काठमाडौं। नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्न संसद्मा पेस गर्ने संकेत पाएपछि चीनले तत्काल यससम्बन्धी थप प्रक्रिया अघि नबढाउन सबै राजनीतिक दललाई दवाब दिएको छ।
चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दवाब दिएको हो। चीन सरकारका अधिकारीहरुले,
नेपालाक ठूला भनिएका सबै दललाई संसद्मा एमसीसी पेस नगर्न दवाब दिएको स्रोतको दाबी छ। सरकारले संघीय संसदको चालु अधिवेशनमा एमसीसी पेस गर्ने तयारी गरेको छ। संसद्को हिँउदे अधिवेशन मंगलबारदेखि सुरु भएको छ।
सरकारले संसद् अधिवेशन बोलाएपछि चिनियाँ अधिकारीले नेपालका सबै दलका नेतालाई टेलिफोन गरी नेपाल-चीन सम्बन्ध प्रगाढ र ऐतिहासिक रहेको स्मरण गराउँदै एमसीसीमा पुनर्विचार गर्न आग्रह गरेको स्रोतले बतायो।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गतको अन्तराष्ट्रिय विभाग आइडिसिपिसीका उपमन्त्री चेन चाओले सोमबार नेकपा एमाले महासचिव शंकर पोखरेलसाग पनि कुराकानी गर्दै यस्तो आग्रह गरेका थिए।
उपमन्त्री चेनले पोखरेललाई महासचिवको पदभार ग्रहण गरेपछि बधाई दिनेक्रममा दुई पार्टीबीच अन्तरसम्बन्धित विचारलाई अझै बढी बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै एमसीसीमा पुनर्विचार गर्न आग्रह गरेको स्रोतले जनाएको छ।
यो पनि, जनता होइन, नेता नै ‘भेडा’ रहेछन्। एउटा नेताले भन्छ- ३० औँ वर्ष पार्टीमा काम गरेका घनश्याम भुसाललाई उपाध्यक्षमा भोट नहाल्नु, बादललाई भोट हाल्नु। पार्टीका ‘होनहार’ प्रतिनिधिहरूले बादललाई जिताउँछन्।
३ जना बिच ‘गोप्य’ सहमति हुन्छ, पहिलो चरणमा भोट नहालेका काँग्रेसी प्रतिनिधिहरूले केहि सोच्दैनन्, केहि सोध्दैनन्, खुरु खुरु तिनै आफुले खोजेको परिवर्तन’ बिर्सेर देउवालाई भोट हाल्छन्।
एउटा नेताले भोट आउँछ, हामी ‘ठुलो’ हुन्छौँ अब पार्टीको र हाम्रो राजनीतिको आधारभूत आस्था – मान्यताबाटै ‘मार्ग परिवर्तनु गरौँ भन्छ, एक हुल मानिस आफू राजनीतिमा ‘किनु लागेको छु नबुझी भोटै पो आइहाल्छ की भन्दै समर्थन गर्छन्।
यी तिन वटै प्रवृत्ति एकै हुन्। यसरी हामीले खोजेको परिवर्तन आउँदैन। परिवर्तन दिलाउन सक्ने पार्टी बन्दैन। देश बनाउने हो भने राजनीति गर्ने तरिका नै बदलौँ। सबैभन्दा पहिले, नेतालाई विवेकशील बनाऔँ।
प्रतिक्रिया