आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजेन्द्र लिङ्देनले ‘नेतालाई चो’र भन्छन्’ भनेपछि ओली, प्रचण्ड फायर

प्रकाशित
640
SHARES

काठमाडौ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले अचेल गाउँमा जाँदा नेतालाई कुन चाहिँ चो’र आएछ भन्छन्।

भनेर दिएको अभिव्यक्तिले निकै चर्चा पाएको छ। उक्त समारोहमै उनीपछि बोलेका अन्य दलका नेताहरूले लिङ्देनको अभिव्यक्तिको प्रतिवाद गरेका थिए भने सामाजिक सञ्जालमा पनि त्यसबारे चर्चा भइरहेको छ।

उनको अभिव्यक्तिले चर्चा पाएपछि बीबीसीले सोधेको प्रश्नमा लिङ्देनले चाहिँ आफूले भुइँमान्छेको कुरा गरेको तर नेताहरूले आफैँलाई भने जस्तो गरी लिएको” बताए। एक जना समाजशास्त्रीले चाहिँ मानिसहरूले सामाजिक,

सञ्जाल र कुराकानीमा नेताहरूलाई गाली गरेको देखिए पनि त्यसले समग्र रूपमा राजनीतिक आवाजलाई प्रतिनिधित्व नगर्ने बताएका छन्।महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिने क्रममा राप्रपा अध्यक्ष ,

लिङ्देनले जनताको नजरमा पछिल्ला दिनमाहरूमा नेताहरूको विश्वसनीयता निकै गिरेको बताएका थिए। उनले गाउँमा जाँदा नेताहरूलाई जनताले “कुन चोर आयो” भन्ने गरेको बताए। लिङ्देनले भने,

पार्टीका कार्यकर्ताले एउटा चौतारोमा, एउटा सामुदायिक भवनमा नेताहरू बोलाएर राख्छन् र छरछिमेकीलाई आमन्त्रण गर्न जान्छन्। आउनु न एक छिन फलानो चौतारोमा अर्थात् फलानो सामुदायिक भवनमा हाम्रो नेता आउँदै हुनुहुन्छ’ भन्छन्।

नेता आउँदै हुनुहुन्छ भन्दाखेरि मान्छेले आजकल कुन नेता आएछ भनेर नेताको नाम सम्झिँदैनन्। कुन चाहिँ चोर आएछ’ आज त्यहाँ भनेर भन्छन्। लिङ्देनको भनाइलाई उनीपछि बोलेका नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रीहरूले प्रतिवाद गरेका थिए।

उनीपछि बोलेका माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले लिङ्देनको भनाइ सत्य नभएको बताए। उनले “तानाशाही जन्माउन”का लागि लोकतान्त्रिक दल र नेताहरूलाई बदनाम गराउन खोजिएको दाबी पनि गरेका थिए।

दाहालले भने,नेताहरू आए भने अहिले देशमा गाउँघरमा ‘चोर आयो’ भन्छन् जनताले भन्नुभयो, तपाईँहरूले सुन्नुभयो। यो साँचो हो त साथीहरू? होइन, गलत हो। यो केको निम्ति भनियो?

जति बेला लोकतान्त्रिक राजनीतिक दल र लोकतन्त्रका निम्ति सङ्घर्ष गरेका, शान्तिको निम्ति सङ्घर्ष गरेका राजनीतिक दल र नेताहरूलाई बदनाम गर्न खोजिन्छ, त्यहाँ निरङ्कुशता र तानाशाही जन्माउने षड्यन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ।

त्यस्तै लिङ्देनपछि नै बोलेका एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनको भनाइको प्रतिवाद गरे। ओलीले भने, नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन? हरेक नेता चोर हुन्छ? यस्ता कुरा बोकेर हिँड्ने?

हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको राप ताप होला केही साथीहरूलाई। त्यस राप तापमा अलिकति भर्खर भर्खरको बाछो हिँड्न जान्दैन अलि बढी कुद्छ क्या नयाँ नयाँ सभापति भएको अलिकति राप ताप होला अलिक समयमा ठिक आउँला भन्ने मलाई लाग्छ।

शनिवार बीबीसीसँग कुराकानी गर्दै लिङ्देनले आफूले नेताहरूलाई व्यक्तिगत रूपमा भन्न नखोजेको बताएका छन्। उनले सबै दलका उच्च नेताहरू भएको स्थानमा देशका जनताको आम धारणा अभिव्यक्त मात्र गरिदिएको दाबी गरेका छन्।

उनले भने, मैले भुइँ मान्छेहरूको कुरा गरेको हो। आज गाउँमा जे सत्य छ, राजनीतिप्रति र नेताहरूप्रति जे धारणा छ, त्यो कुरालाई मैले त्यहाँ प्रस्तुत गर्न खोजेको हो। देशका सबै राजनीतिक दलहरू खास गरी मुख्य,

राजनीतिक दलहरू र मुख्य नेताहरू सबै भएको ठाउँमै ऐना देखाइदिनु राम्रो हुन्छ भनेर मैले त्यो ऐना देखाइदिएको हो। यसलाई उहाँहरूले सहज रूपमा लिएको भए हुन्थ्यो तर उहाँहरूले चाहिँ ‘त्यो मलाई नै भनेको हो भन्ने जस्तो गरेर आफ्नो आफ्नो प्रतिक्रिया दिनु भयो।

उनका भनाइमा नेताहरूको प्रतिवादले राजनीतिक कित्ताकाट अझ स्पष्ट भएको छ। त्यसैले मैले यसलाई अन्यथा लिएको छैन, उनले भने।लिङ्देनको भनाइपछि कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यसबारे पक्ष र विपक्षमा प्रतिक्रिया दिएका छन्।

कसैले उनले भनेको कुरामा समर्थन जनाएका छन् भने कसैले उनको दलको राजावादी नीतिलाई देखाउँदै हिजो राजाको अवस्था पनि नेताहरूकै जस्तो थियो भनेका छन्।

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले ट्विटरमा राजेन्द्र लिङ्देनको कुरा जमिनको यथार्थ रिपोर्टिङ भएको लेखेका छन्, लेखक अभय श्रेष्ठले उनकै जस्तो आत्मालोचना अरूले पनि गर्नसके स्थिति फरक हुने लेखेका छन्।

पत्रकार किरण नेपालले लिङ्देन नभएको भए बोल्थे अरू वक्ता भन्दै व्यङ्ग्य गरेका छन्। लिङ्देनको उक्त मन्तव्यपछि कैयौँले सामाजिक सञ्जालमा उनले भनेको कुरा यथार्थ भएको बताएका छन्।

अन्यले भने उनलाई प्रतिगामी विचार बोक्ने र राजा पनि नेताजस्तै भएको भन्दै आलोचना गरेका छन्। नेता लिङ्देनले भनेजस्तै नेपाली समाजमा पछिल्ला समयमा नेताहरू र राजनीतिक दलप्रति वितृष्णा बढिरहेको भन्ने मानिसहरू रहेका छन्।

सामाजिक सञ्जालमा पनि नेताहरूलाई गाली गरिएका अभिव्यक्तिहरू देखिने गरेका छन्। तिनै कुरामा आधारित भएर कैयौँले नेपालमा राजनीतिप्रति नै मानिसहरूको वितृष्णा बढेको बताउने गर्छन्।

तर नेपालको सामाजिक मनोवृत्ति हेर्दा त्यो पूर्ण सत्य नभएको जस्तो देखिने कतिपय समाजशास्त्रीको तर्क छ। त्यस्तैमध्येका एक समाजशास्त्री चैतन्य मिश्रका भनाइमा सामाजिक सञ्जाल, सञ्चारमाध्यम र कतिपय सार्वजनिक मञ्चमै पनि अभिव्यक्त हुने धारणाले समेत राजनीतिक रूपमा प्रतिनिधित्व गर्ने आवाज व्यक्त गर्दैन।

उनी पहिले चिया पसलमा वा घरैभित्र अभिव्यक्त हुने निराशा वा वितृष्णा अहिले सामाजिक सञ्जालमार्फत व्यापक क्षेत्रमा फैलने गरी व्यक्त हुने थालेकाले त्यस्तो देखिएको ठान्छन्।

तर सामाजिक सञ्जालमा अभिव्यक्त हुने धारणा पनि एकै खाले विचार मिल्ने व्यक्तिहरू बीच धेरै फैलने र आदानप्रदान हुने गरेकाले त्यसले समाजको यथार्थ आवाज नदेखाउने मिश्रले बताए।

उनी लिङ्देन आफैँले पनि सामाजिक सञ्जालको भाषा बोलेर अर्थात् नेतालाई चोर भन्छन् भन्ने अभिव्यक्ति दिएर आफ्नो पार्टी, सामाजिक सञ्जाल र शुभेच्छुकमाझ चर्चा बटुल्न खोजेको हुनसक्ने ठान्छन्।

राजनीतिप्रति निराशा हुँदाहुँदै पनि मानिसहरू त्यसमा सहभागी भइरहेको उनले बताए। उनी भन्छन्, देशभित्र एउटा राजनीतिक ढाँचा छ। बहुदलीय व्यवस्था छ। त्यसलाई मानेपछि मानिसहरू त्यसको प्रक्रियामा सहभागी भइहाल्छन्। व्यवहारत त्यसको विकल्प पनि छैन।

मिश्रका बुझाइमा नेपालमा अन्यत्रभन्दा धेरै दलीयकरण भएकाले पनि बाहिरबाहिर गाली गर्ने व्यक्ति पनि नेता आफ्नो ठाउँमा पुगेपछि वा नेतालाई भेटेपछि माला लिएर खडा हुन गरेका हुन्।

“कसैको व्यावसायिक कुशलता भन्दा पनि पार्टीको सदस्य भएका हिसाबले मूल्याङ्कन हुने र हरेक क्षेत्रमा राजनीतिकरण भएकाले पनि यस्तो प्रवृत्ति देखिएको हो, उनले भने। बिबिसी  बाट।

प्रतिक्रिया