आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सिन्दुर हालिसकेपछि बिहे गर्न अस्वीकार, यस्तो कारण थाहा पाएपछि हंगामा

प्रकाशित
659
SHARES

एजेन्सी।  केटाकेटी र परिवारबीच सबै कुरा ठीकठाक भएपछि बिहे हुन्छ तर भारतको उत्तर प्रदेशको अलिगढमा सिन्दुर हालिसकेपछि बिहे गर्न अस्वीकार गरेको घटना सार्वजनिक भएको छ।

अलिगढको छर्रास्थित सिरौलीमा बेहुली लैजान आएका बेहुलाले सिन्दुर हालिसकेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरेकी छन्। बेहुला पुग्दा बेहुलीको घरमा खुब स्वागत भयो, जन्तीले खाना खाए, मण्डप परिक्रमा गरियो, सिन्दुर हालियो।

तर जब हातमा बेसार लगाउने कार्य शुरू भयो, तब बेहुलीले बिहे गर्न अस्वीकार गरिन्। बेसार लगाउन बेहुलाले हात अगाडि बढाउँदा हातका ३ औंला काटिएका देखिए। बिहेको कुरा हुने क्रममा बेहुलाका,

औंला काटिएको कुरा लुकाइएको बेहुली पक्षको आरोप छ। आधा बिहे भइसकेपछि बेहुलीले बिहे गर्न नै अस्वीकार गरेकाले स्थानीय स्तरमा हंगामा मच्चिएको छ भने घटना प्रहरीसम्म पुगेको छ।

प्रहरीले विवाद मिलाउने कोसिस गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो समाचार तयार पार्दा सम्म दुवै पक्षबीच कुटाकुट हुदा कयौ जन्ती गएका समेत घाईते भयका छन्।

तेस्तै, विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कमा कार्यरत ६ जना महिला कर्मचारीहरुले आफूहरुमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। आफूमाथि अस्भाविक स्पर्श गरेको,

होहल्ला गरेको र गुनासो गर्नेलाई बदला लिएको महिला कर्मचारीले आरोप लगाएका छन्। सानफ्रान्सिस्कोको मुटुमा रहेको टेस्ला उद्योग अग्रणी कम्पनीभन्दा पनि एउटा कच्चा र पुरानो निर्माण क्षेत्रजस्तो देखिन्छ,

६ जनामध्ये एक जनाको उजुरीमा भनिएको छ। क्यालिफोर्नियाको एउटा अदालतमा दायर गरिएका ६ अलगअलग उजुरीमा सहकर्मी र सुपरिवेक्षकहरुले महिलासँग यौन प्रस्ताव गरेको,

उनीहरुको शरीरबारे ग्राफिकल टिप्पणी गरेको र अनुचित ढंगले स्पर्श गरेको आरोप लगाइएको छ। उजुरी गर्ने पाँच जनामध्ये चार जना क्यालिफोर्नियाको फ्रिमोन्ट फ्यासिलिटी र एक जना सर्भिस सेन्टरमा कार्यरत रहेको जनाइएको छ।

कम्पनीमा काम गरेको केही दिनपछि आफूविरुद्ध अश्लिल टिप्पणी गरिएको उजुरी गर्नेमध्येकी एक १८ वर्षीया युवतीले गुनासो गरेकी छिन्।उजुरीवारे टेस्लाले कुनै टिप्पणी गरेको छैन्।

टेस्लाका मालिक एलन मस्कको व्यक्तिगत ट्विटले अहिले उनीहरुको गुनासो अ‍ेझेलमा परेको बताइएको छ। यो सामाचार बहिरिए पछि मानब अधिकारबादी सस्थाहरुले गम्भीर मुद्दा भएको भन्दै छानबिन माग्फ़ गरेका छन्।

प्रतिक्रिया