आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्रिको ह’त्या प्रयास, विशेष सहयोगीसहित १५ को मृ;त्यु

प्रकाशित
714
SHARES

एजेन्सी। पाकिस्तानको कराँचीमा प्रधानमन्त्रीलाई लक्षित गरि भएको शक्तिशाली बिस्फोटमा मृ;त्यु हुनेको संख्या १५ पुगेको छ। कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ बिस्फोट भएको थियो।

बिस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृ’त्यु भएको छ। बिस्फोटबाट,

भवनमा आंशिक रुपमा क्षति पुगेको छ। बिस्फोटपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा केही व्यक्ति फसेको आशंकामा उद्दार कार्य तीव्र पारिएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन्।

बि’स्फोटका दर्जनौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बिस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ग्यास चुहावट वा अन्य केही बिस्फोटक पदार्थ पड्किएर भवन भत्किएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्।

तेस्तै, रुस र युक्रेनबीच यु’द्धको स्थिति बनेको छ। यो तनावले पश्चिमी देशहरुमा भारी चिन्ता छ। पश्मिी देशहरुको सबैभन्दा ठूलो चिन्ता हो यो तनाव बढेर यु’द्धको संघारमा पुग्यो भने यसको आगो पूरै युरोपमा फैलिन सक्छ र दोस्रो विश्वयु’द्ध यताकै सबैभन्दा खराब स्थिति बन्न सक्छ।

पश्चिमी देशका खुफिया संस्थाहरुको अनुमान अनुसार युक्रेनको सीमामा ट्यांक र तोपको साथमा करिब १ लाख रुसी सैनिक छन्। अमेरिकाले यो संख्या जनवरीसम्म बढेर १ लाख ७५ हजार हुन सक्ने आशंका गरेको छ।

अमेरिका र उसका नेटो सहयोगीले रुसलाई यसअघि नै युक्रेनमाथि कुनै आक्रमण गरे गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिइसकेका छन् तर रुस भने यसको बेवास्ता गर्दै एक खेल खेल्न लागिरहेको छ।

कैयौं विश्लेषकहरुका अनुसार रुसले यो दबाबको रणनीतिअनुसार गरिरहेको छ ताकि युक्रेनले पश्चिमी देशहरुको सुरक्षा संगठन नेटोमा स्थान पाउन नसकोस्। यदि युक्रेन नेटोको सदस्य बन्यो भने नेटोका सैन्य अड्डा आफ्नो सीमाछेउ खडा गरिने रुसलाई डर छ।

यद्यपि नेटोले रुसलाई यसबाट उसलाई कुनै खतरा नहुने विश्वास दिलाएको छ। रुस र युक्रेनबीचको विवादलाई अहिले नेटोसँग जोडेर हेरिएको छ। तर दुवै देशबीच कैयौं पटक संघर्ष भइसकेको छ।

यसमध्ये एउटा २०१४ को युद्ध पनि हो जतिबेला रुसले युक्रेनसँगबाट क्रिमिया खोसेर आफूले कब्जा गरेको थियो। रुस र युक्रेनबीचको तनाबलाई बुझ्न केही वर्ष पहिले इतिहासमा जानुपर्छ। युक्रेन कुनै बेला रुसी सामाज्यको हिस्सा थियो।

१९९१ मा सोभियत संघ फुटेपछि युक्रेन स्वतन्त्र भएको थियो। त्यतिबेलादेखि नै युक्रेनले रुसको छत्रछायाबाट बाहिर निस्किने कोसिस गर्न थाल्यो। यसको लागि युक्रेनले पश्चिमी देशहरुसँग निकटता बढायो। उसले यो निर्णय त्यतिबेला गर्यो जतिबेला उसको उत्तर र पूर्वमा लामो सीमा रुससँग जोडिएको छ।

२०१० मा भिक्टर यानुकोभिच युक्रेनका राष्ट्रपति बने र उनले रुससँग निकै निकटको सम्बन्ध बनाए। यो सम्बन्धको जगमा उनले युरोपेली संघमा सहभागी हुने सम्झौतालाई खारेज गरिदिए।

यसको प्रतिक्रिया यो भयो कि देशमा भारी विरोधका कारण २०१४ मा उनले पदबाट राजीनामा दिनुपर्यो। त्यसपछि रुसले युक्रेनविरुद्ध आक्रामकता देखायो र कथित रुपमा त्यहाँका पृथकतावादीहरुलाई सहयोग गर्यो। जसको परिणामस्वरुप उसले युक्रेनको क्रिमिया प्रायद्विपमा कब्जा गर्यो।

रुसमाथि युक्रेनका पृथकतावादीहरुलाई पैसा र हतियार सहयोग गरेको आरोप लाग्ने गर्छ। रुसले यी आरोप अस्वीकार गर्छ तर उसले खुलेर पृथकतावादीहरुको समर्थन गर्छ। युक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनबासलाई औद्योगिक सहर मानिन्छ।

यहाँ २०१४ मा भएको लडाइँमा १४ हजारभन्दा धेरै मारिएका थिए। युक्रेन र पश्चिमी देशहरुले रुसले आफ्ना सैनिकहरुमार्फत युक्रेनी विद्रोहीलाई सहयोग गरेको आरोप लगाउँछन् तर रुसले भने विद्रोहीहरुलाई साथ दिने रुसी स्वयंसेवक हुन् भन्छ।

२०१५ मा फ्रान्स र जर्मनीले एक शान्ति सम्झौताको मध्यस्थता गरेका थिए जसबाट युद्ध रोकियो तर यसबाट कुनै राजनीतिक समाधान निस्किएन। यो वर्ष त्यतिबेला संघर्षविराम उल्लंघनमा त्यतिबेला तीब्रता देखियो जब युक्रेनी सीमानजिक रुसी सैनिकहरुले युद्धाभ्यास सुरु गरे। अप्रिलमा रुसले यसलाई रोकेपछि तनाव केही कम भएको छ।

अमेरिकी खुफिया अधिकारीहरुले गत हप्ता रुसले युक्रेनी सीमामा १ लाख ७५ हजार जवानहरु तैनाथ गर्न गइरहेको आशंका गरेका थिए। उनीहरुले यीमध्ये आधा सैनिक तैनाथ गरिसकिएको भन्दै रुसले २०२२ को सुरुमा युक्रेनमाथि आक्रमण गर्न सक्ने बताएका थिए। युक्रेनले पनि रुसले आफ्नो सीमानजिकै ९० हजार सैनिक तैनाथ गरेको भनेको थियो।

युक्रेनको रक्षा मन्त्रालयका अनुसार रुसको ४१ औं आर्मीको युनिट रुसमा येलनया सहरको नजिक छ । युक्रेनको उत्तरी सीमाबाट यो सहर केवल २६० किलोमिटर टाढा छ। युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेजनिकोफले शुक्रबार संसदमा युक्रेनको,

नजिक र रुसको कब्जामा रहेको क्रिमियामा ९४ हजार ३ सय सैनिक रहेको र जनवरीमा यसमा ठूलो मात्रामा बढोत्तरी सम्भव भएको बताए। रुसले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। रुसले आफ्नो क्षेत्रमा जवान तैनाथ गर्दा अरुलाई समस्या हुन नपर्ने बताएको छ।

अहिले रुसले युक्रेनमाथि २०१५ को शान्ति सम्झौताको सम्मान नगरेको र पश्चिमी देशहरु युक्रेनलाई यसको पालना गराउन विफल रहेको आरोप लगाएको छ। यो सम्झौतामार्फत रुसले एक कूटनीतिक जीत पाएको थियो र उसले युक्रेनलाई विद्रोहीहरुको बढहरुलाई स्वायत्तता दिन र उनीहरुलाई आममाफी दिन बाध्य पारेको थियो।

यद्यपि यो सम्झौता कार्यान्वयन हुन सकेन। यो लागू नहुनुमा युक्रेनले रुसलाई जिम्मेवार भन्छ। युक्रेनको दावीअनुसार रुस समर्थित पृथकतावादीहरुले संघर्ष विराम उल्लंघन गरे र पूर्वमा विद्रोहीहरुको गढमा रुसी सैनिक छन्। रुसले भने यी दावी अस्वीकार गर्छ।

यी आरोप प्रत्यारोपका बीचमा रुसले युक्रेन, फ्रान्स र जर्मनीसँग बैठक गर्न अस्वीकार गरिदियो र २०१५ को शान्ति सम्झौता युक्रेनले नमान्नु व्यर्थ भएको बतायो। अर्कोतर्फ रुस लगातार अमेरिका र उसका नेटो सहयोगी देशहरुमाथि युक्रेनलाई हलियार सहयोग गरेको र संयुक्त सैन्य अभ्यास गरेकोमा आलोचना गरिरहन्छ।

यसो गरेर युक्रेनका सैनिकहरुलाई बलपूर्वक विद्रोहीहरुको क्षेत्र फेरि कब्जा गर्न प्रेरित गरिएको उसको आरोप छ। यो वर्षको सुरुवातमा रुसी राष्ट्रपति पुटिनले चेतावनी दिँदै युक्रेनको पूर्वी क्षेत्रमा कब्जा गर्ने सैन्य कोसिसले ‘युक्रेनी राष्ट्रको दर्जा’लाई गम्भीर असर पर्ने भनेका थिए।

रुसी राष्ट्रपति लगातार रुसीहरु र युक्रेनीहरुलाई एउटै जनता भन्दै आएका छन् र उनी दावी गर्छन् कि सोभियत समयमा युक्रेनले गलत तरिकाले ऐतिहासिक रुसी जमिन पाएको थियो। पुटिनको चिन्ता युक्रेन नेटोमा सहभागी हुने विषयमा पनि छ।

उनले नेटो आफ्नो लागि एक सीमा रेखाजस्तै भएको चेतावनी दिइसकेका छन्। उनले नेटो सदस्यहरुको युक्रेनमा सैन्य प्रशिक्षण केन्द्र बनाउने योजना भएको र यसले युक्रेनलाई नेटोमा सहभागी नभइ आफूविरुद्ध सैन्य मजबुती दिने बताइसकेका छन् ।

गत हप्ता पुटिनले जोड दिँदै रुसलाई अमेरिका र उसका सहयोगीहरुबाट ‘विश्वसनीय र दीर्घकालीन सुरक्षा ग्यारेन्टी’ चाहिएको बताएका थिए।पुटिनले अमेरिका र उसका सहयोगीहरु पूर्वतिर नेटोको कुनै पनि कदमबाट टाढा रहने र रुसी षेत्रको नजिक रुसको लागि खतरा उत्पन्न गर्ने हतियारको तैनाथीबाट पनि टाढा रहने ग्यारेन्टी मागेका थिए।

पुटिनले आफूलाई कुनै मौखिक भरोसा नभइ कानुनी ग्यारेन्टी चाहिएको समेत बताएका थिए। गत हप्ता रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाइडेनबीच यही विषयमा एक भर्चुअल बैठक भएको थियो।

पुटिनका विदेश मामिलाका सल्लाहकार युरी उशाकोफले बताएअनुसार आफ्ना मागहरुबारे पुटिनले बाइडेनलाई यही बैठकमा सूचित गरिदिएका थिए। यद्यपि कैयौं विश्लेषकहरु भने रुसका मागहरुलाई बाइडेनले खासै महत्व नदिएको विश्वास गर्छन्।

बाइडेनले शुक्रबार भनेका थिए कि उनी कुनै पनि सीमा रेखालाई स्वीकार गर्नेवाला छैनन्। अप्रिलमा रुसलाई लागेको थियो कि उसको सैन्य शक्ति देखाउने रणनीतिले काम गरिरहेको छ र अहिले उसले यसैलाई दोहोर्याइरहेको छ। राष्ट्रपति पुटिनले गत हप्ता रुसी कूटनीतिज्ञहरुलाई भनेका थिए।

हाम्रा हालैका चेतावनीहरुलाई सुनिएको छ,  र प्रभाव हेर्नलायक भएको छ। तनाव बढेको छ। पुटिनले तर्क दिएका थिए कि तनाव बढेपछि पश्चिमी देशहरु रुसलाई ध्यान दिन्छन् र उसलाई बेवास्ता गर्दैनन्।

मस्कोस्थित थिंक ट्यांक आरआइएसीसँग सम्बन्धित आन्द्रेइ कोर्तुनोफ भन्छन् ‘यदि युक्रेनको नजिक सैन्य गतिविधि आक्रामक रुपमा देखिएका छन् भने यसको अर्थ यो होइन कि सिधै सैन्य कारवाही हुन गइरहेको छ।

असलमा यो सन्देश हो जो पुटिन दिन चाहन्छन्। युक्रेनको लागि यो सन्देश हो कि डोनबासमा फेरि नियन्त्रणको प्रयास गर्ने जस्तो कुनै हर्कत नगर्नु। कोर्तुनोफ मान्छन् कि पश्चिमी देशहरुलाई रुसले युक्रेनमा नयाँ किसिमका उन्नत हतियारजस्ता नेटोका शक्ति नपुर्याउनु भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया