आज : गते

ताजा शिर्षकहरु

मल्टिपर्पस फाइनान्सले १३ प्रतिशत बोनस सेयर दिँदै, कर तिर्न नगद पनि

प्रकाशित
667
SHARES

काठमाडौं। मल्टिपर्पस फाइनान्सले आफ्नो सेयरधनीहरुलाई १३.५२६% लाभांश दिने घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा र सेयर प्रिमियमबाट १३ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न,

० दशमलब ५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लाभांश सेयरधनीहरुलाई वितरण गरिने छ।

तेस्तै, सपोर्ट लघुवित्त वित्तीय संस्थाको ३१.५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज मंसिर २९ गते बुधबार अन्तिम मौका रहेको छ। संस्थाले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने भएको छ।

त्यसैले आजसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश सुरक्षित गर्ने छन्। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १ दशमलव ५७८४ प्रतिशत नगद,

लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस १० गते साधारण सभा बोलाएको छ। सभा बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार, इटहरीमा बिहान ९ बजे सुरु हुने भएको छ।

यसैगरि, एक्सेल डेभलपमेन्ट बैंकले आज बुधबारबाट २७ हजार २५७.२० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ। बैंकले सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो।

बैंकको यस सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

इच्छुक आवेदकले पुस ७ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ। यसमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, बिरगञ्ज र बिराटनगर,

शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

 

प्रतिक्रिया