आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसी सम्झौता अनुमोदन गर्न अन्तिम तयारी गर्दै देउवा, जनता आक्रोसित

प्रकाशित
1.2K
SHARES

काठमाडौँ। कांग्रेस सभापतिमा पुनः निर्वाचित भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदनका लागि संसद्मा लैजाने तयारी,

थालेपछि सत्ता गठबन्धनमा रहेका अन्य दल सशंकित भएका छन्। देउवाले गठबन्धनमा सहमति नभए पनि एमसीसी संसद्मा पुर्‍याउने तयारी गरेका छन्।बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,

र कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाललाई एमसीसी संसद्मा लैजाने तयारी गर्न जिम्मा दिएका छन्। सोहीअनुसार कार्की र भुसालले मंगलबार सभामुख अग्निप्रसाद सापकोटासँग परामर्शसमेत गरेका छन्।

भुसाल भने एमसीसीका विषयमा केही छलफल नभएको दाबी गर्छिन्। प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँगका पछिल्ला भेटमा एमसीसी अगाडि बढाउनुपर्ने बताएका छन्।

तपाईंहरूले भोट हाले हाल्नुस्, नहाले पनि समस्या छैन तर एमसीसी संसद्मा लैजानुपर्ने भयो, देउवाले दाहाल र नेपालसँग राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने। दाहालले सर्वदलीय,

र गठबन्धन बैठकमार्फत निर्णय लिन देउवालाई सुझाव दिएको ती नेताले बताए। देउवाले एमसीसी संसद्मा पुर्‍याएर आफूले सम्पूर्ण प्रयत्न गरेको सन्देश अमेरिकी सरकारलाई दिन चाहेका छन्।

पास र फेल जेसुकै होस् तर प्रधानमन्त्रीले यसलाई सदनमा पुर्‍याउन चाहनुभएको छ, उहाँ आफ्नो प्रयत्नको सन्देश अमेरिकी सरकारलाई दिन चाहनुहुन्छ, देउवानिकट एक मन्त्रीले भने।

सत्ता गठबन्धनमा रहेका कांग्रेसबाहेक दल एमसीसी अनुमोदनको पक्षमा छैनन्। एमसीसीकै कारण गठबन्धनको भविष्यबारे पनि विभिन्न आशंका सुरु भएका छन्। सत्ता गठबन्धनभित्र सहमति,

नजुटाई एमसीसी अगाडि बढाउँदा जटिलता आउन सक्ने गठबन्धन दलकै नेताहरूको बुझाइ छ। अहिले पाँच दलबीच कुराकानी भएको छैन, प्रतिपक्षसँग पनि कुराकानी गर्नुपर्छ,

प्रतिनिधिसभामा माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले भने, सडकमा आन्दोलनरत शक्तिसँग पनि कुराकानी गरेर सहमति जुटाउनुपर्छ। त्यसका लागि प्रयास त गर्नुपर्‍यो नि, तेस्तै प्रधानमन्त्री मंगलबार नै एमसीसी संसद् लैजान चाहन्थे,

कांग्रेस महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया सकिएको अर्को दिन अर्थात् मंसिर २८ मै एमसीसी सम्झौता संसद्मा अगाडि बढाउने योजनाअन्तर्गत प्रधानमन्त्री देउवाले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको उनीनिकट एक मन्त्रीले पुष्टि गरे।

तर, कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन निश्चित भएपछि देउवासहित नेताहरू त्यो दिन महाधिवेशनमा केन्द्रित भएकाले एमसीसी अगाडि बढाउन सम्भव नभएको ती मन्त्रीले बताए।

ती मन्त्रीका अनुसार प्रधानमन्त्री देउवा मंसिर मसान्तभित्रै एमसीसी अनुमोदनको पक्षमा थिए। त्यसैले उनले संसद्को अर्को बैठक बुधबारै राख्ने गरी मन्त्री कार्की र कांग्रेस मुख्य सचेतक भुसाललाई संवादका लागि पठाएका थिए।

तर, कार्य व्यवस्था परामर्श समिति बैठकको सहमतिअनुसार सभामुखले मंगलबारको बैठक पुस ६ सम्मका लागि स्थगित गरेका छन्। न्युयोर्कमा मंसिर २८ मा एमसीसी बोर्ड अफ डाइरेक्टर्सको बैठक,

तय भएलगत्तै प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउने गरी रणनीति रूपमा संसद् अधिवेशनका लागि सिफारिस गरेका थिए। सभामुख विदेश भ्रमणमा रहेका बेला सरकारले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो।

२०७४ भदौ २९ मा नेपालले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो। उक्त सम्झौता संसद्मा २०७६ असार ३१ मा संसद् सचिवालयमा दर्ता भएको छ। आंशिक कार्यान्वयनमा गइसकेको एमसीसीमा ६ अर्बभन्दा धेरै रकमसमेत खर्चसमेत भइसकेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ