आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बच्चन परिवार सं’कटमा, अभिषेकले बयान दिए, ऐश्वर्या आज जाँदै

प्रकाशित
795
SHARES

काठमाडौं। विश्वको बहुचर्चित पनामा पेपर्स मामिलामा बच्चन परिवारको कठिनाइ बढेको छ। आज बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन दिल्लीको लोकनायक भवनमा प्रवर्तन निर्देशनालय (इडी) को अगाडि पेश हुँदैछिन्।

सूत्रका अनुसार इडीका अधिकारीहरुले प्रश्नको सूची पहिले नै तयार गरिसकेका छन्। पनामा पेपर्समामिलामा भारतका करिब ५०० जनाको नाम भएको बताइएको छ। यो सूचिमा नेता,

अभिनेता, खेलाडी, व्यवसायिकसहित धेरै वर्गका प्रमुख व्यक्तिहरुको नाम छ। यी व्यक्तिहरुमाथि कर हेराफेरी गरेको आरोप छ। यस विषयमा कर अथोरिटीले जाँच गरिरहेको छ।

पनामा पेपर्स मामिलामा लामो समयदेखि जाँच चलिरहेको छ। इडीका अधिकारीहरुले देशका कैयौं ठूला हस्तीहरुमाथि जाँच गरिरहेको छ। एक महिना पहिले अभिषेक बच्चन पनि इडीको कार्यालय पुगेर बयान दिइसकेका छन्।

उनले इडीका अधिकारीहरुलाई केही दस्तावेज पनि बुझाएका छन्। सूत्रका अनुसार इडीले यो मामिलामा छिटै अमिताभ बच्चनलाई पनि नोटिस पठाएर बोलाउँदैछ।

२०१६ मा बेलायतको पनामाका कानुनी फर्मको १.१५ करोड करका दस्तावेज लिक भएका थिए। यसमा विश्वभरका नेताहरु, व्यवसायीहरु र ठूला हस्तीहरुको नाम सार्वजनिक भएको थियो।

भारतका ५०० जनाको नाम यी दस्तावेजबाट सार्वजनिक भएको थियो। यही सूचीमा बच्चन परिवारका सदस्यहरुको नाम पनि छ।एक रिपोर्टका अनुसार अमिताभ बच्चनलाई ४ कम्पनीको निर्देशक बनाइएको थियो।

यीमध्ये ३ कम्पनी बहामासमा थिए। एउटा भर्जिन आइल्याण्डमा थियो। यी कम्पनीहरु १९९३ मा बनाइएका थिए। यी कम्पनीको संस्थापक पूँजी ५ हजारदेखि ५० हजार डलरबीच थिय।

तर, यी कम्पनीहरु ती शिपको कारोबार गर्थे जसको मूल्य करोडौंमा थियो। ऐश्वर्यालाई पहिले एक कम्पनकिो निर्देशक बनाइयो। पछि उनलाई कम्पनीको शेयर होल्डर घोषणा गरियो।

कम्पनीको नाम अमिक पार्टनर्स प्रा.लि. थियो। यसको मुख्यालय भर्जिन आइल्याण्डमा थियो। ऐश्वर्याका अलावा पिता के राय, आमा वृन्दा राय र भाइ आदित्य राय पनि कम्पनीमा उनका पार्टनर थिए।

यो कम्पनी २००५ मा बनाइएको थियो। तीन वर्षपछि २००८ मा कम्पनी बन्द भयो। प्राप्त सामाचार अनुसार यसमा दोषी ठहरिए के कस्तो सजाय हुन्छ भनि जनमानसमा कौतुहलता बढेको छ।

तेस्तै, बलिउडका निकै रुचाइएका जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको केमिस्ट्री सबैलाई मनपर्छ, यी दुईबीच वर्षौंदेखि उत्कृष्ट सम्बन्ध देखिएको छ।

तर श्रीमान्–श्रीमतीबीचको एउटा सिक्रेट अभिषेक बच्चन आफैंले एउटा अन्तरवार्तामा खुलाएका छन् ।वास्तवमा केही वर्ष अघि ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन एउटा अन्तरवार्तामा उपस्थित भएका थिए।

इन्डिया डटकमको खबर अनुसार यसै अन्तरवार्तामा अभिषेक बच्चनले आफ्नो वैवाहिक जीवनको विषयमा रोचक तथ्य खुलाएका थिए ।ऐश्वर्याले स्वीकारेकी थिइन् झगडाको कुराः

उक्त कुराकानीमा यो जोडीले आफ्नो पनि अन्य जोडीको जस्तै थुप्रै पटक बहस हुने गरेको स्वीकार गरे । ऐश्वर्याले पनि यसबारे कुरा गर्दै अभिषेक र आफूबीच कुनै न कुनै कुरामा ठाकठुक परिहाल्ने बताइन्।

तर यसलाई उनले झगडा नभई असहमति बताएकी थिइन् । उनले भनिन्, ‘यस्सो ठाकठुक भएन भने त जीवन बोर भइहाल्छ नि।अभिषेकले किन माग्दथे माफीः यो कुराकानीमा अभिषेकले आफ्नो वैवाहिक,

जीवनलाई सही तरिकाले चलाउनका लागि एउटा गोप्य कुरा बताएका थिए। उनले भने, ‘हामीले झगडा गरेर कहिले पनि नसुत्ने निर्णय गर्यौं। त्यसैले म हरेक दिन सुत्नुभन्दा,

अघि हरेक गल्तीका लागि माफी माग्ने गर्दथेँ ।’यसबारे ठट्टा गर्दै उनले भने, ‘महिला यसै पनि आफ्नो गल्ती मान्दैनन् त्यसैले धेरैजसो झगडामा मैले नै माफी माग्थेँ ।

तेस्तै, बलिउड अभिनेता तथा निर्देशक महेश माञ्जरेकरले अभिनेता सलमान खान बाहिर जति खुसी देखिन्छन्, भित्र भने एक्लोपनबाट पीडित रहेको खुलासा गरेका छन् । पछिल्लो समय ‘अन्तिम’ फिल्ममा सलमानलाई निर्देशन गरेका माञ्जरेकरले हालैको एउटा अन्तर्वार्तामा धेरै कुरा खोलेका छन् ।

सलमानसँग माञ्जरेकरको लामो समयदेखि संगत छ । सलमान माञ्जरेकरलाई दाइजस्तो व्यवहार गर्छन् । माञ्जरेकरले सुटिङका क्रममा सलमानसम्बन्धी अनुभूत गरेका विविध कुराहरू दर्शकमाझ ल्याएका हुन् ।

‘सलमान बाहिर जति खुशी देखिन्छन्, भित्र भने उनी एक्लो छन,’ माञ्जरेकरले भनेका छन्, ‘एक्लै बस्दा उनी कताकता हराइरहेका हुन्छन् । उनलाई एक्लोपनले खाइरहेको छ । त्यसैले उनले अब बिहे गर्नैपर्छ ।’

माञ्जरेकरले सलमानको लाइफस्टाइलकाबारेमा पनि केही कुरा खोलेका छन्। ‘यत्रो ठूलो स्टार भएर पनि सलमान सामान्य जीवनशैली जिइरहेका छन्,’ माञ्जरेकर भन्छन्, ‘उनी अहिले पनि सिंगल बेडरुम भएको फ्ल्याटमा बस्छन् ।

उनले सलमान घरमा प्राय ड्रोइङ रुमको सोफामा बसिरहने गरेकोसमेत बताएका छन्। जब म सलमानको घर जान्छु, उनी अधिकांश समय सोफामा बसिरहेका हुन्छन् । उनी एसी बन्द गरेर बसेका हुन्छन्।

मलाई गर्मी हुन्छ । कति पटक त म आफैँले एसी चलाएको छु’, उनले भनेका छन्, ‘सलमान यति धेरै सफल छन् । तर, यो सफल मान्छेको पछाडि एकदमै मध्यम वर्गीय मान्छे छ । यो चाहिँ मलाई अचम्म लाग्छ।

सलमानले सुखदुःख साट्ने जीवनसाथी चुन्नै पर्ने बेला भइसकेको माञ्जरेकरको मुल्यांकन छ । ‘घरमा सलमानसँग आमाबाबु, भाइहरू अरवाज, सोहेल, भतिजाहरू जान्छन् । गफ गर्छन् । उनीहरूको आफ्नै दुनियाँ छ।

तर, सलमान कहाँ जाउँन् रु त्यसैले उनले बिहे गरिहाल्नुपर्छ’, माञ्जरेकरको बुझाइ छ। उनले बिहेकाबारेमा आफूले धेरैपटक कुरा गरेकोसमेत बताएका छन् । ‘मैले सलमान अब तिमी बिहे गर, म तिम्रो बच्चा हेर्न चाहन्छु, भन्छु।

तर, ऊ मेरो कुरालाई गम्भीर रूपमा लिँदैन । केके भनेर कुरा टालिहाल्छ’, उनी भन्छन्, ‘सलमानसँग म जस्तो पनि कुरा गर्न सक्छु, जो अरु कसैले गर्न सक्दैनन् । तर, बिहेको कुरामा भने ऊ कहिल्यै सिरियस भएन । उसले बिहे नै गर्दैन कि भनेर मलाई चिन्ता लाग्छ ।

बिहेको प्रसङ्ग आउँदा अनेक कुरा गरेर टार्ने गरेको भए पनि एक समय भने सलमान बिहेको मुडमा पुगेका थिए । उनी र तत्कालीन मोडल संगीत बिजलानीबीच सन् १९८६ देखि अफेयर चलेको थियो ।

करिब दश वर्ष उनीहरू सम्बन्धमा रहे। त्यतिबेला सलमान र संगीताबीच बिहे हुन लागेको, निम्तो कार्डसमेत छापिएको खबर आएको थियो । तर, कुनै कारणवस उनीहरूबीच बिहे हुन सकेन। त्यसपछि सलमानको नाम थुप्रै हिरोइनहरूसँग जोडियो।

प्रतिक्रिया