आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेस केन्द्रीय सदस्यमा कडा प्रतिस्पर्धा, कसले कति मत पाए ? यस्तो छ ताजा अपडेट

प्रकाशित
1.3K
SHARES

काठमाडौं। नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन्।

खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन्।

३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन्। ८०७ मत ल्याएका यज्ञबहादुर थापाले ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन्।

यद्यपि यो अन्तिम परिणाम भने होइन। एक हजार मत कटाउने नेताहरु: १) डा शशांक कोइराला :- १९७१, २) एनपी साउद :- १५३८, ३) बाल कृष्ण खाँण :- १५०७, ४) रमेश लेखक :- १४५१,

५) ज्ञानेन्द्र बहादुर कार्की :- १४२३, ६) उदय सम्शेर राणा :- १४४५, ७) रामहरी खतिवडा :- १३९५, ८) अर्जुननरसिंह केसी :- १३८३, ९) गोपाल मान श्रेष्ठ :- १३२३, १०) जिप छिरिङ लामा :- १३१२,

११) जितजंग बस्नेत :- १२८३,१२) नैन सिंह महर :- १२८२, १३) डा रामशरण महत :- १२८१, १४) सुनिल बहादुर थापा :- १२४६, १५) बल बहादुर केसी :- १२३३, १६) दिलेन्द्र प्रसाद बडु :- १२३१,

१७) मोहन बहादुर बस्नेत :- १२०२, १८) दिपक गिरि :- ११७४, १९) सुरेन्द्र राज पाण्डे :- ११५१, २०) कुन्दन राज काफ्ले :- ११४३२१) सन्जय कुमार गौतम :- १००१, ९ सय कटाउने: २२) प्राडा गोविन्दराज पोखरेल :- ९६२

२३) राजीव ढुंगाना :- ९३५, २४) डा. गोपाल दहित :- ९३१, २५) कृष्णकिशोर घिमिरे :- ९२९, २६) दिनेश कोइराला :- ९२५, २७) बिरेन्द्र कुमार कनौडिया :- ९१९, २८) इ मोहन आचार्य :- ९१३, २९) अजयबाबु सिवाकोटी :- ९०९,

३०) मदन बहादुर अमात्य :- ९०८, आठ सय कटाउने: ३१) उमेश जंग रायमाझी :- ८९१, ३२) गणेश लामा :- ८८८,  ३३) मंगल प्रसाद थारु :- ८७१, ३४) मनोज मणि अचार्य :- ८५४, ३५) केदार कार्की :- ८१९, ३६) यज्ञ बहादुर थापा :- ८०७,

थापासहित ७९९ सयसम्म मत ल्याएका सबै ३५ जनाको कोटाभित्र पर्न असफल भएका छन्। यद्यपि यो २३९३ मत गणनाको परिणाम हो। २२८९ मत गन्न बाँकी नै छ। आज आउने अन्तिम मतपरिणाममा यो नतिजा फेरिन सक्छ।

यस्तै, सभापतिमा पराजित नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हिमाल, पहाड, तराई-मधेसका जनताको घरदैलोमा जाने घोषणा गरेका छन्।

सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि कोइरालाले पार्टी रूपान्तरणको अभियान जारी रहने बताएका थिए। कोइरालाले शुक्रबार विज्ञप्ति जारी गरी पार्टी रूपान्तरणको लडाइँ सहज नभएको र देउवासँग मात्रै प्रतिस्पर्धा नगरिएको बताएका छन्।

हामी यस्तै सभापतिमा पराजित नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हिमाल, पहाड, तराई-मधेसका जनताको घरदैलोमा जाने घोषणा गरेका छन्।

वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र प्रतिस्पर्धा गरिरहेका थिएनौं। पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृत्ति, गलत संस्कृति र संस्कारको विरूद्ध लडिरहेका थियौं, कोइरालाले विज्ञप्तिमा भनेका छन्।

उनले पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान विपरीत हुने निर्णयविरूद्ध पनि लडाइँ लडेको बताएका छन्। पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो।

हामीसँग ऊर्जावान युवाहरूको समूह थियो। पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामीविरूद्ध भयो, तर पनि हामी लड्यौं र राजनीति जित्यौं,उनले भनेका छन्। पार्टीको १४औं महाधिवेशनको प्रतिस्पर्धा पार्टीभित्र यथास्थितिवादी र परिवर्तनकारीबीच भएको उनले बताएका छन्।

हामी परिवर्तनकारी शक्ति थियौं। हामीसँग निष्ठावान कार्यकर्ताहरूको भरोसा र विश्वास थियो, उनले भने। कोइराला महाधिवेशनबाट आउने परिणामले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताएका छन्।

कोइरालाले प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्। महाधिवेशनको मत परिणामपछिका दिन राष्ट्रिय निर्वाचनको चहलपहल सुरू हुने र कांग्रेसलाई एकढिक्का बनाएर एक नम्बरको पार्टी बनाउन सकिने बताएका छन्।

कोइरालाले आफू हारे पनि लोकतन्त्रवादीहरूको मन जित्न सफल भएको बताएका छन्। मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रक्रियालाईअगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ।

मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले भावविभोर भएको छु। उनले भने, म लगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौं।

प्रतिक्रिया