आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेस केन्द्रीय सदस्यमा पनि कडा प्रतिस्पर्धा, यस्तो छ ताजा अपडेट

प्रकाशित
1.3K
SHARES

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये केन्द्रीय सदस्य खुला तर्फ ३५ जनाको मतगणना सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ। खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्।

यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना शुक्रबार सम्पन्न भएको छ। महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति,

दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका छन्।

कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि मतदाता चार हजार ७४३ रहेका छन्। केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न,

आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ। यसैगरी ३५ खुला केन्द्रीय सदस्य महिला नौ,

प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक अपाङ्गतताबाट,

एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ। जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ।

नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ। केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन।

गणनाका खटिएका अधिवक्ता रमेश जोशीले केही बेरमा प्रारम्भिक परिणाम सार्वजनिक गरिने बताए। ३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ। जसमा गृहमन्त्री,

बालकृष्ण खाँडदेखि मन्त्रीहरु सिनियर नेताहरु प्रतिस्पर्धामा छन्। यो प्रतिस्पर्धामा ६४ जना बाहिरिनेछन्। कांग्रेस पदाधिकारीको मतगणना सकिएर परिणाम पनि आइसकेको छ।

तेस्तै,  नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट आगामी कार्यकालका लागि नेतृत्वदेखि पदाधिकारीसम्मका अधिकांश अनुहार चयन भइसकेका छन्। पदाधिकारीमा युवा पंक्तिकै वर्चश्व देखिएका बेला सभापति शेरबहादुर देउवासँग तालमेल मिलाएर पार्टी निर्माण गर्न भने चुनौतीपूर्ण देखिन्छ।

नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनसहितको रुपान्तरण खोजेको पंक्तिका लागि सभापतिमा शेरबहादुर देउवाको पुनरागमनलेझस्काएको थियो।यथास्थितिमै काँग्रेस रोकिएको चिन्ताका बीच महामन्त्री लगायतका शक्तिशाली पदमा गगन थापा,

र विश्वप्रकाश शर्माजस्ता युवाहरुको आगमन भएपछि अब काँग्रेस निरन्तरतासहितको रुपान्तरणमा अघि बढेको छ। र भोलीको काँग्रेसबारे परिकल्पना गर्न थालिएको छ। महामन्त्रीमा दुईतिहाइ मतका साथ निर्वाचित भएका गगनले आगामी आम निर्वाचनसम्म १५ लाख समर्थक थप्ने महात्वाकांक्षी लक्ष्य बनाएका छन्।

सधैं सभापति देउवाको खरो प्रतिपक्षका रुपमा उत्रिएका उनी अब आफै पार्टी निर्माणको निर्णायक जिम्मेवारीमा छन्। भागबन्डा नभई काँग्रेसमा एजेन्डाले डोर्याउने हुँकार लगाएका उनलाई महाधिवेशन प्रतिनिधिले गुटभन्दा माथि राखेर दिएकोमतको सम्मान गर्दै अगाडि बढ्नुको विकल्प छैन।

उस्तै दबाबका बीच पार्टी निर्माणको कार्यकारी चाबी विश्वप्रकाश शर्माले समेत बुझेका छन् ।महामन्त्रीमा निर्वाचित भएका शर्मालाई भाषण जत्तिकै स्पष्ट काम गर्नुको विकल्प छैन। गत निर्वाचनमा पार्टी सभापति देउवाले सांसदको टिकट पनि नदिएका,

धनराज गुरुङलाई कार्यकर्ताले उपसभापतिमा निर्वाचित गराईदिएका छन्। गुरुङले वितेको पाँच बर्षमा देउवाको आलोचना गरेरै विताए पनि अबदेउवासँगको सहकार्यमार्फतकाँग्रेसलाई सफल बनाउने जिम्मेवारीमा पुगेका छन्।

तथापी देउवाले गलत गरे नछाड्ने उनको दाबी छ। नेतृत्वबाहिर रहँदा पार्टीको प्रतिपक्ष बनेर घुर्की लगाएको युवा पंक्तिलाई अब आलोचना गरेरै बस्न छुट छैन। पाका देउवासँग सन्तुलन मिलाएर जानुपर्ने चुनौती उनीहरुलाई छ।

आम मानिसले कांग्रेसको असल आत्मा पार्टीभित्रको युवा पंक्ति मानिरहँदा बदलावको नेतृत्व गर्न उनीहरुलाई रुचाएका छन्। तर बुढाको होश र युवाको जोश कसरी सम्हालिन्छ त्यसले थप मार्ग तय गर्नेछ।

कुनै होटलको कोठामा बसेर तयार पारेको लिस्ट हुन्थ्यो भने काँग्रेसमा विजयकुमार गच्छदारहरु नेतृत्वमा पुग्दा गगन र विश्वप्रकाश जस्ता नेताहरु उतै हराउँथे। तर चार हजार ६ सय बढी,

प्रतिनिधिलाई स्वतन्त्र विवेकको प्रयोग गर्न दिएपछि उनीहरुले रोजेकै व्यक्ति छानेर नेतृत्वमा पु¥याएका छन्। र भोलीको नेतृत्वका लागि तयार रहन सन्देश पनि दिएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ