आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उपाध्यक्ष र प्रशासकीय अधिकृतको भ्रष्टचार काण्ड बाहिरियो

प्रकाशित
1.8K
SHARES

काठमाडौँ। महोत्तरीको सम्सी गाउँपालिकामा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आफू निकटका व्यक्तिलाई मलको डिलरका लागि किर्ते कागजपत्र पेस गरेको खुलासा भएको छ।

सम्सी उपाध्यक्ष नगिनादेवी यादव र प्रमुख प्रशासकीय अधिकृत सञ्जयबाबु यादवले आफ्ना निकटका व्यक्तिलाई मल खाद्यको डिलरको लागि किर्ते कागजात तयार गरि जनकपुरस्थित कृषि समाग्री कम्पनी लिमिटेड,

र साल्ट ट्रेडिङ कर्पोरेशनमा पेस गरेको पाइएको हो। यादवले प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी पाएको मिति भन्दा ४ महिना अगावैको मितिमा उपमप्रमुख यादवसँग मिलोमतो गरि मलखादको डिलरको,

लागि नक्कली कागजात तयार गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पठाएका हुन्। १३ मंसिर २०७८ मा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्वास्थ्य शाखामा सातौं,

तहमा कार्यरत यादवलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्मको लागि आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको थियो। तर, अधिकृत यादवले प्रमुख प्रशासकीय,

अधिकृतको जिम्मेवारी नपाएको अवस्थामै १३ असार २०७८ सालमा मल खाद्यको डिलरको लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पठाएको सिफारिस पत्रमा किर्ते हस्ताक्षर गरेको हुन्।

जबकी उक्त मितिमा सम्सी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको रुपमा शम्भु ठाकुर कार्यरत थिए। प्रमुख प्रशासकीय अधिकृत हुँदा हुँदै उपप्रमुख यादवले सञ्जयबाबु यादवलाई प्रयोग गरी आफ्ना निकट,

सफल उपभोक्ता सहकारी संस्था, कालीमाई उपभोक्ता सहकारी संस्था, माँ जानकी उपभोक्ता सहकारी संस्था र आगन उपभोक्ता सहकारी संस्थालाई डिलरका लागि सिफारिस गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत यादवले उपप्रमुख यादवले आफूलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएकोले सिफारिस गरेको दाबी गरेका छन्। सरकारले हरेक स्थानीय तहमा मल खाद्य,

आपूर्ति तथा वितरणको लागि उपप्रमुखको संयाजकत्वमा समिति गठनको व्यवस्था गरेको छ। उक्त समितिमा उप्रमुख संयोजक, प्रमुख प्रशासकीय अधिकृत सदस्य र कृषि शाखा प्रमुख सदस्यसचिव रहने व्यवस्था गरेको छ।

तर, यादवले कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन पठाएको काजगजातको विषयमा गाउँपालिकाका कृषि शाखाका प्रमुख सन्तोष महतोलाई समेत कुनै जानकारी गराएकी छैनन्।

न त मल खाद्य सम्बन्धी बैठकमा उनलाई सहभागि गराइएको छ। उपाध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत यादवले मिलोमतो गरि आफ्नै निकटका व्यक्तिलाई डिलर दिलाएर मल खाद्यमा कालाबजारी गराएर कमिसन लिने गरेका स्रोतको दाबी छ।

तेस्तै, नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै,

राष्ट्र बैंकले आयात निरुत्साहित हुने व्यवस्था गरेको हो। निर्देशनमा चिनी/चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरारभिनागर, चुरोट/सुर्तिजन्य वस्तु, कस्मेटिक सामान, काठका सामानहरू, जुत्ता चप्पल,

छाता र लठ्ठि, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु तथा सुनचाँदीलगायतका वहूमुल्य सामान आयात निरुत्साहित गर्न खोजिएको छ।निर्देशन अनुसार यी सामानहरु आयात गर्नका लागि,

आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी विद्युतिय बाहेकका गाडी र मोटरसाईकल आयातको लागि समेत ५० प्रतिशत,

नगद मार्जिन राख्न निर्देशन गरेको छ। उक्त मार्जिन रकमका लागि बैंकहरुले ऋण दिन नपाउने र मार्जिन वापत जम्मा भएको रकममा व्याज समेत दिन नपाइने राष्ट्र बैंकको निर्देशनमा व्यवस्था छ।

आयातलाई निरुत्साहित गर्नका लागि केन्द्रीय बैंकले कडाइ गरेको हो। उच्च व्यापारघाटा र रेमिट्यान्स घट्दा वैदेशिक मुद्रा संचितिमा समेत दवाव बढ्दै गएपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो।

यस अघि पनि राष्ट्र बैंकले चादी आयात कडाइ गर्न सिमा तोकेको थियो।  राष्ट्र बैंकले कडाई गरेपछि सेटिङ गर्ने गिरोह सक्रिय हुने र अर्थ मन्त्रि संग डिल गर्ने तयारि गरिरहेको बुझिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ