आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुनियाँ हसाउने ओली-प्रचण्डको ‘वाकयु’द्ध’

प्रकाशित
1.1K
SHARES

काठमाडौं। बैचारिक एकता नहुँदा पनि सत्ता स्वार्थ मिलेपछि पार्टी एकता गरेर अघि बढेका केपी शर्मा ओली र पुष्पकमल दाहालको नेकपा शक्तिकै टकरावका कारण फुटेर तीन दल भइसकेको छ।

र पनि यी दुई नेताहरु भने एकले अर्कालाई देखि नसहने र एकले अर्कालाई भ्याएसम्मको आरोपित गर्ने विकृती झन् झन् मौलाउँदो छ। पार्टी एकताको उदारो भाका राखेर केपी शर्मा ओली र पुष्पकमल दाहालले बाम गठवन्धन बनाएर गएको निर्वाचनमा होमिएको थियो।

विकास र समृद्धिको नारा बनाएर जनतामाझ उभिएका यी नेताहरुले २०७४ जेठ ३ गते पार्टी एकता त गरे। तर एउटै पार्टीमा ओली प्रचण्ड नामको दुई सिंह अटाउन सकेन र शक्तिको टकरावकै कारण पार्टी फुट्यो।

पुरानो अवस्थामा मात्रै रहेन तीन टुक्रामा विभाजित भयो। अन्तरसंघर्ष, संसद विभाजनदेखि ठूलो राजनीतिक उथलपुथलबाट आत्मघाती राजनीतिक आक्रमण व्यहोरे।

अहिले पार्टी फुटको अवगुण एक अर्कामा आरोपित गर्ने मात्रै होइन इतिहास भइसकेका विषयहरु समेत कोट्याएर दुख दिइरहेका छन्। पार्टी विभाजनका ९ महिना वितिसक्दा पनि नेताहरुबीच एकले अर्कालाई खुल्याउने प्रवृत्ति भने थप बढ्दो छ।

गत शनिबार ’प्रचण्ड’ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको तर्क गरे। लगत्तै बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सेयरवालाहरुले,

चन्दा नदिएपछि उनीहरुलाई ध्वस्त बनाउने गरी प्रचण्डले त्यस्तो अभिव्यक्ति दिएको आरोप लगाए। प्रचण्डले ओलीको आरोपको खण्डन गर्दै विहीबार प्रेस विज्ञप्ति नै जारी गर्दै पुँजीवादको चरित्रबारे आफ्नो विश्लेषण सही रहेको दाबी गरेका छन।

बुधबार नै ओलीले प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको र दुईजना बीचको साँठगाँठमा उपद्र मच्चाइएको अभिव्यति दिएपछि अहिले ओली प्रचण्डबीच झगडा अझ चर्किएछ।

विहिबार पे्रस विज्ञप्ती नै निकालेर केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिएका छ। ओलीले झुटो कुरा प्रचार गरेर आफ्नो दरिद्र राजनैतिक चरित्र प्रदर्शन गरेको बताएका छन।

नेपालका कम्युनिष्ट नेताहरुको खराव प्रवृत्ति पुरानो भएको विश्लेषकहरुको भनाई छ। नेताहरुबीच विचारको लडाई भन्दा व्यतिmगत स्वार्थको लडाई भएको उनीहरु बताउँछन।

पार्टीभित्र जबसम्म विचारको बहस स्थापित नभएसम्म यहि क्रम चल्ने उनीहरुको विश्लेषण छ। यहि तरिकाले पार्टी अगाडि बढे अबको केहि वर्षमा कम्युनिष्ट पार्टी बत्ति बालेर खोज्नुपर्ने उनीहरुको दावी छ।

शीर्ष नेताहरु जुँगाको लडाइँमा अल्झिएकै छन्। आफ्ना पार्टीको होस् या अन्य पार्टीले निमन्त्रणा दिएका कार्यक्रम। साना ठुला मञ्च भेट्टायो किन एकले अर्कालाई मनग्य गाली गर्दै मनको भँडास पोखेर आनन्द लिइरहेका छन् ।

नेताहरू एकले अर्कालाई गाली गलौज गर्दा सामान्य राजनीतिक चरित्र समेत कायम राख्न सकेका छैनन्। एकले अर्कोलाई होच्याएर गाली गर्ने प्रवृत्तिले यी दुर्य नेताले आफ्नै राजनीतिक प्रतिष्ठामाथि प्रहार गरिरहेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ