आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसी पास गर्न कार्यदल गठन, कार्यदलमा कोको छन् ?

प्रकाशित
309
SHARES

काठमाडौँ। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कम्प्याक्ट प्रतिनिधिसभाबाट पास गर्नका लागि कार्यदल गठन भएको छ। सत्तारुढ ५ दलीय गठबन्धनले एमसीसीबारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन्।

आज बसेको सत्तारुढ गठबन्धनको बैठकले कार्यदल बनाउन निर्णय गरेको हो। त्यस्तै, संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलिय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेको छ।

आइतबार बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन’ बैठकको निष्कर्ष सुनाउँदै कार्कीले अगाडि भने, ‘प्रतिपक्षले उठाएको,

विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ। एमाले केन्द्रीय समितिले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ।

सर्वदलीय बैठकले संघीय संसद निरन्तर अवरुद्ध हुँदा जनताका आवाज संसदबाट उठ्न नसकेको निष्कर्ष निकालेको छ। संसदीय लोकतन्त्रलाई जिवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण छ, तर त्यसको मतलब संसद चल्न नदिने भन्ने होइन’ कार्कीले भने।

तेस्तै, नेपाल कम्युनिस्ट पार्टीसहित ८ दलिय मोर्चाले एमसीसी विरुद्ध नयाँ आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितको मोर्चाले आगामी पौष ६ गते काठमाडौ,

लगायत देशव्यापी रूपमा विरोध प्रदर्शन र विरोध सभा गर्ने गरि आन्दोलनको घोषणा गरेको हो। आइतबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौता आगामा ६ गते पारित गर्ने तयारी भएको जनाएको छ।

सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्द नेपाली जनता अविराम जान्दोलित छ। ८ जना नेताले हस्ताक्षरित विज्ञतिमा भनिएको छ, पछिल्लो शेरबहादुर देउवा सरकारले संसदको,

आकस्मिक बैठक बोलाएर पारित गराउने रणनीति बनाए पनि हामी कम्युनिस्ट पार्टी र २ वटा मोर्चा संयुक्त बान्दोलनमा छौ। गत मंसिर २८ गते नै संसदबाट पारित गराउने देउवा सरकारको,

योजना जनताको संघर्षको तागतले असफल भएपछि पौच ६ गते बोलाइएको संसद बैठकबाट जुनसुकै अबस्थामा पनि पारित गराई लागु गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएको विज्ञप्तिमा उल्लेख छ।

उक्त संघर्षको कार्यक्रमलाई भव्य रूपमा सफल पार्न कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रबाबीहरू, वेशभक्तहरू र आम नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौँ। विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा नेकपा महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी कान्तिकारी माओवादीका महासचिव मोहन वैद्य,

किरण, नेपाल कम्युनिस्ट पार्टी मालेका महासचिव सी.पी मैनालीकेसीले हस्ताक्षर गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, ज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी,

नेपालका संयोजक विश्वभक्त दुलाल आहुती, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष सिपी गुजुरेल र राष्ट्रियण् जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया