आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी, भिडियो सहित

प्रकाशित
487
SHARES

काठमाडौँ। राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ। आइतबार दिउँसो साढे ३ बजेपछाडि बुद्धनगर चोकको उकालोमा रहेको कम्प्लेक्स भवनको माथिल्लो तलामा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ।

कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन्टरमा आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। आगो निभाउन दमकल परिचालन गरिएको छ। आगलागीको कारण खुल्न सकेको छैन। भिडियो  नयाँ पत्रिका बाट साभार।

तेस्तै, जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा भएको आगलागीमा परी २४ जनाको मृ’त्यु भएको छ। शुक्रबार बिहान आधा घण्टासम्म आगलागी भएको यस भवनमा सामान्य स्वास्थ्य सेवा उपलब्ध गराउने क्लिनिक पनि रहेको जनाइएको छ।

जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समयानुसार शुक्रबार बिहान १०ः४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। आगलागीमा परी २४ जनाको मृ’त्यु हुनुको साथै अन्य चारजना घाइते भएका छन्।

घाइतेको अवस्था गम्भीर छ वा छैन भन्ने स्पष्ट नभएको एएफपीले जनाएको छ। करिब २० वर्गमिटर क्षेत्रफलमा आगलागी भएको थियो। एनएचके प्रसारकले आगलागीका कारण अज्ञात रहेको बताएको छ।

तेस्तै, पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका– १ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ। सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ख १४७१ नम्बरको यात्रुबसमा एक्कासि,

आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। ३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ।

बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए।

तेस्तै, मुगुको छायानाथ रारा नगरपालिका– १ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सकारले राहत उपलब्ध गराउने भएको छ। कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र पिसिएमसीको बैठकले आगलागी पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।

आगलागी पीडितहरूका लागि तत्कालीन राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र टेन्ट उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रतिक्रिया