आज : गते

ताजा शिर्षकहरु

बिना गल्ति भारतमा ४० वर्ष जेल सजाय भोगेर छुटेका नेपालीलाई ५ लाख भारु क्षतिपूर्ति दिन आदेश

प्रकाशित
863
SHARES

काठमाडौं। भारतको कलकत्ता उच्च अदालतले मंगलबार ४० वर्ष बिनाअपराध जेलजीवन बिताएका नेपालीलाई ५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।

भारतीय अनलाइन लाइभल डट इनका अनुसार गत मार्चमा ४१ वर्ष लामो समय जेल जीवन बिताएका इलामका दुर्गाप्रसाद तिमल्सिना दीपक जैसी लाई उक्त क्षतिपूर्ति दिन आदेश दिएको हो।

मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षि भारद्वाजको इजलासले यस्तो आदेश गरेको हो। जैसी सन् १९८० मे १२ मा पक्राउ परी गत मार्चमा रिहा भएका थिए। उनले ४० वर्ष लामो जेलजीवन बिताउनुपरेको थियो।

उनलाई जेलमा राख्नुको कारण नै नखुलेपछि रिहा गरिएको थियो। उनको मानसिक स्वास्थ्य अवस्था ठीक नभएको र अदालतमा आफूविरुद्धको अभियोगसँग लड्न सक्ने नसक्नेमा ध्यानाकर्षण भएको थियो।

गत मार्चमा अदालतको आदेशसँगै तिमल्सिना डम डम सेन्ट्रल करेक्सनल होमबाट मुक्त भएका थिए। अहिले उनी आफन्तको सम्पर्कमा पुगिसकेका छन्। गत मार्च २२ मा कलकत्ता उच्च अदालतले राज्य,

सरकारलाई उनलाई दिनुपर्ने क्षतिपूर्ति दिएको जानकारी गराउन भनेको थियो। डिसेम्बर ७ मा काउन्सिल फर द हाइकोर्टले वेस्ट बंगाल करेक्सनल सर्भिसेज प्राइजनर्स ९अनन्याचुरल डे’थ,

कम्पेन्सेसन स्किम २०१९ अनुसार निर्दोषले पाउनुपर्ने अधिकतम् क्षतिपूर्ति दिन भनेको थियो। यसअनुसार अधिकतम क्षतिपूर्ति ५ लाख भारु हुने जनाइएको छ। यो मुद्दामा राज्य सरकारले थप मुद्दा नलड्ने,

र उक्त रकम जैसीलाई दिने निर्णय लिएको थियो। तिमल्सिना अहिले नेपाल आइसकेका छन्। अदालतले क्षतिपूर्ति रकम दुर्गा अर्थात् दीपक जैसीकै खातामा छ हप्ताभित्र जम्मा गर्न आदेश दिएको उक्त,

अनलाइनले समाचारमा जनाएको छ। यो क्षतिपूर्ति रकमले जैसीको अन्य अधिकारमा कुनै असर नगर्ने पनि किटान गरेको छ। यो घटना प्रति मानबअधिकारबादी सस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

तेस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चोरको खुट्टा काटभन्दा अन्य दलका नेताले खुट्टा तानेकोजस्तो नेताहरुको प्रवृत्ति देखिएको बताएका छन्।

कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा बोलेका कुरा नेताहरुले चरित्र सुधार्नुपर्ने अवस्था आएको कुरा रहेको उनले बताए। तर अन्य नेता आफूमाथि खनिएको उनले बताए। उनले भने, ‘मैले प्रवृत्तिको कुरा गरेको थिएँ।

तर नेताले आफैंलाई भनिएकोजस्तो चोरको खुट्टा काट भन्दा खुट्टा ताने। राप्रपा यथास्थितिको राजनीतिबाट वाक्क दिक्क भएकाहरुका लागि आशा र भरोसा बनेको उनले बताए। गृह जिल्ला झापामा,

शनिबार आयोजित कार्यक्रममा बोल्दै जनता तथा कार्यकर्ताको विश्वासमा कुठाराघात हुन नदिने बताए। उनले भने, ‘तपाईंहरुको मत र विश्वासलाई धोका दिन्न। आफू पदमा मात्र बस्न अध्यक्ष नभएको बताए।

उनले भने, ‘अब कार्यकर्ताले चिन्ता लिनु पर्दैन।आफू कांग्रेस र कम्युनिष्ट मिलाएर हिँड्ने भएकाले कसले के भन्छ भन्ने कुराको पछि नलाग्ने लिङ्देनले बताए। राप्रपा अध्यक्ष लिङ्देनले पार्टीमा,

काम नगर्नेको स्थान नरहने बताए। उनले भने, अब उपरखुट्टी लगाएर बस्नेको काम छैन। म पनि काम गर्छु, अरुले पनि गर्नुपर्छ। अब पार्टी फुट्ने र फुटाउने परिस्थिति नभएको उनले बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ