आज : गते

ताजा शिर्षकहरु

निर्वाचित भएको दोश्रो दिनमै लिए धनराज गुरुङले देउवासँग बदला

प्रकाशित
1.6K
SHARES

काठमाडौ। नेपाली काग्रेसको १४ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवासँग निर्वाचित भएको दोश्रो दिनमा नै बदला लिएका छन्।

पार्टी भित्रको चरम अन्याय अत्याचार र पेलाई सहेर बसेका गुरुङलाई महाधिवेशन प्रतिनिधीहरुको मतले काग्रेसको उपसभापती बनाइदिए। त्यो पनि निकै अवसरवादी नेता बिजय कुमार गच्छादरलाई हराएर।

सत्ताका धुरन्धर खेलाडी गच्छादरलाई रोक्दै गुरुङ दुई मत अन्तरले नेपाली काग्रेसको उपसभापतीमा निर्वाचित भएका छन् ,यो दिनसम्म पुग्नलाई भने उनले निकै संघर्ष र पेलान सहनु परेको छ।

उनी माथी भएको अन्यायको महाधिवेशन प्रतिनिधीहरुले एकै पटक व्याज सहित असुल हुने गरि उठाइदिएको चर्चा चल्न थालेको छ। यो महाधिवेशनमा उपसभापती निर्वाचित त के उमेदवार पनि बनिन्छ भन्ने सायद उनलाई लागेको थिएन।

होला तर पार्टी भित्र त्यसमा पनि संस्थापन इतर समुह भन्नेहरुको विचमा भएको किचलोले उनलाई यो ठाउँमा पुर्याएको छ। संस्थापनइतर समूह एक भएर देउवा सँग प्रतिष्पर्धा गरेको भए गुरुङले उपसभापतीको टिकट नपाउँन सक्दथे।

युवा र लोकप्रिय अनुहारहरुलाई लिएर शेखर कोइरालाले प्यानल बनाएका थिए जसमा चन्द्र भण्डारी र धनराज गुरुङलाई उपसभापतीको उमेदवार बनाइएको थियो। झण्डै झण्डै धाँधली गरेर हराउँन खोजि सक्दा,

उनी आफैँ चनाखो भएर मतगणना स्थलमा गएर बसेका कारण जित निकालेका थिए। अहिले उपसभापती भएका गुरुङलाई शेरबहादुर देउवाले गत प्रतिनिधीसभाको निर्वाचनमा सांसदको टिकट समेत पत्याएका थिएनन्।

२०७४ सालको संसदीय निर्वाचन उनका लागि सुखद भएन। संस्थापनइतर समूहमा सक्रिय गुरुङलाई सभापति देउवाले सांसदको टिकट समेत पत्याएनन्। गृहजिल्ला स्याङ्जामा गोपालमान श्रेष्ठ र राजु थापाले टिकट पाउँदा गुरुङ रोकिए।

केन्द्रीय सदस्य भइसकेका उनलाई कांग्रेसले समानुपातिकमा समेत राखेन। युवापुस्तामा लोकप्रिय रहेका गुरुङलाई सभापति देउवाले सांसदको टिकटसमेत नपत्याउँदा धेरैले आश्चर्य मानेका थिए।

गुरुङझै टिकट रोकिएका बद्री पाण्डे, सुरेन्द्रराज पाण्डेलगायतका नेताले राष्ट्रियसभामा अवसर पाए तर उनले पाएनन्। काग्रेसको १२ औं महाधिवेशनमा जनजाति तर्फबाट केन्द्रीय सदस्य जितेका गुरुङले १३ औं महाधिवेशनमा आरक्षणमा प्रतिस्पर्धा गरेनन्।

एकपटक आरक्षणबाट लडिसकेकोले अघिल्लो महाधिवेशनमा उनी खुलातर्फको केन्द्रीय सदस्यको प्रत्यासी बने। अधिकांशले धनराजको निर्णय प्रत्युत्पादक हुने चेतावनी दिएका थिए तर उनी २५ मध्ये सातौं नम्बरमा रहँदै केन्द्रीय सदस्यमा विजयी भए।

विद्यार्थी राजनीतिबाट उदाएका गुरुङ सरल नेता मान्छिन्। सार्वजनिक कार्यक्रमहरूमा जाँदा माला खादा लगाउँदैनन्। जिल्लाका कार्यक्रममा जाँदा महंगा होटलमा बस्दैनन्। कार्यकर्ताकै भान्छाको खान्छन्।

तिनकै घर सुत्छन्। संविधानसभाको दुवै कार्यकालमा उनले सक्रियता देखाए। लेखा समितिमा रहँदा भ्रष्टाचार र अनियमितताका फाइलहरू खोल्न लगाए। संसदीय समितिमार्फत गुरुङले राज्यस्रोतको दोहनविरुद्ध निरन्तर खबरदारी गरे।

डा शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका गुरुङले कांग्रेसको आन्तरिक राजनीतिमा अब शेखर पक्षको नेतृत्वसमेत गर्नेछन्। उपसभापतिमा निर्वाचित भएसँगै गुरुङले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न भूमिका खेल्ने बताएका छन्।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भयो। स्याङ्जासँगै पोखरामा समेत बसोबास भएका गुरुङलाई उपनिर्वाचन लड्न दबाब आयो।

उपनिर्वाचनमा कांग्रेसले गुरुङलाई उम्मेदवार बनाउने चर्चा तीब्र थियो तर त्यसमा पनि उनी रोकिए। सभापति देउवा असहमत देखिएपछि बुढानिलकण्ठबाटै गुरुङले आफू रेसमा नरहेको’ बताएका थिए।

बारम्बार रोकिएका गुरुङ अब उपसभापतिका रुपमा कांग्रेस केन्द्रीय कार्यालय प्रवेश गर्नेछन्। कांग्रेसमा दोस्रो वरीयतामा रहने पदमा धनराजको ईन्ट्री सभापति देउवाका लागि ‘स्वभाविक’ हुनेछैन।

यद्यपि महाधिवेशन प्रतिनिधिहरुको मन जितेर धनराजले कांग्रेस राजनीतिको केन्द्रमा आफूलाई स्थापित गरिसकेका छन्। डा शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका गुरुङले,

कांग्रेसको आन्तरिक राजनीतिमा अब शेखर पक्षको नेतृत्वसमेत गर्नेछन्। उपसभापतिमा निर्वाचित भएसँगै गुरुङले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न भूमिका खेल्ने बताएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ