आज : गते

ताजा शिर्षकहरु

कांग्रेस महामन्त्री पदको मतगणना सुरु, यस्तो आयो प्रारम्भिक नतिजा

प्रकाशित
581
SHARES

काठमाडौँ।  कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०:२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले मतगणना,

तीन स्थानमा सुरु गरिएको र ६ घन्टाभित्र मतपरिणाम आइसक्ने बताए। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो। महामन्त्री पदमा पार्टीका युवा नेताहरू गगनकुमार थापा,

डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार छन्। सोमबारको मतदानमा चार हजार सात सय ४३ मतदातामध्ये चार हजार ६ सय ७९ मतदाताले मतदान गरेका थिए।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि मतदान भएको थियो। सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन्।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो। यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्।

तेस्तै, प्रमुख सत्तारुढ दल कांग्रेसको उपसभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो ३५ सय ५८ मतगणना हुँदा पूर्णबहादुर खड्काले अग्रता बढाएका छन्। खड्काले १६ सय ३४ मत ल्याएका छन्।

प्रमुख सत्तारुढ दल कांग्रेसको उपसभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो ३५ सय ५८ मतगणना हुँदा पूर्णबहादुर खड्काले अग्रता बढाएका छन्। खड्काले १६ सय ३४ मत ल्याएका छन्।

सुरुवाती अग्रता कायम गरेका धनराज गुरुङलाई खड्कासँगै विजयकुमार गच्छदारले पनि पछि पारेका छन्। गच्छदारले १४ सय ४३ र गुरुङले १४ सय ३७ मत ल्याएका छन्। डा. चन्द्र भण्डारीले १२ सय ५८ मत प्राप्त गरेका छन्।

महेश आचार्य, सुजाता कोइराला र दिव्येश्वरी शाह प्रतिस्पर्धामा निकै पछि छन्। खड्का र गच्छदार शेरबहादुर देउवा प्यानलबाट तथा गुरुङ र भण्डारी डा. शेखर कोइराला प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका हुन्।

कोइराला प्रकाशमान सिंह प्यानलबाट र शाह विमलेन्द्र निधिको प्यानलबाट तथा आचार्य स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रिएका हुन्।  कांग्रेस उपसभापतिमा दुईजना निर्वाचित हुनेछन्। कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भइसकेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ