आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शशांक कोइरालाको अग्रता कायमै, गणेश लामा आउट

प्रकाशित
696
SHARES

काठमाडौ। शनिबारदेखि सुरु भएको नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी छ। ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा निर्वाचनमा हालसमम २३९३ मत गणना भएको छ।

सार्वजनिक भएको मत परिणाम अनुसार सुरुदेखि नै पूर्वमहामन्त्रीसमेत रहेका डाक्टर शशांक कोइराला १९७१ मतका साथ पहिलो स्थानमा छन्। १५३८ मतका साथ एनपी साउँद दोस्रो स्थानमा छन्, भने तेस्रो स्थानका बालकृष्ण खाँणले १५०३ मत पाएका छन्।

यस्तै रमेश लेखक १४५१ र उदयशमशेर राणा १४४५ मतका साथ चौथो र पाँचौ स्थानमा रहेका छन्। ३५ भित्र नेपाल विद्यार्थी संघका नेताहरू कुन्दन काफ्ले, राजीव ढुंगानाका साथै राप्रपाबाट आएका सुनिल थापासमेत परेका छन्।

गणेश लामा भने ३६औं स्थानमा झरेका छन्। ३५ खुला सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन्। तेस्तै,नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापति शेरबहादुर देउवा थप शक्तिशाली भएर उदाएका छन्।

उनी शक्तिशाली हुनमा नेता प्रकाशमान सिंहको ठूलो हात रह्यो। देउवाले पहिलो पटक जित हाँसिल गर्न नसक्दा बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता प्रकाशमान सिंहलाई फकाएर दोश्रो पटक पार्टी सभापति बने।

देउवा निकै ठूलो मिहिनेत पछि सिंहलाई आफ्नो पक्षमा पार्न सफल भए। जति गर्दा पनि नमानेपछि देउवाले अन्तिममा आगामी निर्वाचन पश्चात प्रधानमन्त्री बनाउने र यो पटक उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने सहमति गरे।

यता प्रकाशमानलाई उपप्रधानमन्त्री बनाउने भएपछि देउवा सरकारको दोश्रो बरियतामा रहेका बालकृष्ण खाँडलाई झट्का लागेको छ। बेला बेलामा कार्यबहाक प्रधानमन्त्रीको हैसियतमा,

हेलिकप्टरमा फाँईफुर्ति लगाउन पल्केका खाँडलाई यो खबरले निकै दुखित बनाएको छ। प्रकाशमानलाई उपप्रधानमन्त्री बनाउने विषय घरमा एउटी श्रीमति हुँदा हुँदै लोग्ने शौता हाले सरह भएको उनको विश्लेषण छ।

सिंहलाई देउवाले उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेको बालुवाटार श्रोतको भनाई छ। अहिले रक्षा र उद्योग मन्त्रालय खाली छ। उहाँको रोजाई अनुसारको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुहुन्छ।

बालुवाटार श्रोतले भन्यो, सभापतिमा पदभार ग्रहण गर्ने वित्तिकै मन्त्रीपरिषद विस्तार हुन्छ। महामन्त्रीमा पराजित भएपछि डा. मिनेन्द्र रिजालले नैतिकताका आधारमा राजीनामा दिएपछि रक्षा मन्त्रालय खाली छ।

खाली रहेको त्यही मन्त्रालय सिंहलाई सुम्पिने तयारी देउवाको छ। सिंह उपप्रधानमन्त्री भएर आएपछि खाडको मन्त्रीपरिषदमा रहेको दोश्रो बरियता खोसिने छ र पाउँदै आएको कार्यबहाकको,

हैसियत पनि गुम्नेछ। खाँडलाई देउवाले महामन्त्रीको उम्मेदवार हुनबाट पनि रोके। कृष्णप्रसाद सिटौलालाई समेत मिलाउन परेकाले खाँड महामन्त्रीको उम्मेदवार समेत बन्न पाएनन्।

प्रतिक्रिया