आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गच्छदार दुई मतले हारेपछि निर्वाचन समिति संग हारगुहार, के हुन्छ अब ?

प्रकाशित
1.4K
SHARES

काठमाडौं। नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन्। बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका,

गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए। गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए। दुई मतले हारेपछि मतगणना प्रति आश्चर्य व्यक्त गरेका छन्।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन्। महामन्त्रीकाे दुई सिट छ। पूर्णबहादुर खड्का पनि विजयी भएका छन्। निर्वाचन समितिको प्रतिक्रिया आउँन बाकि छ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतदानको मतगणना आज बिहानदेखि सुरु हुँदैछ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतगणना हुने।

महामन्त्रीका दुई सिटका प्रकाशशरण महत, प्रदीप पौडेल, गगन थापा, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र राजाराम कार्की उम्मेदवार छन्। महत र पाैडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन्।

भने थापा र रिजाल शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन्। शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधि समूहबाट उम्मेदवार छन्।यसअघि सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा,

पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्। तेस्तै, नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर प्रसाद कोइरालाले आफू पराजित भए पनि आफ्ने टिमले विजयी हासिल गरेको बताएका छन्।

कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नेपाली कांग्रेसका तपाइँ जस्ता साथीहरू, लोकतन्त्र प्रेमी नेपाली, कांग्रेसलाई माया गर्ने साथीहरू,

र आम जनताले हामीले लिएको कदम र हाम्रो टिमले लिएको कदमको विजय उहाँहरूले सोच्नुभएको छ। त्यसकारण पनि हामी विजयी भएका छौँ। आफू सभापति पदमा पराजित हुनुलाई स्वभाविक रूपमा लिएको उनले प्रष्टाए।

उनले भने, ‘म पाजित भएँ, निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ, त्यो स्वाभाविक नै हो। मैले यसलाई स्वाभाविक रूपमा लिएको छु। कुनै कुन्ठा बोकेको छैन्। कसले के गर्‍यो ? कसो गर्‍यो ? किन गर्‍यो ? भन्ने कुरा पनि मेरो मनमा छैन।

निर्वाचित भइसकेपछि पनि देउवाले आफ्नो कार्यशैली नसुधारे आफ्नो टिम सशक्त रूपमा प्रस्तुत हुने उनले चेतावनी दिए। जसरी साढे पाँच वर्ष पार्टी बेथितिको हिसावले चल्यो त्यसरी नै चल्न थाल्यो भने हामी सशक्त रूपमा प्रस्तुत हुन्छौँ’ उनले भने।

कांग्रेस भित्र युवा पुस्तालाई आफ्नो टिमले अवसरको ढोका खोलिदिएको उनले दाबी गरे। हाम्रो राजनीतिक मुद्दा र एजेण्डा स्थापित भएको छ। त्यसकारण म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नुहुनेछ भन्नेमा ढुक्क छु’ उनले भने।

प्रतिक्रिया