आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

३५ बर्षिय युबा बने चिलीको राष्ट्रपति, बिश्वभर उनकै चर्चा, कि हुन् उनि ?

प्रकाशित
1.3K
SHARES

एजेन्सी। ल्याटिन अमेरिकी देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपति निर्वाचित भएका छन्। कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। बोरिक विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।

सन् २०११-१२ मा विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी एक प्रमुख अगुवाको रुपमा चिनिएका थिए। त्यसपछि सन् २०१३ मा भएको निर्वाचनमा उनी,

संसदको तल्लो सदनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी बनेका थिए। सन् २०१७ मा पनि उनी अघिल्लो पटकको भन्दा धेरै मतसहित विजयी भए। हाल उनी प्रगतिशिल सोशल कन्भर्जेन्स पार्टीका सदस्य हुन्।

जो संसदमा वाम पक्षधरको ब्राड फ्रन्ट ब्लकको एक हिस्सा हो। यो सामाचार तयार पार्दा सम्म उनका विश्वभर छरिएर रहेका फ्यानहरुले बिजय उत्सव मनाइरहेका छन्।

तेस्तै, उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू कुनै प्रकारका खुसीयाली मनाउन प्रतिबन्ध लगाइएको छ। उत्तर कोरियाली पूर्व नेता किम जोङ्ग इलको १० औँ पुण्यतिथिमा शोक मनाउनका लागि ११ दिने,

प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। राष्ट्रपति कार्यालयको प्रशासनले निकालेको आदेशमा किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, जाँड–रक्सी खान नपाउने उल्लेख छ।

यस्तै जन्म दिन मनाउने तथा कुनै प्रकारको खुसी मनाउन पूर्ण रूपमा रोक लगाइएको छ। निगरानीका लागि सुरक्षाकर्मी खटाएको भन्दै आदेश उल्लङ्घन भएमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ।

यसपालि पूर्व नेता किम जोङ्ग इलको १० औँ पुण्यतिथि परेकोले ११ दिनसम्म शोक मनाउन लागिएको हो। सामान्यतया प्रत्येक वर्ष १० दिने शोक अवधि मनाइन्छ।

१७ वर्ष उत्तर कोरियामा शासन गर्नुभएका किम जोङ्ग इलको निधन सन् २०११ को डिसेम्बर १७ मा भएको थियो। त्यसपछि उत्तर कोरियामा किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहनुभएको छ।

प्रतिक्रिया