आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

प्रकाशित
1.3K
SHARES

एजेन्सी। अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेको तालिबानले महिलाको अधिकारको रक्षा गर्ने जनाएको छ।  तालिबानले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका वेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेको हो।

यहाँका सर्वोच्च नेताले महिला अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका छन्। शुक्रबार  तालिबान सरकारका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले निर्देशिका जारी गरेका हुन्।

उक्त निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ। महिलाले विद्यालय जान पाउने र विवाहका क्रममा पनि कुनै दबाब दिन नपाइने बताइएको छ। त्यसैगरी, महिलालाई उनीहरूका,

अधिकारमा जबर्जस्ती गर्न नपाइने बताइएको छ। एकल महिलाले पनि आफ्नो इच्छाबमोजिम विवाह गर्न पाउने कुरा निर्देशिकामा उल्लेख भएको जनाइएको छ। कुनै पनि व्यक्तिले,

एकभन्दा बढी श्रीमती राखेको छ भने पनि उसले इस्लामिक कानुनअनुसारका अधिकार महिलालाई दिनुपर्ने उल्लेख छ। अफगानिस्तानमा महिला अधिकार हननका कैयौँ घटना सार्वजनिक हुने गरेका छन्।

अहिले तालिबानहरू सत्तामा आएपछि पनि उनीहरूले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनी विश्वव्यापी रूपमा आलोचना हुँदै आएको थियो।

तेस्तै, तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलोपटक सार्वजनिक रूपमा देखापरेका अधिकारीहरूले आइतबार घोषणा गरेका छन्। अखुन्दजादाले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार,

प्रान्तमा समर्थकहरूलाई सम्बोधन गरेका बताइएको छ। अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहँदै आएका थिए। अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा,

गरेपछि पनि उनी सार्वजनिक रूपमा देखापरेका थिएनन्। तालिबान सरकारमा उनको भूमिकाबारे अनुमान लगाइएको छ। यद्यपि उनको मृ’त्यु’को अफवाह पनि फैलिएको थियो।

तालिबान अधिकारीहरूका अनुसार शनिबार उनले दारुल उलुम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकु चेलाहरूसँग कुरा गरेका थिए। सन् २०१६ मा अमेरिकी ड्रोन,

हमलामा परी तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मा’रि’ए’पछि अखुन्दजादालाई सत्ताको द्रुत संक्रमणकालमा तालिबानको नेता नियुक्त गरिएको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ