आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आलीको सातो जाने गरि माधव नेपालले चाले यस्तो कदम, एमालेमा खैलाबैला

प्रकाशित
394
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन्।

गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको सातो गएको दाबी गरेका हुन्। आफूले प्रशिक्षण भेलालाई पनि समय दिनुपर्ने, संसद बैठकमा पनि जानुपर्ने दबाव रहेको भन्दै,

उनले भने, ‘म नभाको मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ। कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि, सातो जाओस्, केही मतलब छैन।

नेपाली जनताको सातो कायम हुनुपर्छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा जानुपर्ने कारण देखाउँदै कार्यक्रमको सुरुमै उनलाई वक्ताका रुपमा उभ्याइएको थियो।

करिब १ घन्टाभन्दा बढी प्रशिक्षणात्मक भाषण दिएका उनले आधाभन्दा बढी एमाले र ओलीकै विरोधमा खर्चिए। एमाले विभाजनपछि नेपाल र ओली मंसिर अन्तिम साता काठमाडौंमा भएको,

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका थिए। एकले अर्कासँग नबोलेको भएपनि ओलीले आफूलाई हेर्दै जाँदा रमाइलो लागेको नेता नेपालले सुनाए।

हाम्रो अनुहार पनि हेर्दिन भन्याथे, तर कस्तो संजोग कांगेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्‍यो। रमाइलो भयो, उनले भने। नेता नेपालले आफूहरुको ठूलो सत्रु र प्रतिद्वन्द्वीका रुपमा एमाले रहेको कार्यकर्तालाई सुनाए।

हामीले भर्खरै विद्रोह गरेको, केपी ओलीको प्राइभेट कम्पनीका रुपमा रुपान्तरण भएको कथित् एमाले त्यो हाम्रो पहिलो प्रतिद्वन्द्वी हुन पुगेको छ। सत्रुका रुपमा छ, उनले भने।

उनले नेकपा एमाले अहिले चरम व्यक्तिवादमा फसेको र त्योभन्दा फरक आफूहरु हुनुपर्ने कार्यकर्तालाई सुझाए। अध्यक्ष नेपालले एमालेले संसदमा संसदीय मर्यादाविरुद्ध काम गरिरहेको,

आरोप समेत लगाएका छन। संसद नआउने र आएपनि नाराबाजी गर्दै अवरुद्ध गरिरहेको भन्दै उनले भने, ‘संसदीय मर्यादा पालना गर् भनेर नारा लगाएका छन्। केपी ओली गुटले पालना गर्या छ ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन समयमा ओलीलाई सुधार्न पार्टी एकता गरेको तर, सुधार्न नसकेपछि आँखा खुलेको नेपालको भनाइ छ। ओली सरकार दलाल र चाकडीतन्त्रमा लिप्त रहेको,

र संविधान विपरीत काम गरेकाले उनलाई सत्ताच्यूत गर्न गठबन्धन गर्नुपरेको उनले सुनाए। भेलालाई अध्यक्ष नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाललगायतले प्रशिक्षण दिएका छन।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी बनाउने योजना सुनाएपछि नेकपा एमालेमा खैलाबैला मच्चिएको छ। नेपालले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने,

पहिलो योजना रहेको सुनाएपछि एमालेमा खैलाबैला मच्चिएको हो। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको उनको भनाई छ।

भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको छ। कतिपय स्थानमा एमालेमै रहँदा समानान्तर कमिटी बनाएको र त्यसमा सहभागी नेताहरूलाई नै जिम्मेवारी दिइएको छ।

कतिपय स्थानमा एमालेबाट असन्तुष्ट नेताहरूलाई समेट्ने तयारी भएको जनाइएको छ। एमालेमा अर्को विद्रोह हुँदैछ, उनीहरूलाई पनि समेट्ने तयारी हुँदैछ, एक नेताले भने। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संगठन विस्तारका क्रममा देशदौडाहामा छन्।

उनी झापादेखि डडेलधुरासम्म हुने पार्टी कार्यक्रममा आफैं गइरहेका छन्। काठमाडौंमा हुने ससाना कार्यक्रममा पनि अध्यक्ष नेपाल स्वयं सहभागी भएर नेताकार्यकर्तालाई उत्प्रेरित गरिरहेका छन्।

सोही पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नै पहिलो स्रोत भएकाले त्यहींका नेताकार्यकर्तालाई पार्टीमा तान्नुलाई प्राथमिकता दिइएको बताए। एमालेबाट विद्रोह गरेका नेताहरू नै संगठन निर्माणमा लाग्नुभएको छ।

उहाँहरूले नै संगठन निर्माण र कार्यकर्ता परिचालन गर्नुभएको छ, उपमहासचिव खतिवडाले भने। उनका अनुसार नयाँ युवा पनि पार्टीमा आइरहेका छन् तर एमालेकै नेताहरू भने बढी नै एकीकृत समाजवादीमा संगठित भएका छन्।

अहिले देशव्यापी रूपमा प्रशिक्षणको कार्यक्रम चलिरहेको सो पार्टीले जनाएको छ। तीन प्रदेशमा प्रशिक्षण कार्यक्रम सकिएको छ। चौथो चरणमा गण्डकी प्रदेशमा प्रशिक्षण कार्यक्रम तय भइसकेको छ।

धेरैजसो नगरपालिका, जिल्ला, प्रदेश र सम्पर्क कमिटी बनिसकेका छन्। प्रवक्ता खतिवडाका अनुसार मनाङबाहेक सबै जिल्लामा कमिटी गठन भइसकेका छन्। जिल्ला कमिटीहरूले पनि आफ्नो कार्ययोजना,

बनाएर संगठन निर्माण सुरु गरिसकेका छन्। काठमाडौं जिल्लाले पनि पुस २० गतेभित्र संगठन अभियान टोली निर्माण सम्पन्न गरिसक्नेगरी कार्यक्रम तय गरिसकेको छ।

सो अभियानअन्तर्गत माघ २ देखि सुरु गरेर पहिलो चरणको अभियान फागुन २ मा सक्नेगरी प्रत्येक वडामा कम्तीमा १० टोली परिचालन गर्ने, प्रत्येक टोलीमा कम्तीमा १० जनालाई पार्टी सदस्य बनाउने योजना बनाइएको छ।

जिल्ला कमिटीका सदस्यमध्येबाट प्रत्येक क्षेत्रमा दुईजनालाई खाजा, खाना, फोन रिचार्जबापत १० हजार प्रदान गर्ने गरी अभियान अवधिभरिका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालीन सदस्य बनाउने योजना एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटीले जनाएको छ।

यो क्रम सबै जिल्लामा लागु हुने सो पार्टीले जनाएको छ। एकीकृत समाजवादीले सबै कमिटीको गठन–पुनर्गठन र पार्टी सदस्यता वितरण अभियानपछि स्थानीय पार्टी कमिटीका अधिवेशन गर्ने योजना अघि बढाएको छ।

पार्टी सम्बद्ध जनवर्गीय संगठन, पेसागत संगठन, सामुदायिक संगठन र प्रवासी संगठन निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढाउने योजना बनाइएको छ। विगतमा ओलीले विधिपद्धतिका आधारमा भन्दा,

पनि व्यक्तिगत चाहनाका आधारमा स्वेच्छाचारी ढंगले पार्टी चलाउने गरेको भन्दै एमालेबाट विभाजित भएपछि नेता नेपाल एकीकृत समाजवादी गठन गरेर एमालेकै कार्यकर्तालाई आफ्नो पार्टीमा ल्याउन लागिपरेका हुन्।

सोही अभियान लिएर अध्यक्ष नेपाल देश दौडाहामा लागेका छन्। उनले असोज, कात्तिक र मंसिरमा देशभरिका नेता कार्यकर्तासँग संगठन निर्माणकै विषयमा छलफल गरे। त्यति मात्र होइन, देशभर हुने सभामा पनि अध्यक्ष नेपाल आफैं पुग्ने गरेका छन्।

‘एकीकृत समाजवादीले आयोजना गरेका साना वा ठूला जुनसुकै कार्यक्रम भए पनि माधव नेपालकै आवश्यकता महसुस गरेर बोलाउने गरिएको छ। त्यही भएर उहाँ जाने गर्नुभएको हो,

स्थायी कमिटीका एक सदस्यले भने। संगठन निर्माणका क्रममा एकीकृत समाजवादीका केन्द्रीय नेताहरूले एमालेलाई गाली गर्दै आफूहरूले गठन गरेको पार्टीको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेका छन्।

अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको कारणबाट आफ्ना भाषण सुरु गरेर अन्तिममा केपी ओलीलाई गाली गरेर टुंग्याउने गरेका छन्।धेरैजसो समय विद्रोहको औचित्य पुष्टि गर्दैमा बितेको छ।

एमालेका धेरै नेताकार्यकर्ता हामीले किन अर्को पार्टी बनाउनुर्पयो भनेर बुझेका छन्, एमालेमा आएको विचलन, संविधानमाथिको कुठराघात, व्यक्तिवादी प्रवृत्ति, स्वेच्छाचारिता यी सबै हाम्रो विद्रोहका कारण हुन्,’ पार्टी प्रवक्ता खतिवडाले भने।

प्रतिक्रिया