आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विप्लवले गरे एमसीसी विरुद्ध नयाँ आन्दोलनको घोषणा

प्रकाशित
2.6K
SHARES

काठमाडौँ।  नेपाल कम्युनिस्ट पार्टीसहित ८ दलिय मोर्चाले एमसीसी विरुद्ध नयाँ आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितको मोर्चाले,

आगामी पौष ६ गते काठमाडौ लगायत देशव्यापी रूपमा विरोध प्रदर्शन र विरोध सभा गर्ने गरि आन्दोलनको घोषणा गरेको हो। आइतबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले राष्ट्रघाती एमसीसी,

सम्झौता आगामा ६ गते पारित गर्ने तयारी भएको जनाएको छ। सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्द नेपाली जनता अविराम जान्दोलित छ। ८ जना नेताले हस्ताक्षरित विज्ञतिमा भनिएको छ।

पछिल्लो शेरबहादुर देउवा सरकारले संसदको आकस्मिक बैठक बोलाएर पारित गराउने रणनीति बनाए पनि हामी कम्युनिस्ट पार्टी र २ वटा मोर्चा संयुक्त बान्दोलनमा छौ।

गत मंसिर २८ गते नै संसदबाट पारित गराउने देउवा सरकारको योजना जनताको संघर्षको तागतले असफल भएपछि पौच ६ गते बोलाइएको संसद बैठकबाट जुनसुकै अबस्थामा,

पनि पारित गराई लागु गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएको विज्ञप्तिमा उल्लेख छ। उक्त संघर्षको कार्यक्रमलाई भव्य रूपमा सफल पार्न कम्युनिस्ट क्रान्तिकारीहरू,

सच्चा लोकतन्त्रबाबीहरू, वेशभक्तहरू र आम नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौँ। विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा नेकपा महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी,

मसालका महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी कान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टी मालेका महासचिव सी.पी मैनालीकेसीले हस्ताक्षर गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, ज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुती, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष सिपी गुजुरेल र राष्ट्रियण् जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले हस्ताक्षर गरेका छन्।

तेस्तै, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे चलाखिपूर्ण निर्णय गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीले सत्तारूढ गठबन्धनले,

गर्ने निर्णयनै पार्टीकोे निर्णय हुने भन्दै चलाखिपूर्ण निर्णय गरेका छ। साझा निष्कर्ष निकाल्ने बताएका छन्। उनले यो नै आफ्नो फाइनल डिसिजन भएकाले कसैँसँग सम्झौता नगर्ने समेत प्रष्ट पारेका छन्।

काठमाडौंमा प्रेस सङ्गठन नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसीबारे पाँच दलको बैठकमा छलफल गरेर निष्कर्षमा पुग्ने बताएका हुन्। उनले एमसीसीलाई सहज रूपमा अगाडि बढाउन चाहेको बताए।

एमसीसीलाई हामी राम्रो वातावरणमा, सहज वातावरणमा अगाडि बढाउन चाहन्छौं, नेपालले भने, यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, सेनासँग, नेपालको सार्वभौमसत्तासँग जोडिने कुरा नहोस्।

छिमेकीहरूमाथि कुनै किसिमले असर पार्ने कुरा पनि नहोस् भन्ने कुरामा सजग पनि छौं। यस विषयमा सत्तारूढ दलले साझा निष्कर्ष निकाल्ने उनको भनाइ थियो। “एमसीसी सम्बन्धमा पहिले पाँच दलको बीचमा छलफल गर्नेछौं।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, साझा निष्कर्ष निकालेर देशको हितको रक्षा गर्ने कुरालाई सुनिश्चित गरेरै अगाडि बढ्नेछौं। यस विषयमा एक किसिमले छलफल चलिरहेको उनको भनाइ थियो।

एमसीसीमा छलफल चलाएर त्यसको अन्तरवस्तु के छ, सच्याउनुपर्ने कुरा छन् भने ती के के हुन् भन्ने विषयमा पनि छलफल गरिरहेका छौं, नेपालले भने, हामी जनभावना पनि हेरिरहेका छौं, जनभावनाको पनि विचार गरिरहेका छौं।

सत्तारूढले गठन गरेको अध्ययन समिति पनि त्यसै प्रक्रिया अन्तर्गत भएको उनको भनाइ छ। पाँच दलीय गठबन्धनले ४ पुसमा झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति बनाएको छ।

त्यो समितिको अध्ययनले पनि धेरै कुरा छर्लङ्ग हुने नेपालको भनाइ थियो। नेपालले भने, नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार गर्न सक्दैनौं।

कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरे। ओलीकै कारण नेकपाको बहुमतको सरकार असफल भएको नेपालको भनाइ थियो।

प्रतिक्रिया