आज : गते

ताजा शिर्षकहरु

रक्षा मन्त्रीले दिए राजीनाम, यस्तो कारण थाहा पाउने सबै चकित

प्रकाशित
1.6K
SHARES

काठमाडौं। रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन्। नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन्। रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले,

असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए। बिहीबार पहिलो चरणको १०० मतको मतपरिणाम अनुसार रिजालले जम्मा २१ मत पाएका थिए। जबकि उनकै प्यानमा रहेका गगन थापाले ७० मत पाएका थिए।

पछिल्लो परिणामअनुसार रिजाले डाक्टर राजाराम कार्कीलाई मात्रै उछिनेका छन्। शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा सबैभन्दा अगाडि हुँदा सोही प्यानलका अर्का उम्मेदवार मिनेन्द्र रिजाल भने पाँचौ स्थानमा छन्।

२१३० मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी १३८५ मत पाएका छन्। विश्वप्रकाश शर्माले ८५१ मत पाएका छन्। प्रकाशशरण महतले ६९८, प्रदीप पौडेलले ६२१ र मिनेन्द्र रिजालले ३६५ मत पाएका छन्।

विमलेन्द्र निधिको समूहका उम्मेदवार डाक्टर राजाराम कार्कीले भने ५९ मत मात्रै पाएका छन्। पहिलो र दोस्रो हुने दुई जना कांग्रेस महामन्त्रीका लागि निर्वाचित हुनेछन्।

तेस्तै, नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा निर्वाचित भएका छन्। १३औं महाधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्रीमा असफल गगन १४औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट भारी मतले विजयी भएका हुन्।

थापाको संक्षिप्त जीवनीयुवा नेता गगन थापाको जन्म विस ४ साउन २०३३ सालमा सोलुखुम्बुमा भएको हो। बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी थापाका छोरा थापाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।

उनका दुई छोरी छन्। २०४६ सालको जनआन्दोलनदेखि विद्यार्थीकालमै राजनीति सुरु गरेका थापा नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य निर्वाचित भए।

२०५३ मा स्ववियु सचिव र २०५५ मा स्ववियु सभापति बने। २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष बने। २०५९(२०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री भए। जनआन्दोलन २०६२/०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय,

शासनविरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका थापा १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए। १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको टिमबाट,

महामन्त्रीको उम्मेदवार बनेर तेस्रो स्थान हासिल गरे पनि सम्मानजनक मत प्राप्त गरेका थापालाई महाधिवेशन सकिएलगत्तै केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो।उनी २०६४ सालको संविधानसभा निर्वाचनमा,

समानुपातिक र २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट संविधानसभामा विजयी भए। २०७३ छोटो कार्यकालका लागि स्वास्थ्य मन्त्री भएका थापाले स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास गरेका थिए।

२०७१ मा उनी संसदको कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका थिए। दुईपटक राजद्रोहको मुद्दा खेपेका थापा पटक पटक जेल परेका छन्। संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका,

थापा २०७४ सालको चुनावमा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए। संविधान कार्यान्वयन, जनजीविकाका सवालमा संसदमा निरन्तर आवाज उठाउने र सत्तालाई जहिल्यै घच्घच्याउने काम उनले गर्दै आएका छन्।

तेस्तै, नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दुई अंकको अभावले नेताहरू निर्वाचित हुनबाट बन्चित भएका छन्। कांग्रेसको केन्द्रीय दुई उपसभापतिका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक विजयकुमार गच्छदार दुई मतको कमीले निर्वाचित हुनबाट बन्चित रहे।

सभापतिमा गच्छदारसँगै पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्येश्वरी शाह चुनावी मैदानमा थिए। गच्छदार र खड्का संस्थापनबाट उम्मेदवार बन्दा भण्डारी र गुरुङ संस्थापनइतर शेखर कोइरालाको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए।

यसैगरी, प्रकाशमान सिंहको समूहबाट सुजाता कोइराला र विमलेन्द्र निधिको प्यानलबाट शाह उपसभापतिका लागि प्रतिस्पर्धा गरेका थिए। यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा महेश आचार्य पनि उपसभापतिको दौडमा सहभागी भएका थिए।

बुधबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम सार्वजनिक हुँदा संस्थापन समूहका खड्काले सबैभन्दा बढी २१२१ मत ल्याएर विजयी भए भने कोइराला पक्षका गुरुङले १९०८ मत ल्याएर उपसभापतिमा निर्वाचित भए।

तर, गुरुङभन्दा दुई मत कमी १९०५ भोट ल्याएर निर्वाचित हुने मौका गच्छदारले गुमाए। गच्छदारपछि क्रमशः भण्डारीले १५८०, कोइरालाले ६४४, आचार्यले ५८९ र शाहले १३२ मत ल्याएर उपसभापतिमा हार व्यहोरे।

केन्द्रको निर्वाचनमा गच्छदारले भोगेको पीडा कांग्रेस प्रदेश १ सभापतिका लागि भएको निर्वाचनमा गुरु घिमिरेले भोग्नुपरेको थियो। प्रदेश १ सभापतिका लागि भएको निर्वाचनको गत २० मंसिरमा सार्वजनिक मत परिणामअनुसार घिमिरेले पनि गच्छदारले जस्तै दुई मत कमीले हार व्यहोरेका थिए।

घिमिरेलाई दुई मतले पछि पार्दै उद्धव थापा कांग्रेस प्रदेश १ सभापतिमा निर्वाचित भए। थापाले ८४४ मत ल्याएर विजयी हुँदा घिमिरेले ८४२ भोट ल्याएर हार व्यहोरे। नेविसंघका पूर्व अध्यक्षत तथा तत्कालीन चुनाव लड्दा पार्टीको केन्द्रीय सदस्यको हैसियतमा रहेका घिमिरे प्रदेश सभापतिमा पराजित भएका हुन्।

थापा झापा जिल्लाको पूर्वसभापति थिए।तर, घिमिरेको हारमा आफ्नै समूहका नेताहरूले भोट हाल्न नहाल्दाको परिणाम रहेको टिप्पणीसमेत भयो। प्रदेश निर्वाचनमा संस्थापनइतर पक्षमा देखिएका शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्यले भोट नै हालेनन्।

भने विश्वप्रकाश शर्मा भोट हाल्नै गएनन्। केन्द्रीय निर्वाचनमा आउँदा छिन्नभिन्न भए पनि उनीहरू प्रदेश निर्वाचमा एकै स्थानमा रहे पनि मतदानमा भने सहभागी भएनन्। जसकारण घिमिरे पराजित हुन पुगेका कांग्रेसभित्र चर्चा चल्यो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ