आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

साउदीमा विश्वभरका डीजेको बेजोड प्रस्तुति, शाही परिवार नै चार दिनसम्म मज्जाले नाच्दै झुमे

प्रकाशित
760
SHARES

एजेन्सी। यो साता साउदी अरेबियामा अप्रत्यासित घटना भएको छ। मुस्लिम देश साउदीमा एउटा उन्माद सांगीतिक कार्यक्रम आयोजना भएको छ। धुमधामका साथ चार दिनसम्म सांगीतिक उत्सव मनाइएको छ।

उत्सवमा अन्तर्राष्ट्रिय डीजेहरुले आफ्नो बेजोड प्रस्तुति दिएका थिए। सांगीतिक महोत्सवमा साउदी शाही परिवारको उत्साहजनक उपस्थिति थियो। सांगीतिक माहौललाई शाही परिवार बस्ने,

दरबार हाउस अफ साउदले स्वागत गरेको थियो। कार्यक्रममा विश्वभरका ख्यातिप्राप्त कलाकारहरुको जमघट थियो। टियस्टो, मार्टिन ग्यारिक्स, डेभिड ग्युटालगायत विश्वप्रसिद्ध,

डीजेको प्रस्तुतिमा शाही सदस्यहरु झुमेका थिए। इतिहासमा नै पहिलो पटक साउदीमा महिला तथा पुरुषले सँगै नृत्य गरेका थिए। यस एतिहासिक कार्यक्रममा सहभागी हुन पाउँदा,

मलाई साह्रै खुसी लागेको छ, डीजे डेभिड ग्युटेले भने। साउदीको ‘ठूलो क्रान्ति’ को साक्षी बन्दा महिला र पुरुषबीच कुनै विभेद देखिएको थिएन, न त कुनै महिलाले अनुहार ढाक्ने वस्त्र नै लगाएका थिए।

त्यस्तै, कार्यक्रममा कुनै धार्मिक प्रतिबन्ध थिएन।  रेड सी इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन सांगीतिक धमका देखिएको थियो। फेस्टिबल निकै रमाइलो भएको सहभागीले बताएका छन्।

तेस्तै, अमेरिकाको चार पांग्रे विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । कर नतिरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला,

टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यो वर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन्। यसअघि अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्रयाटिक पार्टीकी सांसद एलिजावेथ वारेनले,

ट्विटरमा मस्कले कर तिर्नपर्ने धारणा राखेकी थिइन्। टाइम म्यागेजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको केही समयपछि वारेनको भनाई आएको थियो। उनलाई वर्ष व्यक्ति घोषित गरेको,

भन्दै विभिन्न व्यक्तिले टाइम म्यागेजिनको आलोचना गरेका थिए। कर नतिरेको र कोभिडलाई हल्का रुपमा लिएको भन्दै अरबपति मस्कले यो वर्षभर नै आलोचना खेपेका छन्। म्यागेजिनको

छनौट अहिलेसम्मकै खराब भएको भन्दै पत्रिकाकोसमेत आलोचना भएको छ। टाइम म्यागेजिनको छनौट वास्तवमै अहिले सम्मकै खराब हो , लेखक कुर्ट इचिनवाल्डले भने।

मस्कले पनि ट्विटरमा आफूले यसवर्ष अमेरिकी इतिहासमै सबैभन्दा बढी कर तिर्ने बताएका हुन्। मस्कको कम्पनी टेस्लाको मूल्य झन्डै एक खर्ब अमेरिकी डलर हुन आउँछ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ