आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादीमा नयाँ नेतृत्व चयन सुरु, पार्टी महासचिवमा नयाँ पात्रको इन्ट्री

प्रकाशित
1.8K
SHARES

काठमाडौँ। नेपाल माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि काठमाडौँमा हुँदैछ। सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, सहसचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने छ।

माओवादीमा अध्यक्षमा प्रचण्डको विकल्प छैन। उपाध्यक्ष वा बरिष्ठ उपाध्यक्षमा पनि नारायनकाजी श्रेष्ठ बाहेको विकल्प छैन। यस बाहेक पार्टी दोश्रो ठूलो कार्यकारी पदमा धेरै नेताहरुको लडाँई पर्ने देखिन्छ।

त्यसका लागि कृष्णबहादुर महरा, जनार्दन शर्मा, बर्षमान पुन, देव गुरुङ, पम्झा भुसाल लगायतको दावि रहन्छ। प्रचण्डले कृष्णबहादुर महरा, देव गुरुङ र पम्झा भुसाललाई पार्टी उपाध्यक्षमा समेटेर महासचिवको दावेदार नेताहरुको संख्या घटाउने सम्भावना प्रवल छ।

त्यसो हुँदा महासचिवको आकांक्षा राख्ने नेताहरु संख्या दुई रहन्छ। दुईमा पनि बर्षमान पुन जन्डिसको गम्भीर बिरामी परेपछि उपचारका लागि चीनमा छन् भने अर्को महासचिवका दावेदार जनार्दन शर्माका लागि ठाउँ खालिभएको छ।

माओवादीको युवा पुस्तामा शर्मा र पुनको कर्डा प्रतिस्पर्धा रहदै आएको छ। पुन बिरामी परेको मौका छोपी शर्मालाई महासचिव बनाएको भन्ने आरोपबाट बच्नका लागि प्रचण्डले जनार्दन शर्मालाई समेत महासचिव बनाउने सम्भावना कम छन्।

१० वर्षे माओवादी जनयुद्धमा यी दुवै नेता सैन्य–राजनीतिक मोर्चाका अगुवा थिए। शान्ति प्रक्रियामा आएपछि माओवादीले पुन र शर्मालाई अध्यक्ष प्रचण्ड ‘सुप्रिम कमान्डर’ रहेको जनमुक्ति सेनाको ‘डेपुटी कमान्डर’ बनाएको थियो।

जनमुक्ति सेनाका चार डेपुटी कमान्डरमध्ये पुन र शर्माका अलावा नन्दकिशोर पुन ‘पासाङ’ हाल उपराष्ट्रपति र चक्रपाणि खनाल थिए। चारमध्ये वरीयतामा चाहिँ नन्दकिशोर पुन नै एक नम्बरमा थिए।

जनयुद्धको उद्गम थलो रोल्पा–रुकुमका वर्षमान पुन र जनार्दन शर्मामध्ये प्रचण्डले पुनलाई अलिक बढी चुनौतीपूर्ण क्षेत्रमा पठाएर नेतृत्वका लागि खार्दै लगे। जस्तो, पश्चिम क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा माओवादीका सैन्य गतिविधि,

कमजोर देखिएपछि २०६० ताका माओवादीले पुनलाई पूर्वी क्षेत्रमा खटाएको थियो। २०६२–०६३ को जनआन्दोलन र त्यसपछिको शान्ति प्रक्रियामा राजधानी काठमाडौँको महत्व बढेपछि विशेष केन्द्रीय कमान्डको जिम्मेवारी पुनले नै पाए।

जनयुद्धका आखिरी दिनहरुमा शर्माले पनि गण्डक क्षेत्रका सैन्य कारबाहीहरुको नेतृत्व गरे। त्यसबेला माओवादीले राजधानीलाई ‘टाउको’ र गण्डक क्षेत्रलाई ‘ढाड’ को रुपमा व्याख्या गरेको थियो।

ढाडमा टेक्ने’ माओवादी फौजको नेतृत्व शर्माले गरेका थिए भने टाउकामा हान्ने फौजको नेतृत्व पुनले। २०६२–०६३ को जनआन्दोलनमा राजधानीमा जुन जनउभार देखियो, गाउँ–गाउँबाट मानिसलाई काठमाडौँमा,

उतारेर यस्तो जनउभार सिर्जना गर्ने कार्यको शिल्पी पुन नै थिए। माओवादी नेताहरुका अनुसार यी दुई नेतामध्ये सैन्य–राजनीतिक योजना निर्माणमा पुनको दक्षता थियो भने सैन्य आक्रमणका लागि माओवादी फौजलाई तयार पार्नमा शर्माको।

२०६१–०६२ ताका भएका ठूला आक्रमणहरुमा जताततै असफलताका कारण ‘प्रत्याक्रमण’ को स्थितिबाट फेरि झण्डै ‘रक्षा’ को चरणमा फर्कने स्थितिमा पुग्नै लागेको थियो, माओवादी जनयुद्ध।

त्यस्तो निराशाजनक स्थितिमा कालिकोटको पिलीस्थित सैन्य क्याम्पमा सफल आक्रमणको योजना निर्माण र नेतृत्व गरेर माओवादी पंक्तिमा मनोबल भर्ने काम शर्माले नै गरेका थिए।

पिलीमाथिको सफल आक्रमणपछि शाही सत्ता धर्मराउन थालेको हो। त्यही वातावरणका बीच नै संसदवादी राजनीतिक दल र जनयुद्धरत माओवादीबीच शाहीसत्ताविरुद्ध सहकार्य हुन थालेको हो।

पिलीमा माओवादीले सफलता प्राप्त नगरेको भए सम्भवतः संसदवादी राजनीतिक दलहरु ‘हार्दै गएको’ माओवादीसँग सहकार्यका लागि तयार हुने थिएनन्। यसरी जनयुद्धमा पुन र शर्माको आ–आफ्नै,

योगदान भए पनि माओवादी नेतृत्वको वरीयतामा पुन नै अगाडि रहँदै आएका छन्। साउनमा भएको कार्यविभाजनले पनि यो कुरा देखाउँछ। जस्तो कि, शर्माले शक्तिशाली मानिने संगठन विभागको मात्र,

जिम्मेवारी पाए भने पुनले सबै विभाग हेर्ने केन्द्रीय सचिवालय इञ्चार्जको। माओवादीको अन्तरिम विधानले केन्द्रीय सचिवालयका ६ वटा अधिकार र कर्तव्यमध्ये ‘केन्द्रीय विभाग, मातहत समिति, संसदीय दल,

संयन्त्र, कार्यदल लगायत कामको प्रतिवेदन नियमित रुपमा प्राप्त गरी मूल्याङ्कन प्रतिवेदन तयार गर्ने र ती प्रतिवेदनहरु केन्द्रीय समिति, पोलिटब्युरो तथा स्थायी समिति र केन्द्रीय कार्यालयमा प्रस्तुत गर्ने’ स्पष्टसँग उल्लेख गरेको छ।

अर्थात्, शर्माले पनि संगठन विभाग प्रमुखको हैसियतमा पुन इञ्चार्ज रहेको केन्द्रीय सचिवालयमा प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ। यसबाहेक २०६६ मा तत्कालीन नेकपा माओवादी र एकता केन्द्रबीच एकता भएर एमाओवादी,

निर्माण भएपछि सचिवको जिम्मेवारी प्राप्त गर्ने पाँच नेतामा पुन पनि थिए। वरीयतामा तल रहेकै कारण शर्माले त्यो जिम्मेवारी प्राप्त गर्न सकेनन्। यिनै तथ्यहरुका आधारमा माओवादी केन्द्रको आगामी महासचिवको,

जिम्मेवारी पुनले प्राप्त गर्ने सम्भावना देख्नेहरुको संख्या ठूलो छ। वैचारिक क्षमता, अन्तर्राष्ट्रिय सम्बन्ध, योजना निर्माण आदि दृष्टिले सबल भएका कारण दुईजनाका बीच प्रतिस्पर्धा हुँदा पुनले बाजी मार्न सक्ने सम्भावना ज्यादा देखिन्छ।

तर उनी सम्मेलनको समयमा नेपाल फर्किन्छन् की फर्किदैनन् भन्ने कुराले ठूलो अर्थ राख्ने छ। प्रतिस्पर्धामा शर्मा पनि कमजोर देखिँदैनन्। उर्जामन्त्री छँदा अन्त्य भएको लोडसेडिङ, विपक्षीप्रति आक्रामक हुनसक्ने स्वभाव,

प्रचण्डसँग पनि उत्तिकै निकट सम्बन्ध आदिका कारण शर्मालाई पनि भावी महासचिवका रुपमा हेर्नेहरुको संख्या कम छैन। अध्यक्ष प्रचण्डको विश्वास आर्जन गर्न ‘प्रचण्डपथ’ ब्युँताउन गरिरहेको पैरवीका आधारमा पनि शर्माले बाजी मार्न सक्छन्,

भन्ने अनुमान केहीले गर्न थालेका छन्। तर, महासचिव पदका लागि पुन र शर्माबीचको प्रतिस्पर्धा सिक्काको एउटा पाटो मात्र हो। किनभने, माओवादी केन्द्रको महासचिव छनोटमा यस पटक अन्य केही पक्षहरुले प्रभाव पार्न सक्छन्।

त्यसमध्ये सबैभन्दा प्रमुख पक्ष अन्य माओवादी घटकहरुसँगको पार्टी एकता हो। मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी–माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ‘नेकपा’ सँग पनि अध्यक्ष प्रचण्डले घनिभूत रुपमा छलफल चलाइरहेका छन्।

स्रोतहरुका भनाइमा तत्काल पार्टी एकता हुने स्थिति नरहे पनि विषय–विशेषमा कार्यगत एकता हुने माओवादी घटकहरुबीच सहमति जुटिसकेको छ। गणतन्त्र, धर्मनिरपेक्षता जस्ता माओवादी जनयुद्धका एजेन्डाहरु,

नै धरापमा पर्न लागेको स्थितिमा हुने ‘कार्यगत एकता’ का कारण यी तीन घटक थप नजिक हुन सक्छन्। र, निकट भविष्यमा ‘पार्टी एकता’ नै हुनसक्छ। भनिन्छ कि पूर्वमाओवादी घटकहरुबीचको सम्भावित कार्यगत एकता महराको मेहनतको प्रतिफल हो।

आफ्नो पालामा विभाजित पार्टीलाई आफैँ नेतृत्वमा हुँदा एकीकृत गर्ने प्रचण्डको उत्कट चाहना देखिन्छ। २०६४ को पहिलो संविधान सभा निर्वाचनमा जस्तै एमाले र कांग्रेसलाई माथ गर्न सक्ने पार्टी बनाउन पनि प्रचण्डलाई एकताको आवश्यकता छ।

त्यसैले एकता प्रयासलाई मूर्तरुप दिने प्रयोजनका लागि फेरि एकपटक महराले नै महासचिवको जिम्मेवारी पाउन पनि सक्छन्। वैद्य र विप्लव दुवैको सहानुभूति आर्जन गर्न सक्ने भएकाले पनि महासचिवमा महराले बाजी मार्न सक्ने सम्भावना प्रबल छ।

महराको अर्को बलियो पक्ष भनेको पुन र शर्माबीचको अदृश्य प्रतिद्वन्द्विता पनि हो। यदि पुन र शर्माले एकले अर्कालाई महासचिव स्वीकार गर्दै नगर्ने स्थिति सिर्जना भयो भने महरालाई महासचिव हुन अझ सहज हुन सक्नेछ।

प्रतिक्रिया