आज : गते

ताजा शिर्षकहरु

श्रीमती अर्कै पुरुषसँग मिलेपछि श्रीमानको ह’त्या, यसरी भयो पर्दाफास

प्रकाशित
1.2K
SHARES

काठमाडौं। सिन्धुपाल्चोकको गुम्बामा अर्कै पुरुषसँग मिलेर योजनाबद्ध रूपमा एक महिलाले श्रीमानको ह’त्या गरेकी छन्। जुगल गाउँपालिका-३ गुम्बा बस्ने ३९ वर्षीय छेवाङ लामाको मंसिर २० गते ह’त्या भएको थियो।

लामाको ह’त्या अभियोगमा प्रहरीले उनकी श्रीमती २८ वर्षीया निमा साङ्लो तामाङ र जुगल ३ बस्ने ३६ वर्षीय कान्छा लाल लामालाई प’क्राउ गरेको छ। अभियुक्त दुवै लामो समयदेखि अनैतिक सम्बन्धमा थिए।

उनीहरूले ढुङ्गा प्रयोग गरी ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नाताले आफन्त पर्ने परपुरुष र मृतकको श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको र उनीहरूको सम्बन्धलाई लिएर दम्पतीबीच पटक-पटक विवाद हुँदै आएको,

अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए। मृतक लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा केही दिन अघिमात्र घर फर्केका थिए।

घरमा श्रीमतीको मोबाइलमा अत्यधिक फोन आउने गरेको थाहा पाएपछि उनले उक्त फोनमा सिमकार्डसमेत फेरि दिएका थिए। श्रीमानले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले उनीहरूले योजनाबद्ध रूपमै,

ह’त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसरी भयो ह’त्या: मृतक लामाको घर र ससुराली एउटै गाउँमा रहेको छ। ह’त्या अभियोगमा प’क्राउ परेका कान्छा लाल लामासमेत सोही गाउँका बासिन्दा हुन्।

मृ’तक लामाको ससुराली घरमा मंसिर २० गते साँझ खाना खाएर फर्किने क्रममा ससुराली घरबाट करिब एक सय मिटर पर ह’त्या भएको थियो। ससुरालीबाट फर्केको केही बेरमा उनले चिच्याएर,

सालालाई बोलाएको भए पनि डरले साला केही ढिला गरी स्थानीय छिमेकी जम्मा गरेर भिनाजुको घरतर्फ गएका थिए। घरमा भिनाजु नदेखेपछि उनीहरू पुनः सोही बाटो फर्कँदा बाटोमा भिनाजुको मोबाइल,

फुटेको अवस्थामा भेटेपछि खोजी सुरु भएको थियो। बाटोभन्दा केही तल अर्धनङ्न पारी खोल्सामा घोप्टो फालेको अवस्थामा उनको श’व फेला परेको थियो। तत्काल प्रहरी चौकी तेम्बाथाङ कात्तिके,

इलाका प्रहरी कार्यालय, जलवीरे र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलको छानबिन र स्थानीयसँगको कुराकानीको आधारमा नजिकैको गोठमा लुकिराखेको अवस्थामा उनीहरूलाई सोही राती नै पक्राउ गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला अदालत, सिन्धुपाल्चोकबाट ७ दिनको म्याद थपी हि’रासतका राखिएको छ।

प’क्रा’उ परेका कान्छा लाल तामाङ पनि विवाहित हुन् भने अभियुक्त निमा साङलो तामाङ र छेवाङ लामाका दुई छोरा र एक छोरी छन्बाबुको मृ’त्यु र आमा प्रहरी नियन्त्रणमा रहेकाले,

बालबच्चाको बिचल्ली रहेको आफन्तजन बत्ताउँछन्। मृ’तक लामामाथि पनि ६ वर्ष अघिको ज्यान मा’र्ने अभि’योग थियो। केही समयअघि विदेशबाट आएर सिधै अदालत पुगी पाँच हजार धरौटी तिरेर उनी छुटेका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ