आज : गते

ताजा शिर्षकहरु

बरु आफ्नो शिर झुकाउँछौं तर नेपालसँगको सम्बन्ध बिग्रिन दिँदैनौं भारतीय रक्षामन्त्री

प्रकाशित
782
SHARES

काठमाडौं। भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु क्रियाशिल भएको बताएका छन्। उनले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु भए पनि आफूहरुले त्यो सम्बन्ध बिग्रिन नदिने दावी गरे।

समाचार एजेन्सी एएनआइका अनुसार उत्तराखण्डको देहरादूनमा सैन्यधाममा आएका सिंहले त्यहाँ आयोजित एक कार्यक्रममा भने  भारतको नेपालसँगको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु छन्।

सरकारको प्रतिनिधिको रुपमा म तपाइँहरुलाई भन्न चाहन्छु, यदि हामीले शिर झुकाउनुपर्ने भयो भने शिर झुकाउनेछौं तर छिमेकी नेपालसँगको हाम्रो सम्बन्धलाई भत्किन दिने छैनौं।

उत्तराखण्डको सैन्यधाममा आएका सिंहले त्यहाँ वीरगति प्राप्त गरेका सेनाका जवानहरुप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले वीरगति प्राप्त गरेका सेनाका परिवारलाई सम्मान पनि गरे।

यहाँको सैन्यधामको द्वारको नाम हालै दिवंगत सीडीएस बिनि रावतको नाममा राखिँदैछ। रावत उत्तराखण्डकै थिए। रावतको गत हप्ता तमिलनाडुको कुन्नुरमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।

रक्षामन्त्री सिंहले सैन्यधाममा सीडीएस रावतलाई स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरे। यो दुर्घटना नेपालि मुलका गोर्खा राईफलमा कार्यरत हल्दारको पनि दुखद: निधन भएको थियो।

तेस्तै, भारतका चीफ अफ डिफेन्स स्टाफ बिपिन रावतको मृत्युपछि खाली भएको पद देशको सुरक्षाको हिसाबले सर्वोच्च पद हो। यो पदमा नयाँ सीडीएस नियुक्त गर्नको लागि अझै केही दिनको समय लाग्नेछ।

रिटायर्ड कर्नल डीपीके पिल्लइका अनुसार यो पद एक दिन पनि खाली रहन सक्दैन। यही नियमअनुसार सीडीएस हेडक्वार्टरमा बिपिन रावतपछि  दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्ण,

कार्यवाहक चीफ अफ डिफेन्स स्टाफ बनेका छन्। अब नयाँ सीडीएस नियुक्त हुँदासम्म राधाकृष्णले सीडीएसको जिम्मेवारी सम्हाल्नेछन्। एयर मार्शल बीआर कृष्ण एभीएसएम, एससी भारतीय वायुसेनाका अधिकारी हुन्।

उनले अहिले पश्चिमी वायु कमानका एयर अफिसर कमाण्डिङ इन चीफको रुपमा कार्यरत छन्। उनले एयरमार्शल विवेकराम चौधरीको अवकाशपछि १ जुलाइ २०२१ मा पदभार ग्रहण गरेका हुन्।

यसअघि उनी वायु संचालन महानिर्देशकको रुपमा काम गरेका छन्। त्यसअघि उनले दक्षिण पश्चिमी वायु कमानका वरिष्ठ वायु कर्मचारी अधिकारीको रुपमा काम गरेका थिए। बीआर कृष्ण राष्ट्रिय रक्षा एकेडेमी,

रक्षा सेवा स्टाफ कलेज वेलिङटन र राष्ट्रिय रक्षा कलेजका पूर्व छात्र हुन्। बीआर कृष्णले २२ डिसेम्बर १९८३ मा भारतीइ वायु सेनामा लडाकु पाइलटको रुपमा नियुक्ति पाएका थिए। उनीसँग परिचालन,

निर्देशात्मक र परीक्षण उडान सहित विभिन्न लडाकु विमानमा ५ हजार घण्टा उडानको अनुभव छ। उनी उक योग्य उडान प्रशिक्षक र एक परीक्षण पाइलट हुन्। ३८ वर्ष लामो करिअरमा उनले फ्रन्ट लाइन,

लडाकु विमान स्क्याड्रनको कमान सम्हालेका छन्। उनले एयरफोर्स टेस्ट पाइलट स्कुलको पनि नेतृत्व गरेका छन्। उनी एयरक्राफ्ट सिस्टम्स टेस्टिङ एस्टाब्लिसमेन्टमा कमाण्डेन्ट थिए। एयर मार्शलको रुपमा उनले दक्षिण पश्चिम वायु,

कमानको वरिष्ठ वायु कर्मचारी अधिकारीको रुपमा काम गरेका छन् र एयर अफिसर कमाण्डिङ इन चीफका रुपमा आफ्नो पदोन्नतीभन्दा पहिले उनलदे वायु संचालन महानिर्देशकको रुपमा काम गरेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ