आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज थप १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

प्रकाशित
1.1K
SHARES
1209432716

काठमाडौं । पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,४८३ पीसीआर परीक्षणमा १५८ र २,५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १८९ जनामा संक्रमण पुष्टि भ्एको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५४२८ रहेको छ ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका ११० जना रहेका छन् । काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन् । यस्तै छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड र यात्रा नगर्न आग्रह गरिएको छ ।

ओमिक्रोनबाट संक्रमितहरूको सङ्ख्या बढ्दै गएपछि भारतको सङ्घीय सरकारले उच्च सतर्कता अपनाउन आम नागरिकलाई शुक्रबार आग्रह गरेको हो ।

‘ओमिक्रोनको संक्रमण तीव्ररूपमा फैलिएको पाइएको छ, अनावश्यक भीडभाड र अनावश्यक यात्रा नगर्नु हुन अनुरोध छ,’ सरकारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

भारतमा अहिलेसम्म १०१ जनामा ओमिक्रोन भाइरसको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्।यसको संक्रमण थप फैलिन नदिन कोरोनाभाइरसबाट बच्ने स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।

भीडभाडमा नजाने, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुनेलगायतका कार्य गर्नुपर्ने उनीहरूको भनाइ छ । अहिले यात्रा गर्ने, भीडभाड गर्ने बेला होइन, यसमा लापर्बाही गर्नु हुँदैन, त्यसैले अत्यावश्यक बाहेकका यात्रा र भीडभाड गर्दै नगर्नु, मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

प्रतिक्रिया