आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरी मन्त्रिपरिषद् विस्तार, ५ मन्त्री र १ राज्यमन्त्री थपिए, को हुन् उनि ?

प्रकाशित
1.6K
SHARES

काठमाडौँ। वाग्मती प्रदेशका ५ मन्त्री र १ राज्यमन्त्री शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा मंगलबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्।

शपथ लिनेहरुमा नेकपा माओवादी केन्द्रका घनश्याम दाहाल श्रम रोजगार तथा यातायात, विशाल खड्का वन तथा वातावरण, रत्नप्रसाद ढकाल युवा तथा खेलकुद, नेकपा एकीकृत समाजवादीका बसन्तकुमार मानन्धर खानेपानी,

उर्जा तथा सिँचाई र बसुन्धरा हुमागाईं कृषि तथा पशुपन्छीमन्त्री छन्। यस्तै कृषि तथा पशुपंछी राज्यमन्त्रीका रुपमा नेकपा एसकी इन्द्रमाया गुरुङलाई शपथ लिएकी छन्। मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक,

मन्त्रिपरिषद् विस्तार गर्दै मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका थिए। पाण्डेले पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार,

माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिलामन्त्री बनाएका थिए।दोस्रो चरणमा माओवादी केन्द्र संसदीय दलका नेता,

सालिकराम जम्कट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले। वाग्मतीमा मंसिर १५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ८ वटा मन्त्रालय फुटाएर १४ वटा मन्त्रालय बनाइएको छ।

तेस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्।

पहिले सत्तागठबन्धनको एकीकृत धारणा कुर्ने र त्यसपछि एमालेले आफ्नो निर्णय लिने उनको भनाइ छ। तथापि, एमसीसीलाई यथास्थितिमै पास गरेर जान हुन्न भन्ने आफूहरूको धारणा रहेको उनले बताए।

यथास्थितिमा एमसीसी पास गरेर जाने पक्षमा हामी छैनौं,’ एमाले प्रमुख सचेतक भट्टराईले भने। एमसीसीलाई पास गर्ने वा फेल गर्ने वा संशोधन गरेर मात्रै पास गर्ने भन्ने विषयमा सबैभन्दा पहिले सत्तागठबन्धनको एकीकृत धारणा तय हुनुपर्ने उनको आग्रह छ।

‘सत्तागठबन्धनको एकीकृत धारणा बनोस् पहिले। उहाँहरूको एकीकृत धारणा के हो रु भन्ने नै बुझिएको छैन। पास गर्ने जस्तो गठबन्धनभित्र देखियो भने हाम्रो के रह्यो र ?,’ उनी अगाडि थप्छन्, ‘उहाँहरूका १६५ सांसद छँदैछन्।

६ वटा कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी तत्काल फिर्ता नलिए वा खारेज नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ मोहनविक्रम सिंह,

मोहन वैद्य लगायतका ६ दल र दुई मोर्चाले एमसीसीलाई अमेरिकी सरकारले फिर्ता नलिए र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोनलको घोषणा गर्ने चेतावनी दिएको छ।

मंगलबार नेताहरुको हस्ताक्षरमा जारी विज्ञप्तिमा एमसीसी विरुद्ध मंगलबार दिउँसो भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरिएको छ त्यसक्रममा आफ्ना ७३ जना नेता कार्यकर्ता पक्राउ परेको विज्ञप्तिमा जनाइएको छ।

उनीहरुको तत्काल रिहाइको माग गरिएको छ। नेकपा एमालेका नेता भीम रावलले संसद बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई,

कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गरिएको र त्यसको औचित्य नभएको जनाएका हुन्। उनले कसैलाई बोल्न मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरिएको,

सम्झौता अनुमोदन गर्ने खेल त भइरहको छैन भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन्, यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ। उनको दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ।

प्रतिक्रिया