आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुबईका शासकको महँगो सम्बन्धबिच्छेदः ८० अर्ब रुपैयाँ दिनु पर्ने

प्रकाशित
1.1K
SHARES

एजेन्सी। दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पूर्व पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्ध विच्छेदका लागि अनुमति प्राप्त भएको छ।

तर यस अनुमतिमा दुबईका शासक मकतुमले रेकर्ड ५० करोड पाउण्ड अर्थात करिब ८० अर्ब रुपैयाँ भन्दा धेरै रकम पूर्व पत्नीलाई दिनुपर्ने भएको छ। यसलाई बेलायती कानुनी इतिहासमा तलाक

सम्बन्धविच्छेदको सबैभन्दा ठूलो घटना रुपमा लिइएको बीबीसीले जनाएको छ। बेलायती हाई कोर्टले प्रिन्सेस हया बिन्त अल हुसेनलाई २५ करोड १५ लाख पाउण्ड दिनुपर्ने फैसला सुनाएको थियो।

हया जोर्डनका पूर्व शासक हुसेनकी छोरी हुन्। उनी अहिले ४७ वर्षकी छन्। शेख मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट यूएईका प्रधानमन्त्री हुन्। उनले ६ वटा विहे गरेका थिए।

हया उनकी कान्छी श्रीमती थिइन्।बेलायती अदालतले प्रिन्सेस हायालाई दिइने रकमले दुई सम्पन्तको हेरचाह, सुरक्षा बजेट, बिदा, एक नर्स, कामदारको ज्याला र उनको बस्ने खर्च,

परिवारका लागि गाडी र पाल्तु जनावरको लागि गरिने खर्च हुने जनाइएको छ। फैसलामा दुई बालबालिकालाई ५६ लाख पाउण्ड वार्षिक रुपमा दिन भनिएको छ। दुई मध्ये १४ वर्षकी एक छोर र एक ९ वर्षका छोरा छन्।

उनले २९ करोड पाउण्डको ग्यारेन्टि पनि दिनु छ, हाया आफ्ना छोराछोरीका साथ २०१९ मा दुबईबाट भागर बेलायत पुगेकी थिइन्। उनले पतिबाट आफ्नो ज्यानमा ख’त’रा भएको बताउकी थिइन्।

यो पनि: मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने। मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन्। हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन्।

१ वर्षमा १ हजार उडान हुनेछन् र २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पुग्नेछन्। मंगल ग्रहमा बस्ती बसाउने महत्वाकांक्षी योजनामा काम गरिरहेको कम्पनी स्पेसएक्सले यस्तो योजना सार्वजनिक गरेको हो।

अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले झण्डै २ दशकदेखि मंगल ग्रहमा मानिस लैजाने परियोजनामा काम गरिरहेको छ। पछिल्लो जानकारी कम्पनीकी सीओओ गिन्नी शटवेलले टाइम म्यागजिनसँगको कुराकानीका क्रममा बताएकी हुन्।

शटवेलका अनुसार कम्पनीले मंगल ग्रहमा इन्टरनेटको सुविधाको लागि काम गरिरहेको छ र यसको लागि अहिले स्टारलिंकका स्याटेलाइटहरुलाई अन्तरिक्षमा स्थापित गरिँदैछ।

शटवेलका अनुसार स्टारलिंकका स्याटेलाइटहरुले पृथ्वी र मंगल ग्रह दुवैतर्फ इन्टरनेट सुविधा उपलब्ध गराउनेछन्। यी स्याटेलाइटले दुई ग्रहमा रहेका मानिसहरुलाई जोड्ने काम गर्नेछन्।

सीओओ शटवेलका अनुसार जब मानिस मंगल ग्रहमा पुग्नेछन् उनीहरुलाई पृथ्वीमा रहेका मानिसहरुसँग कुरा गर्नु पर्नेछ। यो कामको लागि स्टारलिंक स्याटेलाइटको भूमिका अहम हुनेछ।

स्पेसएक्सले २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पुर्याउने योजना बनाएको छ। कम्पनीको योजनाअनुसार हरेक दिन मंगल ग्रहका लागि ३ उडान उड्नेछन्। हरेक उडानमा १०० जनाले मंगल ग्रहसम्मको यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

यसअघि २०१७ मा एलन मस्कले आफूले २०२२ सम्ममा मंगल ग्रहमा २ कार्गो विमान पठाउन चाहेको बताएका थिए। उनले २०२४ सम्म अन्य ४ विमान पठाउन चाहेको समेत बताएका थिए।

यी चार फ्लाइटमा २ जना मानिस पनि जाने उनको योजना थियो । स्पेसएक्सले स्टारशिप रकेटमार्फत मानिसलाई मंगल ग्रहमा पठाउन चाहन्छ। अघिल्लो महिना एलन मस्कले,

रकेट बनाउने काम भइरहेको बताएका थिए। उनले मंगल ग्रहमा बस्ती बसाउनु निकै कठिन हुने र यस क्रममा कैयौं खतरा पनि हुने स्वीकार गरेका थिए।

प्रतिक्रिया