आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जनरल बिपिन रावतले मृत्युभन्दा ठिक अघि दिएको सन्देश सार्वजनिक

प्रकाशित
620
SHARES

काठमाडौं। भारतमा आजदेखि मनाइँदै गरिएको दुई दिवसीय ‘स्वर्णीम विजय पर्व’को अवसरमा दिवंगत चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको रेकर्डेड सन्देश जारी गरिएको छ।

यो सन्देशलाई हेलिकप्टर दुर्घटना भन्दा ठिक पहिले ७ डिसेम्बरमा रेकर्ड गरिएको थियो। एक मिनेट १० सेकेण्डको यो भिडियो सन्देशमा सीडीएस जनरल रावतले सेनाको साहसको प्रशंशा र विजय पर्वको शुभकामना दिएका छन्।

यो सन्देशलाई आज पाकिस्तानसँग १९७१ को युद्धको ५० वर्ष पूरा भएको अवरमा मनाइएको विजय पर्व कार्यक्रममा देखाइयो। सन्देशमा जनरल रावतले भनेका छन् ‘स्वर्णीम विजयपर्वको अवसरमा म भारतीय सेनाका सबै जवानहरुलाई हार्दिक शुभकामना दिन्छु।

भारतीय सेनाको १९७१ को लडाइँमा जितको ५० औं वार्षिकोत्सवलाई हामीले विजय पर्वको रुपमा मनाइरहेका छौं। म यो पावन पर्वमा सशस्त्र सेनाहरुका भीर जवानहरुलाई स्मरण गर्दै उनीहरुको बलिदानलाई श्रद्धाञ्जली अर्पण गर्छु।

१२ देखि १४ डिसेम्बरसम्म दिल्लीको इण्डिया गेटमा विभिन्न प्रकारका कार्यक्रममहरुको आयोजना गरिएको छ। यो ठूलो सौभाग्यको कुरा हो कि विजय पर्व अमर जवान ज्योतिको ज्वालाको छायाँमा आयोजना गरिएको छ।

जो हाम्रा वीर शहीदहरुको स्मृतिमा स्थापित गरिएको थियो। हामी सबै देशवासीहरुलाई यो विजय पर्वमा सहभागी हुनको लागि आमन्त्रित गर्छौं। आफ्ना सेनामा छ हामीलाई गर्व, आउ मिलेर मनाउँ विजय पर्व। जय हिंद।

८ डिसेम्बरमा तमिलनाडुको कुन्नुरमा भएको हेलिकप्टर दुर्घटनामा जनरल बिपिन रावत समेत १३ जनाको मृत्यु भएको थियो। यो दुर्घटनामा उनकी पत्नी मधुलिका रावतको पनि मृत्यु भएको थियो।

तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरका छन्।

प्रधानमन्त्री देउवाले उधौली पर्वको अवसरमा आज एक सन्देश जारी गर्दै नेपालको उच्च पहाडी भूभागमा ठूलो सङ्ख्यामा बसोबास गर्ने किराँत समुदायद्वारा हरेक वर्ष,

मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

किराँत समुदायको मान्यताअनुसार आजको दिनदेखि हिउँद सुरु हुने र यो समयमा लेकबाट घरपालुका वस्तुभाउ लिएर बेँसितिर बसाइ सर्ने समय भएको सङ्केतका रुपमा लिइन्छ।

साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा उक्त पर्व मनाउने चलन छ। यस पर्वमा परम्परागत भेषभूषा लगाएर किरात दाजुभाइ तथा दिदीबहिनीले सार्वजनकि रुपमा भेला भई परम्परागत,

एवं मनमोहक साकेला नृत्य तथा गीत प्रस्तुत गर्ने चलन छ। भूमिको श्रद्धासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नका लागि भगवानलाई धन्यवाद दिँदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थनासमेत गर्ने चलन छ। प्रधानमन्त्री देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

यसले किरात सम्प्रदायमा आफ्नो मातृभूमिप्रतिको आगाध प्रेम र देशभक्तको भावना रहेको दर्शाउँछ। किराँतहरू आफूलाई भूमिका सन्तान मान्छन् र यस दिनलाई पवित्र भूमि पूजाका रुपमा पनि लिइने सन्देशमा उल्लेख छ।

प्रतिक्रिया