आज : गते

ताजा शिर्षकहरु

दलहरुबीच छलफल भइरहेको छ, एमसीसी अगाडि बढ्छ : गृहमन्त्री

प्रकाशित
496
SHARES

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन्। मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै,

पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका हुन्। उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताए।

उनले भने, ‘एमसीसी पूर्ववर्ती सरकारकै पालामै अगाडि बढेको हो। यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएको हो। नेपाल सरकार र एमसीसी,

परियोजनाको बीचमा धेरै वर्ष अगाडि नै सम्झौता भएको हो। त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो। गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पार।

सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनले बताए। उनले भन्नुभयो, ‘एमसीसीको बारेमा केही भ्रम पनि होलान्।

यो अमेरिकी सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ। यसै अन्तर्गत नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको पनि ट्रान्समिसन,

स्थापनाका लागि र सडक निर्माणका लागि प्रस्ताव गरेको हो। त्यसलाई उहाँहरुले स्वीकार गर्नुभएको हो। यो निशर्त अनुदान हो। एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो।

उनले एमसीसी संसद्‌बाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरुबीचमा छलफल चलिरहेको उल्लेख गर्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडी बढ्ने बताए। उनले भने, ‘दलहरुका बीचमा छलफल भइरहेको छ।

छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडि बढ्छ। तेस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन्।

गृहजिल्ला तनहुँको दमौलीमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको र छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए।

एमसीसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनको भनाइ थियो। फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न,

श्रम कूटनीतिलाई प्रभावकारी बनाउन आफू केन्द्रित रहेको बताए। देशभित्र रोगजारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि विभिन्न सुधारका काम अघि बढाइएको उनले बताए।

वैदेशिक रोजगारीका नाममा हुने ठगी र छलीका घटना अन्त्य गर्न कार्यदल बनाएको बताउँदै उनले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरावलोकन गर्न लागिएको बताए ।

रोजगारीका लागि तुलनात्मक लाभ भएका रोजगार गन्तव्य मुलुकहरूको खोजी गर्ने र उक्त मुलुकमा नेपाली श्रमिकको हकहित संरक्षण र संवर्द्धनका लागि पहल गर्नेसमेत उनले बताए ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ