आज : गते

ताजा शिर्षकहरु

रहेनन रंगकर्मी प्रचण्ड, उपचार गर्दागर्दै सिभिल अस्पतालमा निधन

प्रकाशित
1.3K
SHARES

काठमाडौं। उपचारका क्रममा प्रचण्डको दुखद निधन भएको छ। वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको हो। केही समयदेखि श्वासप्रश्वासको समस्याबाट ग्रस्त रहेका ८८ वर्षीय,

मल्लको शुक्रबार उपचारका क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा थप समस्या भएपछि शुक्रबार दिउँसो १२ बजे अस्पताल पुर्‍याइएकोमा,

२ बजे निधन भएको कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए। शर्माका अनुसार मल्लको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

मल्ल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति हुन्। शर्माले मल्लको निधनसँगै रंगमञ्चले एक कुशल रंगकर्मी गुमाएको बताए । मल्लले थुप्रै नाटकको निर्देशन गरेका छन्।

त्यस्तै उनले थुप्रै नाटकको लेखन र अभिनय समेत गरेका छन् । उनले निर्देशन गरेका ‘पृथ्वीनारायण शाह’, ‘पत्थरको कथा’, ‘फर्केर हेर्दा’ लगायतका नाटक चर्चित छन्। बालकृष्ण समको ‘नेपाल कला मण्डल’बाट मल्लले नाट्ययात्रा शुरु गरेका थिए।

स्वर्गीय मल्लकी एक छोरी छिन्। मल्लले बालकृष्ण समसँग रहेर नाट्ययात्रा अघि बढाएका हुन्। मल्लले समकै निर्देशनमा अमरसिंह, भीमसेनको अन्त्य, प्रह्लाद, राजेन्द्रलक्ष्मी जस्ता नाटकमा अभिनय गरे।

यस्तै कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रे’टे’र ह’त्या गरिएको छ। ह’त्या हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन्।

जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

ह’त्या कस्ले र किन गर्‍यो भन्ने जानकारी नभए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानमा प्रहरीले तालिक प्राप्त कुकुरको पनि प्रयोग गर्ने जनाएको छ।

यस्तै यता धारिलो हतियार प्रयोग गरी ह’त्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक–२ का २५ वर्षीय तेजप्रकाश पराजुलीलाई धाराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो हतियार प्रहार गरेका थिए।

उनको उपचारका क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो। यही पुस १ गते लिम्बूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रिसइवीको कारणले हतियार प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

घटनामा प्रयोग भएको धारिलो हतियार दाउ एक थान, झोला, कालो रङ्गको जुत्ता र अन्य कपडा प्रहरीले बरामद गरेको छ। पक्राउ परेका लिम्बूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ