीएलएएएफ र पिपुल्स लिवरेसन आर्मी नेभी पीएलएएनले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गरेको हो।

दक्षिण चीन सागरमा अमेरिकी सेनाको बढ्दो उपस्थितिलाई मध्यनजर राख्दै आफूले सो तयारी गरेको चीनको दाबी छ। रक्षा विभागद्वारा नोभेम्बरमा जारी वार्षिक प्रतिवेदनले चीनले,

दक्षिण एसियाकै ठूलो र संसारको तेस्रो ठूलो वायु रक्षा बल तयार गरेको जानकारी दिएको हो। विभागका अनुसार ड्रोन र ट्रेनर विमानबाहेक पीएलएएएफ र पीएलएएनसँग हालः हाराहारी २८ सय सैन्य विमान छन्।

जसमध्ये २२ सय ५० लडाकु विमान हुन् भने ६ सय विमान फोर्थ जेनेरेसन जेट विमान हुन। लामो दूरीसम्म वायु शक्ति ओगट्न, आक्रामक र रक्षात्मक कार्यको लागि चीनले वायु क्षमता तयार गरेको विभागको रिपोर्टमा उल्लेख छ।

हालसम्म संसारमा सबैभन्दा ठूलो वायु सेना बल अमेरिकासँग छ भने दोस्रो ठूलो वायु सेना बल रुससँग छ। तेस्तै, अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ।

प्रशान्त क्षेत्रमा अमेरिकी कमान्डरहरुले विकसित गरेको सो सफ्टवेयरले सो क्षेत्रमा सैन्य डिल र अन्य अमेरिकी समर्थनका गतिविधिलाई चिनियाँ सरकारले कसरी प्रतिकृया जनाउँछ भनेर भविष्यवाणी गर्नेछ।

त्यस्तै, प्रशान्त क्षेत्रमा चीनको सम्भावित हमलाबारे पनि सफ्टवेयरले पूर्व जानाकारी दिनेछन्। मंगलबार अमेरिकी सहायक रक्षामन्त्री क्याथलिन हिक्सले हवाईस्थित इन्डो प्यासिफिक कमान्डको भ्रमण गरेर सो सफ्टवेयरबारे जानाकारी लिएकी थिइन्।

रक्षा मन्त्रालयका एक अधिकारीहरुका अनुसार सो सफ्टवेयरले रणनीतिक टकरावलाइ पनि अनुमान गर्छ। त्यस्तै, सफ्टवेयरले सन् २००० को सुरुदेखिका तथ्यांक विश्लेषण गर्नुका साथै,

अमेरिका र चीनबीचको सम्बन्धलाई असर गर्ने महत्वपूर्ण गतिविधि निगरानी गर्छ। कम्प्युटरमा आधारित सो प्रणालीले प्रशान्त क्षेत्रमा चीनका उत्तेजक गतिविधिबारे अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनलाई जानाकारी दिनेछ।

केही दिनअघिमात्र अमेरिका र क्यानडाले प्रशान्त क्षेत्र र ताइवान टापुको शान्ति र स्थिरतामा अमेरिकाले धावा बोलेको चीनको सेनाले आरोप लगाएको थियो। प्रशान्त क्षेत्रमा चीनका अस्वभाविक गतिविधिका कारण नयाँ प्रविधिको विकास गर्न बाध्य भएको अमेरिकाले जनाएको छ।

तेस्तै, अमेरिकाले चीनका आठ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकामा विकसित प्रविधि चीनले सैन्य प्रयोगमा ल्याएको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो।

राष्ट्रिय सुरक्षामा र विदेश नीतिमा जोड दिँदै अमेरिकी सरकारले अमेरिकी प्रविधि चीनलाई प्रयोग गर्नबाट रोक्न केही चिनियाँ कम्पनीविरुद्ध पछिल्लो कदम चालेको हो।

अमेरिकी प्रतिबन्धको चीनले विरोध गरेको छ। बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनका विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले चिनियाँ कम्पनीहरुलाई दबाउन अमेरिकाले राज्य शक्ति दुरुपयोग गरेको आरोप लगाए।

अमेरिकाको पछिल्लो कदमले चिनियाँ कम्पनीको चासोलाई असर गर्नुको साथै अन्तर्राष्ट्रिय अर्थतन्त्र र स्वतन्त्र व्यापरको नियम उल्लंघन गरेको छ। उनले भने। अमेरिकी कदमले विश्वव्यापी औधोगिक,

सञ्जाल गम्भीर जोखिममा परेकोसमेत प्रवक्ता लिजियानले बताएका छन्। अमेरिका हिस्टेरियाबाट पीडित भएको र नैतिकता गुमाएको उनले आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच,

भर्चुअल वार्ता भएको दुई साता नबित्दै अमेरिकाले चिनियाँ कम्पनीमा प्रतिबन्ध लगाएको हो। वैठकमा चीनका राष्ट्रपति सीले सैन्य क्षेत्रमा दुबै देशको वृहत र साझा चासो भएको स्मरण गराउँदै एक अर्काबीच सहकार्य हुनुपर्ने बताएका थिए।

बाइडेन प्रशासनले गत महिना चाइना कम्पनीको अमेरिकामा लाइसेन्स खारेज गरिदिएको थियो। यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट चीनबाट निर्यात हुने सामाग्रीमा भारी शुल्क लगाएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ