आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्जातीय बिहे गरेका हुम्लाका युवक केटी पक्षबाट अ’प’ह’रित, प्रहरीको टोलि खटियो

प्रकाशित
1.3K
SHARES

काठमाडौँ। सात दिनअघि घरमै आएर कुटपिट गर्दै लगेका युवा अहिलेसम्म बेपत्ता कथित उपल्लो जातकी युवती विवाह गरेका हुम्ला सर्केगाड गाउँपालिका– १ जैरगाउँका युवक चन्द्र कामीलाई केटी पक्षले अ’प’ह’र’ण गरी एक सातादेखि गायब पारेको छ।

गत बुधबार २९ मंसिर राति करिब २० जनाको समूह घरमै आएर निर्घात कुटपिट गर्दै लगिएका चन्द्रको अवस्था प्रहरीले समेत पत्तो पाउन सकेको छैन। बेपत्ता युवक चन्द्र कामी, चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँपालिका,

४ लिप्रु गाउँकी सुन्तली मल्लसँग भागीविवाह गरेका थिए। स्थानीयहरूका अनुसार सुरुदेखि नै सुन्तलीको माइती पक्षबाट धम्की आएपछि असुरक्षाका कारण उनीहरू सर्केगाड– २ को रिप गाउँमा बस्दै आएका थिए।

तर, पछि घरमै आएर बस्न थालेको थाहा पाएपछि बुधबार राति केटी पक्ष आ’क्र’म’णको योजनासहित पुगेको थियो। सबै छिमेकीका घरमा बाहिरबाट ताला लगाएर आफ्नो घर तो’ड’फो’ड गरेको र छोरालाई,

निर्घात कुटपिट गर्दै बुहारीसहित लिएर गएको चन्द्रका बाबु धनञ्जय कामीले बताए। रातिमा २० जनाजतिको समूह आएको थियो। जैरगाउँका सबै छिमेकीका घरमा ताला लगाएर मेरो घरमा आक्रमण गरे। ढोका, झ्याल र छतका दाँतीहरू भत्काएर भित्र छिरे।

हामीलाई नबोल्न धम्की दिँदै छोरालाई निर्घात कुटे। छोरा–बुहारीलाई नै घरबाट लिएर गए। कुट्दै घरबाट लगेको छोरा कहाँ, कुन अवस्थामा छ अत्तोपत्तो छैन, धनञ्जयले गुनासो गरे। घटनाको भोलिपल्टै बिहीबार १ पुसमा प्रहरीमा जानकारी गराएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माका अनुसार घरबाट चन्द्रसँगै उठाएर लगिएकी सुन्तली भने माइतीगाउँमै भेटिएकी छिन्। चन्द्रको अवस्था भने अज्ञात रहेको उनले बताए । ‘युवती गाउँमै भेटिएकी छिन्,

तर युवकको अझै पत्तो लागेको छैन,’ शर्माले भने, खोजी तीव्र पारिएको छ। प्रहरीले युवतीका बुबालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ। जिप्रकाबाट डिएसपी शर्माकै नेतृत्वमा पाँचजना प्रहरी चन्द्रको खोजीमा खटिएका छन्।

त्यस्तै, तुम्च, गल्फागाड, श्रीनगर र सर्केगाड चौकीबाट सम्भावित ठाउँहरूमा खोजी गर्न प्रहरी परिचालन गरिएको छ। युवक हालसम्म सम्पर्कमा आउन सकेका छैनन्। तर, केटीको बुबालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।

एक–दुई दिनमै केटाको अवस्था पत्ता लाग्ला,’ डिएसपी शर्माले भने। धनञ्जयले भने प्रहरीलाई खबर गरेको पाँच दिन बितिसक्दा पनि छोराबारे कुनै खबर प्राप्त नहुँदा तनाव बढेको बताए। दोषीलाई पक्राउ गरेर कारबाही गरी छोरा–बुहारीलाई न्याय दिलाउन,

उनले प्रहरीसँग आग्रह गरेका छन्। भागीविवाह गरेका चन्द्र र सुन्तली दुवै १९ वर्षका रहेको प्रारम्भिक सोधखोजमा खुलेको प्रहरीले जनाएको छ। २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भन्दै कानुनले रोक लगाएको छ।

तर, बालविवाहको हकमा प्रहरीले अनुसन्धान गरी कानुनले फैसला गर्ने न्यायिक प्रक्रिया हुँदाहुँदै जातको नाममा केटी पक्षले उनीहरूको प्रेममाथि ज्यादती मात्रै गरेको छैन, दलित युवकलाई निर्घात कुटेर बेपत्तासमेत पारेको छ।

तेस्तै, सिराहा नगरपालिका– १ रामजानकीचोकबाट अ’प’ह’र’ण’मा परेका दुईवर्षे बालकको अ’प’ह’र’ण’मा आफन्तकै संलग्नता रहेको प्रहरीले जनाएको छ। सिराहा नगरपालिका– १ का प्रदीप यादवको दुईवर्षे छोरा,

इशान्त भनिने प्रियान्सु यादवलाई भारतको मधुवनी जिल्लाको खाजेडी भन्ने गाउँबाट सकुशल उद्धार गरी परिवारजनलाई बुझाएर अनुसन्धान जारी राखेको प्रहरीले घटनामा आफ्नै काकाको संलग्नता रहेको बताएको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी सुदीप राजभण्डारीले प्रियान्सु अ’प’ह’र’ण’मा उनकै काका कुलदीपको संलनता रहेको बताए। अनुसन्धानको क्रममा अ’प’ह’र’ण’मा कुलदीपको संलग्नता खुलेपछि,

प्रहरीले गत शनिबार नियन्त्रणमा लिएको भण्डारीले बताए। कुलदीपसँगै बालक अ’प’ह’र’ण गरेको आरोपमा सिराहा नगरपालिका– १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवलाई पनि प्रहरीले प’क्रा’उ गरेको छ।

प्रारम्भिक अनुसन्धानबाट सामान्य घरायसी विवादकै कारणले बालकको अ’प’ह’र’ण गरिएको खुलेको भन्दै प्रहरी उपरीक्षक भण्डारीले थप अनुसन्धान जारी रहेको बताए। अ’प’ह’र’ण’को कारण दाजुभाइको,

सामान्य विवादबालक अ’प’ह’र’ण’को कारण दाजुभाइको सामान्य विवाद रहेको बताइएको छ। बिजुलीबत्तीको करिब आठ हजार बिल तिर्ने सवालमा दाजुभाइबीच गत पुसमा सामान्य विवाद भएको थियो।

गत १ माघमा बालकका बुबा प्रदीप वैदेशिक रोजगारीका क्रममा साउदी फर्किएका थिए। उनी साउदी फर्किएको २० दिन नबित्दै छोराको अ’प’ह’र’ण भएको थियो। प्रदीपका बुबा उत्तिमलाल यादवले,

दाजुभाइमा सामान्य विवाद भएको बताए। बिजुलीको बिल तिर्न दाजुभाइमा भनाभन भएको थियो, यादवले भने, कान्छो छोराले नै नातिको खोजी गरी ल्याएको छ। उसैले अ’प’ह’र’ण गरेको कुरा पत्यार लागेन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ