आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

साउदी राजकुमारले उद्घाटन गरेको २० अर्ब डलरको महत्वाकांक्षी ‘जेद्दा प्रोजेक्ट’ के हो ?

प्रकाशित
1K
SHARES

एजेन्सी। साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले शुक्रबार ७५ अर्ब रियाल करिब २० अर्ब डलर लगानीमा बन्ने ‘मास्टर डेभलपमेन्ट डाउनटाउन जेद्दा प्रोजेक्ट’को उद्घाटन गरेका छन्।

यसलाई ‘न्यू जेद्दा डाउनटाउनको नामले पनि चिनिँदै आएको छ। यो परियोजनालाई ५०.७ लाख वर्ग मिटर क्षेत्रमा विकसित गरिनेछ। यो परियोजनालाई केन्द्रीय जेद्दा विकासको सार्वजनिक,

लगानी कोषबाट तीन चरणमा तयार गरिनेछ। यसमध्ये पहिलो चरण २०२७ को अन्त्यसम्म पूरा गरिनेछ। त्यसपछि देश तथा विदेशका मानिसहरु डाउनटाउन जेद्दा आउन सक्नेछन्।

साउदी प्रेस एजेन्सीका अनुसार यसलाई सार्वजनिक लगानी कोष र देश विदेशका लगानीकर्ताको कोषबाट तयार गरिनेछ। यसलाई बनाउने कम्पनीले अहिले योजना अनुसार सबै चरणको,

कार्यान्वयन सुनिश्चित गर्नको लागि सबै सम्बन्धित जानकारीको साथमा काम गरिरहेको छ। डाउनटाउन जेद्दा’ परियोजनाको लक्ष्य २०३० सम्म साउदीको अर्थव्यवस्थामा ४७ अर्ब रियाल थप्नु हो।

यो परियोजनामा एक ओपेरा हाउस, एक संग्रहालय, एक खेल स्टेडियम, महासागर घाटीहरु र कोरल फर्म हुनेछन्। यसका अलावा यसमा १० मनोरञ्जन र पर्यटन परियोजनाहरु पनि हुनेछन्।

परियोजनामा एक विश्वस्तरीय मरिना र बीच रिसोर्ट पनि हुनेछ। यसका अलावा यहाँ स्थानीय र अन्तर्राष्ट्रिय लग्जरी होटलहरु, रेष्टुरेण्ट र क्याफे हुनेछन्। मानिसहरुका लागि किनमेलका विभिन्न किसिमका विकल्प हुनेछन्।

परियोजनाको परिचालनबाट स्थानीय निजी क्षेत्रका कम्पनीहरुले अन्तर्राष्ट्रिय मानकहरुको साथमा पर्यटन, खेल, सांस्कृतिक र मनोरञ्जन जस्ता आर्थिक क्षेत्रको विकास तथा संचालनमा भाग लिने अवसर पाउनेछन्।

५०० भन्दा धेरै इन्जिनियर र सल्लाहकारहरुले मास्टर प्लानको डिजाइन तैयार गरेका हुन्। डाउनटाउन जेद्दा परियोजनामा कैयौं प्राकृतिक विशेषताहरु छन्। यसमा ९.५ किलोमिटर लम्बाइको वाटरफ्रन्ट हुनेछ।

यसमा मरिना हुनेछ जहाँ देशभित्र र बाहिरबाट याट आउन सक्नेछन्। यसका अलावा २.१ किलोमिटर लामो बालुवाको समुद्र किनार हुनेछ। परियोजनाको ४० प्रतिशत भाग हरियाली, खुला स्थान र सार्वजनिक सेवाहरुको लागि हुनेछ।

तेस्तै, उत्तर कोरिया र दक्षिण कोरियबीच ऐतिहासिक सहमति भएको छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले उत्तर कोरिया, दक्षिण कोरिया, चीन र अमेरिका कोरियाली यु’द्धलाई औपचारिक रुपले,

अन्त्य गरिएको घोषणा गर्नको लागि सैद्धान्तिक रुपले सहमत भएको बताएका छन्। यद्यपि उनले उत्तर कोरियाका मागहरुका कारण छलफल सुरु हुन अझै बाँकी रहेको पनि स्पष्ट पारेका छन्।

कोरियाली यु’द्ध १९५० देखि १९५३ सम्म चलेको थियो। यो यु’द्ध कुनै शान्ति सम्झौताबाट नभइ यु’द्धबिरामको घोषणाबाट समाप्त भएको थियो। प्राविधिक रुपले उत्तर कोरिया र दक्षिण कोरियाबीच अहिले पनि यु’द्ध चलिरहेको छ।

अहिले पनि उत्तर कोरियालाई चीनको समर्थन छ र दक्षिण कोरियालाई अमेरिकाको समर्थन छ। दुवै देशबीच तनावपूर्ण सम्बन्ध कायमै छ। दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन अहिले,

अस्ट्रेलिया भ्रमणमा छन्। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग एक साझा पत्रकार सम्मेलनमा उनले यो जानकारी दिएका हुन्। यो सहमतिसंगै कयौ  इउरोपियन देशहरु झस्किएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ