आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बेलायती सेनाले क्षेप्यास्त्र प्रहार गर्दा इस्लामिक विद्रोहीको ड्रोन धोस्त

प्रकाशित
1.2K
SHARES

एजेन्सी। बेलायतको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोन खसालिदिएको छ। करिव चार दशकपछि पहिलोपटक बेलायती सेनाले शत्रुको ड्रोनलाई निशाना बनाएको हो।

इराकनजिकको सीमा क्षेत्रमा दुईवटा एफजीआर फोर जेटका पाइलटले ड्रोन खसालिदिएका हुन्। दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध युद्धरत गठबन्धन सेनामा सुरक्षा चुनौती देखिएपछि बेलायती सेनाले सो ड्रोन खसालिदिएको हो।

आकाशबाट छोटो दुरीमा प्रहार गर्न सकिने क्षेप्यास्त्रको प्रयोग गरेर ड्रोन खसालिएको थियो। ड्रोन खसाल्न प्रयोग गरिएको क्षेप्यास्त्र ध्वानीभन्दा चाँडो गतिमा उड्न सकिने बताइएको छ।

रक्षामन्त्री बेन वालेसले हवाई क्षेत्रमा बेलायती सेनाले कुनै पनि बेला शत्रुलाई निशाना बनाउन सामर्थ्य रहेको बताएका छन्। पाकिस्तानले बिहीबार अफगानिस्तानको भूमिमा रकेट बम आक्रमण गरेको छ।

बिहीबार अबेर राति पाकिस्तानी सेनाले आफ्नो भूमिमा रकेट आक्रमण गरेको अफगान तालिबान सरकारले बीबीसीसँग पुष्टि गरेको छ। यद्यपी यो आक्रमण किन भयो भनेर तालिबान सरकारले केही खुलाएको छैन।

तर स्थानीय संचारमाध्यममा चलेको हल्लाअनुसार पाकिस्तानले पाकिस्तानी तालिबान नेतालाई लक्षित गरेर ड्रोन आक्रमण गरेको थियो। यद्यपी अफगानिस्तानको तालिबान सरकारले ड्रोन आक्रमण नभएर रकेट आक्रमण भएको जनाएको छ।

तालिबानका उप–प्रवक्ताले आक्रमण किन भयो खुलाएका छैनन्। उनका अनुसार रकेट पहाडमा गएर ठोक्किएको थियो। पाकिस्तान सरकारले भने यो आक्रमणको विषयमा केही जानकारी दिएको छैन।

अफगानिस्तानस्थित कुनार प्रान्तका स्थानीय मिडियाले ड्रोन आक्रमण भएको उल्लेख गरेको छ। पाकिस्तानी तालिबान नेता मौलवी फकिर मोहम्मदमाथि आक्रमण गरिएको जनाइएको छ। तर आधिकारिक रुपमा यसबारे केही जानकारी आएको छैन।

तेस्तै, दक्षिणी फिलिपिन्समा तीव्र गतिमा विकसित आँधीका कारण हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको छ। ‘राई ’ नाम दिइएको सो आँधी जमिनमा ठोकिनुअघि हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो।

आँधी आउनुअघि मिन्डानाओको सुरिगाओबाट ५१ हजार, पूर्वी प्रान्त समारबाट ३० हजार र दक्षिणी तटीय शहर तानडागबाट ३६ सय ६८ परिवारलाई सुरक्षित क्षेत्रतर्फ सारिएको छ।

आँधीले ठूलो बाढीहरु निम्त्याएको जनाइएको छ। तीव्र रुपमा विकसित आँधी मध्य फिलिपिन्स र दक्षिणी सुरिगाओ प्रान्ततर्फ बढिरहेको त्यहाँको मौसम विभागले जनाएको छ। एजेन्सी

प्रतिक्रिया