आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाली क्रिकेट संकटमा, ज्ञानेन्द्र मल्लले गरे यस्तो घोषणा

प्रकाशित
1K
SHARES

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानबाट कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले संघको निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका छन्। आफ्नो हक अधिकारका लागि आवाज उठाएकै,

आधारमा कारबाही हुने हो भने ब्याट र बल छोड्नुपर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिए। उनको चेतावनी राजनीतिले क्यानलाई सास फेर्न नसक्ने अबस्थामा पुर्याएका चतुर चन्द लक्षित थियो।

नेपालको हरेक क्षेत्र राजनीतिले ग्रस्त छ। राजनीतिले ध्वस्त पारेको क्षेत्रमध्ये नेपाल क्यान एउटा उदाहरण मात्र हो। नेपाल क्रिकेट संघ क्यानमा काँग्रेसका जिल्ला सभापति समेत बनेका चतुर चन्दको खुलेआम राजनीति चल्छ।

स्रोतले  दिएको जानकारीअनुसार उनी खेलाडीहरुलाई धम्क्याउन र अनाबश्यक दबाब बेलाबेला दिइरहन्छ। काँग्रेसमा लामो समय राजनीति गरेका काँग्रेसका नेता चतुर चन्दका कारण नेपालको क्रिकेट सास फेर्न नसक्ने अबस्थामा पुगेको छ।

क्यानभित्र उनले जे भन्यो त्यही चल्छ। खेलाडीले क्यानसँग कुनै गुनासो समेत राख्न नपाउने गरि काँग्रेसका नेता एबंम क्यान अध्यक्ष चतुर चन्दले पञ्चायती ब्यबस्था लाद्न खोजेका छन् जसका ज्वारभाटाहरु अहिले निस्किन थालेका छन्।

आज आयोजित पत्रकार सम्मेलनमा मल्लले प्रश्न गरे, हामीले आजसम्म गरेका समर्पणको सम्मान यही हो? संवादमा गएर क्यानले समस्याको निकास निकाल्नुपर्ने मल्लले बताए।

हाम्रो फोकस भनेको उहाँहरूले संवादमा बोलाउनुपर्छ भन्ने नै हो,भन्दै पूर्बकप्तान ज्ञानेन्द्र मल्लले गम्भीर प्रश्न गरेका छन्। राजनीतिमा गरिने क्रियाकलाप अहिले चतुर चन्द शक्तिमा भएका बेला समेत देखाउन थालेका हुन्।

चतुर चन्द काँग्रेसको महाधिबेशनमा जिल्ला सभापति जितेपछि उनको चर्तुर्याइ बढेको र चतुर बहादुर चन्दले बेलाबेला क्रिकेटमा खेलकुद भन्दा पावरको भरमा खेलाडी चयन गर्ने,

गुनासो सुन्नै नचाहने मानिस भएको भन्दै खेलाडीहरुले आरोप लगाउदैँ आएका छन्। क्यान अध्यक्ष समेत रहेका चन्द भर्खरै सम्पन्न काँग्रेस महाधिबेशनमा बैतडीबाट सभापति पदमा चयन भएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवा क्यानमाथि निर्मम बन्ने संकेत देखिएको छ। देउवाले आजै क्रिकेट खेलाडीहरुलाई नेपाल क्रिकेट संघ क्यानले गरेको कारवाहीका विषयमा चासो राख्दै सोधखोज गरेका हुन्।

शुक्रबार बिहान सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्तापछि प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर,

खेलाडीलाई कारवाही गरेको विषय के हो भनेर प्रश्न गरेका थिए। क्यानमा के गरेको हो यो? प्रचण्डजीले पनि यसमा चासो राख्नुभएको छ, मिलाउनुुस् है, प्रधानमन्त्री देउवाले अध्यक्ष चन्दलाई फोनमा भनेका थिए।

माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच क्यानले गरेको कारवाहीबारे छलफल भएको पुष्टि गरेको छ। क्यानको बुधबार बसेको बोर्ड बैठकले,

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो। क्यानले अनुशासनसम्बन्धी आचारसंहिता उल्लङ्घनको आरोपमा मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को,

सेन्ट्रल कन्ट्रयाक्टमा सुरूको ६ महिना सहभागिता नगराउने निर्णय समेत गरेको थियो। मल्लको पदमुक्तपछि क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ